म्याग्दी समाचार

क्षयरोग न्युनिकरणबारे बेनीमा अन्र्तक्रिया, रोग बाहिर आउने दर न्युन (भिडियो सहित)

  म्याग्दी, १० चैत । क्षयरोगको बारेमा सचेत नहुँदा क्षयरोगीहरुको संख्या न्युनिकरण हुन नसकेको बेनीमा आयोजित एक कार्यक्रममा सहभागीहरुले जोड दिएका छन् । विश्व क्षयरोग दिवसको अबसरमा जिल्ला स्वास्थ्य कार्यालयले शनिवार बेनीमा आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले समयमै क्षयरोगको पहिचान गरि औषधी सेवन गरेमा रोग निको हुने भएपनि रोगबाट... पुरा पढ्नुहोस

राम्चेमा परिवार नियोजन सम्बन्धि छलफल

म्याग्दी, १० चैत । म्याग्दीको अन्नपूर्ण गाउँपािलका–८ राम्चेमा राम्चे स्वास्थ्य चौकी व्यवस्थापन समिति र महिला स्वास्थ्य स्वयमसेविका बीच परिवार नियोजनस कार्यक्रमम्बन्धि पुनरावलोकन तथा समिक्षा वैठक सम्पन्न भएको छ । सिफोटु परियोजनाले यसअघि राम्चे क्षेत्रमा सञ्चालन गरेको कार्यक्रमकाबारे वैठकमा समिक्षा गरिएको हो । राम्चे स्वास्थ्य चौकी व्यवस्थापन समितिका सदस्य एवँ वडा... पुरा पढ्नुहोस

लम्सुङमा सहकारी संस्था स्थापना

म्याग्दी १० चैत । म्याग्दीको धौलागिरी गाउँपालीका २ लम्सुङमा रुघाचौर बहुउद्देश्यिय सहकारी संस्था स्थापना भएको छ । दुर्गम ग्रामिण क्षेत्रका बासिन्दाहरुलाई आर्थिक कारोबारका लागि सहज सुबिधा उपलब्ध गराउने उद्देश्यले ६५ जना सेयर सदस्यहरुले स्थापना गरेको सहकारीको शुक्रबार वडा सदस्य केशरबहादुर पुर्जाले उद्घाटन गर्नुभयो । आठ लाख पचास हजार रुपैया शेयर... पुरा पढ्नुहोस

बलेवा विमानस्थलमा अाजदेखि व्यावसायिक उडान शुरु

बागलुङ– बन्द भएको २६ वर्षपछि यहाँस्थित बलेवा विमानस्थल आजदेखि नियमित सञ्चालनमा आएको छ ।  तारा एयरलाइन्सको ट्विनअटर विमानले काठमाडौं–बागलुङ पहिलो व्यावसायिक उडान गरेको हो । पन्ध्र यात्रु बाकेर काठमाडौंँबाट उडेको विमान ३८ मिनेटमा बलेवा विमानस्थलमा अवतरण गरेको थियो । विसं २०४८ पछि पहिलो पटक यात्रुसहित ओर्लेको विमान हेर्न सयौंँको भीड... पुरा पढ्नुहोस

१५ औं सूर्यनारायण पुरस्कार डा. बानियाँलाई प्रदान

म्याग्दी, बेनी । सूर्य नारायण पुरस्कार संस्था बेनी म्याग्दीले १५ औं सूर्यनारायण पुरस्कार साहित्यकार डा. कर्णबहादुर बानियाँलाई प्रदान गरेको छ । बेनीमा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष देवेन्द्रवहादुर केसी र संस्थाका अध्यक्ष सुवर्णकुमार श्रेष्ठले नेपाली लोकसंस्कृति,कला र साहित्यको विकासमा योगदान पु¥याएको भन्दै डा. बानियाँलाई रु १५ हजार रुपियाँ राशिको... पुरा पढ्नुहोस

काँग्रेसले मनायो ८औँ जिपि स्मृति दिवस

नेपाली काँग्रेस म्याग्दीले बिहिबार पार्टीका पूर्व सभापति एवँ प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको आठौँ स्मृति दिवस मनाएको छ । सँगमचोकस्थित पार्टी कार्यालयमा जिल्ला कार्य समितिका पदाधिकारी तथा सदस्य विभिन्न पेशागत र भातृ संगठनका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थितिमा दिवस मनाईएको हो । कोइरालाको निधन भएको स्मृतिमा आयोजित विशेष कार्यक्रममा सहभागिहरुले गिरिजा प्रसाद... पुरा पढ्नुहोस

विकास निर्माणको ‘पिक आवर’:सुस्त बन्यो बेनी–दरबाङ सडक कालोपत्रे योजना

म्याग्दी, ८ चैत । विकास आयोजनाहरुको पूर्वाधार निर्माणका लागि उत्तम समय मानिएको हिउँदयाममा नै आयोजनाहरुको गति सुस्त बनेको छन् । मंसिर देखि जेठ महिनासम्मको अवधिलाई पूर्वाधार निर्माणको लागि ‘पिक आवर’ मानिन्छ । तर जिल्लामा रहेका ठुला पूर्वाधार निर्माणका योजनाहरुमा प्रयाप्त बजेट उपलब्ध नभएपछि ती योजनाको निर्माण कार्यले गति लिन सकिरहेका... पुरा पढ्नुहोस

दुलेपानीका बिमल विश्वकर्मा एक सातादेखि सम्पर्क विहिन

म्याग्दी, ८ चैत ।  म्याग्दीको रघुगंगा गाउँपालिका–३ दुलेपानीका बिमल विश्वकर्मा एक सातादेखि सम्पर्क विहिन भएका छन् । घरबाट धादिङ आफ्नो दिदीको घरमा जान प्रस्थान गरेका विश्वकर्मा दाधिङ दिदीको घरमा नपुगेको र घरपरवारको सम्पर्कमा समेत नआएपछि घरपरिवार चिन्तीत बनेका छन् । २५ बषिय विश्वकर्मालाई खोजी गरिदिनको लागि घरपरिवारले आग्रह समेत गरेका... पुरा पढ्नुहोस

मृगौला पिडित धन बहादुरलाई हङकङ बाट ४० हजार आर्थिक सहयोग

म्याग्दी , ७ चैत्र । गत फाल्गुन २७ गते भक्तपुर मानब अङ्ग प्रत्यारोपण केन्द्रमा आफ्नी ६९ वर्षीय आमाको एउटा मृगौला प्रत्यारोपण गराई पुन:जिबन प्राप्त गरेका धवलागिरी गाउपालिका- ५ साबिक मल्कबाङ्ग -१ भेडीखाल्टाका ३२ वर्षीय धन बहादुर बुढाथोकीलाई मोना अन्तराष्ट्रिया महिला संयोजक पुर्णिमा पाइजाको संयोजकत्वमा हङकङमा संकलित ४० हजार रुपैया सहयोग... पुरा पढ्नुहोस

साँसद र स्थानीयको पहलमा इपिएस परिक्षाको शुल्क बुझाउन रातभर जाग्राम बस्न नपर्ने ! ( फोटो कथा)

म्याग्दी, ७ चैत । कोरियाली भाषा परिक्षा (इपिएस)को आवेदन फाराम शुल्क बुझाउनको लागि बुधवार साँझदेखि बेनी लाईनमा बसेका सर्वसाधारणलाई रातभर जाग्राम बस्न नपर्ने गरि व्यवस्थापन गरिएको छ । विहिवारदेखि सुरु हुने फाराम शुल्क बुझाउनको लागि आज साँझदेखि नै बेनीको न्युरोड स्थित ग्लोबल आईएमई बैँक परिसरमा सयौँको संख्यामा युवायुवतीहरुको भिड लागेको... पुरा पढ्नुहोस