म्याग्दी समाचार

धौलागिरी आधार शिविरमा थुप्रिएको फोहोर हटाउन युवाहरुको पहल

म्याग्दी, २५ वैशाख । म्याग्दीको धौलागिरी गाउँपालिका–४ मुदीमा अवस्थित धौलागिरी हिमालको आधार शिविर क्षेत्रमा बर्षौदेखि थुप्रिएको फोहोर हटाउन स्थानीय युवाहरुले पहल थालेका छन् । संसारको सातौँ ¬(८,१६७ मिटर) अग्लो हिमालको रुपमा रहेको धौलागिरी हिमालको आरोहण र धौलागिरी चक्रिय पदमार्गको भम्रणमा जाने पर्यटकहरुले प्रयोग गरेर फालेका फोहोर सामाग्रीले धौलागिरी आधार शिविर... पुरा पढ्नुहोस

अर्मनमा संयुक्त टोलीको चुनाव प्रचार कार्यक्रम

म्याग्दी, २५ बैशाख । मंगला गाउँपालीकाको काँग्रेस, माओवादीका अध्यक्ष र उपाध्यक्षका उमेद्वारहरुको टोलीले आईतबार ५ नम्बर वडा अर्मनमा घरदैलो तथा मतदाता भेटघाट गरेका छन् । माओवादी केन्द्रका अध्यक्षका उमेद्वार चन्द्रप्रसाद बुढाथोकी र नेपाली काँग्रेसका उपाध्यक्षका उमेद्वार हुमादेवी फगामीको संयुक्त टोलीले घरदैलोका साथै अर्मनको शिवालयमा चुनावी कोणसभा गरेको हो । कोणसभामा... पुरा पढ्नुहोस

पत्रकार महासंघ म्याग्दीको क्यालेण्डर लोकार्पण

म्याग्दी,२४ बैशाख । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको आयोजनामा राष्ट्रिय पत्रकारिता दिवस  आइतबार म्याग्दीमा मनाइएको छ । सो अवसरमा महासंघ म्याग्दी शाखाले प्रकाशन गरेको २०७४ सालको भित्तेपात्रोे लोकापर्ण गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला निर्वाचन अधिकृत एंवम जिल्ला न्याधिश रामप्रसाद शर्माले क्यालेण्डरको लोकापर्ण गर्नुभएको थियो । कार्यक्रममा बोल्दै ... पुरा पढ्नुहोस

सहकारीद्धारा विद्यालयमा प्रतिक्षालय निर्माण

पर्वत, २५ वैशाख । पर्वतको जलजला गाउँपालीका ७ मिलनचोकमा रहेको श्रीकृष्ण गंगा बहुउद्देश्यिय सहकारी संस्थाले विद्यालयमा प्रतिक्षालय निर्माण गरेको छ । संस्थाको ९ औ स्थापना दिवसको अवसर पारेर जलजला ८ फोर्सेमा रहेको शिव माध्यमिक विद्यालयमा निर्माण भएको प्रतिक्षालय हस्तान्तरण गरिएको हो । ७० हजार रुपैयाको लागतमा स्टेज सहितको प्रतिक्षालय निर्माण... पुरा पढ्नुहोस

मल्कबाङ्गको दलित महिला सदस्यमा काँग्रेस निर्विरोध

म्याग्दी, २३ बैशाख । म्याग्दीको धौलागिरी गाउँपालिका–५ मल्कबाङ्गमा दलित महिला सदस्यमा नेपाली काँग्रेसका उम्मेदवार निर्विरोध भएकी छिन् । स्थानीय तहको निर्वाचनमा महिला दलित वडा सदस्यमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिएकी धनसरा विकको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । धौलागिरी गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा... पुरा पढ्नुहोस

वृद्ध आरोही मीनबहादुर शेरचनको निधन

काठमाडौं, २३ बैशाख । फागुन २३ गते राजधानीमा आयोजित पत्रकार सम्मेलनमा मीनबहादुर शेरचनले भनेका थिए, ‘केश फुलेको छ । मन फुलेको छैन । कि चढेर आउँछु, कि मरेर आउँछु ।’ सन् २००८ मा उनले ७६ वर्षको उमेरमा सगरमाथाको सफल आरोहण गरिसकेकोले पनि धेरैले उनी चढेर फर्किने आशा गरेका थिए ।... पुरा पढ्नुहोस

दोबामा काँग्रेसको आमसभा सम्पन्न

म्याग्दी, २२ बैशाख । अन्नपूर्ण गाउँपालिका–१ दोबामा नेपाली काँग्रेसले आमसभा सम्पन्न गरेको छ । नेपाली काँग्रेस दोबाका सभापति सुर्यप्रसाद पुर्जाको अध्यक्षतामा सम्पन्न भएको आसमभालाई सम्बोधन गर्दै अन्नपूर्ण गाउँपालिका प्रमुख क्या. डमबहादुर पुनले गाउँपालिकाको समृद्धि र विकासका लागि काँग्रेसका उम्मेदवारीलाई विजयी गराउन आवश्यक रहेको बताए । गाउँपालिकाको प्रमुखमा विजयी भएमा कुनै... पुरा पढ्नुहोस

भौगोलिक रुपमा बिकट र थोरै मतदाता भएको धौलागिरीमा रोचक प्रतिस्पर्धा

म्याग्दी २२ बैशाख । भौगोलिक हिसावले म्याग्दीको सबैभन्दा ठूलो र कम मतदाता भएको धौलागिरी गाउँपालीकामा स्थानीय तह निर्वाचनको प्रतिस्पर्धा रोचक बनेको छ ।    एक हजार ३७ बर्ग किलोमिटर क्षेत्रफलमा फैलीएको ७ वटा वडा रहेको धौलागिरी गाउँपालीकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेस र माओवादी केन्द्रले तालमेल गरेका छन भने एमालेका उमेद्वार... पुरा पढ्नुहोस

चौध जनाले हतियार बुझाए

म्याग्दी २२ बैशाख । निर्वाचन सुरक्षाका लागि म्याग्दीमा स्थानीय प्रशासनले गरेको आग्रह स्वीकार गर्दै १४ जनाले प्रहरीमा हतियार बुझाएका छन् ।     जिल्ला प्रशासन कार्यालय म्याग्दीले गत चैतमा सार्वजनीक सूचना जारी गर्दै निर्वाचन सुरक्षाका लागि अनुमती लिएर व्यक्तिगत सुरक्षाका लागि राखिएका हतियार नजिकको प्रहरी ईकाईमा बुझाउन अनुरोध गरेको थियो ।... पुरा पढ्नुहोस

हावाहुरीले विद्यालयको छानो उडायो

म्याग्दी, २१ वैशाख । म्याग्दीको धौलागिरी गाउँपालीका ६ मराङ स्थित राम्चे प्राबिको कक्षा कोठा भवनको छानो बिहीबार दिउँसोको हावाहुरीले उडाएको छ । बेजोडका साथ चलेको हावाहुरीले २ कोठे भवनको जस्तापाटाको छानो उडाएको विद्यालयका प्रअ छोटेलाल ठाकुरले बताउनुभयो । उहाँका अनुसार विद्यालयको प्रशासनीक कार्यालय र कक्षा ५ को पठनपाठन हुने भवनको... पुरा पढ्नुहोस