घतानमा चड्केनीले ३ जना घाईते, २ बाख्राको मृत्यु

  • २३ चैत्र २०७४, शुक्रबार
  • 1643 पटक पढिएको

सन्दीप खत्री
म्याग्दी, २३ चैत्र । शुक्रबार अविरल पानीसँगै एक्कासी परेको चड्केनीले बेनी नगरपालिका ९ निलदह घतानमा क्षति पु¥याएको छ । दिनको ४ बजेतिर परेको चड्केनीमा परि निलदह निवासी कमला खत्री, फुलमाया खत्री र शोभा खत्री घाईते भएको स्थानीय गौरीशंकर रिजालले जानकारी दिएका छन् । उनीहरुलाई उपचारका लागि घतान उप–स्थास्थ्यचौकीमा लगिएको छ । त्यसैगरी उक्त चड्केनीले खिमबहादुर खत्रीको घरमा बाधिँराखेको २ बाख्राको समेत मृत्यु भएको रिजालले जानकारी दिए । चड्केनीले झलकबहादुर खत्रीको घरमा जोडेको विद्युतको मिटरमा समेत क्षति पुगेको छ । निलदह अवस्थित केही घरहरुको गाह्रोहरु समेत चर्कीएको छ । अविरल पानीसँगै चड्केनी परेपछि विद्युत समेत अबरुद्ध भएको छ ।