म्याग्दी समाचार

मोना पोर्चुगलद्वारा बे्रनट्युमर पीडित कार्कीको उपचारमा २ लाख ८० हजार सहयोग

  म्याग्दी, १७ जेठ । बे्रनट्युमर रोगबाट पीडित म्याग्दीको रघुगंगा गाउँपालिका २ भगवतीका यामबहादुर कार्कीको उपचारका लागि मोना पोर्चुगलबाट २ लाख ८० हजार आर्थिक सहयोग गरेको छ। काठमाण्डौ स्थित न्युरो अस्पतालमा उपचार गराईरहेका ३७ बर्षिय कार्कीको उपचारका लागि मोना पोर्चुगलबाट संकलित सो रकम पीडितको परिवारलाई उपलब्ध गराईएको छ । ब्रेनट्युमरबाट... पुरा पढ्नुहोस

बुद्ध एकेडेमीका विद्यार्थीहरुलाई ट्राफिक निमय सम्वन्धी सचेतना

म्याग्दी, १८ जेठ । म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटमा अवस्थित बुद्ध एकेडमीका विद्यार्थीहरुलाई विहीवार ट्राफिक निमय सम्वन्धी सचेतनामूलक तालिम दिइएको छ ।सामुदायिक प्रहरी सेवा केन्द्र बेनीको आयोजना र जिल्ला ट्राफिक कार्यालय म्याग्दीको समन्वयमा कक्षा ९ र १० का गरी ६० जना छात्रछात्राहरुलाई ट्राफिक नियम सम्वन्धि विभिन्न जानकारी दिइएको थियो ।... पुरा पढ्नुहोस

मंगला गाउँपालिकाद्धारा अनुदानमा कृषि औजार वितरण

म्याग्दी १७ जेठ । कृषि उपजको उत्पादन वृद्धी र लागत घटाउने उद्देश्यले म्याग्दीको मंगला गाउँपालिकाले कृषकलाई अनुदानमा कृषि औजार वितरण गरेको छ । कृषकहरुलाई परम्परागत खेती प्रणालीको विकल्पमा यान्त्रीकरण र आधुनिकीकरण गर्न अग्रसर बनाउने उद्देश्यले पचास प्रतिशत अनुदानमा कृषि औजार वितरण गरेको हो । कृषि विकास, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना... पुरा पढ्नुहोस

रघुगंगा जलविद्युत आयोजनामा ठेकेदार परिचालन

म्याग्दी, १७ जेठ । निर्माण सम्झौता भएको पाँच महिनापछि ४० मेगावाटको रघुगंगा जलविद्युत आयोजनामा ठेकेदार परिचालन भएको छ । वि.स २०७१ सालमा सम्पन्न गर्ने उद्देश्यका २०६७ सालदेखि निर्माण सुरु भएको रघुगंगामा भारतीय ठेकेदार कम्पनी आइभीआरसियलले काम गर्न नसकेपछि आयोजना अलपत्र बनेको थियो । नेपाल विद्यूत् प्राधिकरणले भारतीय एक्जिम बैंकको सहुलियत... पुरा पढ्नुहोस

ब्रेनट्युमर रोगबाट पिडित बालकलाई आर्थिक सहयोग

म्याग्दी, १६ जेठ । म्याग्दीको बेनी नगरपालिका–९ घतानका ब्रेनट्युमर रोगबाट ग्रसित भएका ८ बर्षका बालक कृष चोखालको लागी आर्थीक सहयोग गरिएको छ । काउलेगौडा युवा क्लबले सञ्चालन गरेको आर्थीक संकलन अभियानमा संकलन भएको ४ लाख ८४ हजार २२ रुपैयाँ वुधबार पीडित बालकको घरमा नै पुगेर हस्तातरण गरिएको हो । क्लबले... पुरा पढ्नुहोस

स्वर्गिय बोहोराको घरपरिवारलाई हङकङबाट रु ३ लाख आर्थिक सहयोग हस्तान्तरण (फोटो फिचर)

म्याग्दी, १६ जेठ । स्तन क्यान्सर रोगबाट थलिएर हङकङमै मृत्युबरण गरेकी म्याग्दीको मंगला गाउँपालिका–२ सल्यानकी गिता बोहोरा क्षेत्रीको घरपरिवारलाई राहत सहयोग गरिएको छ । स्तन क्यान्सर भएको पत्तो लागेपछि उनलाई हङकङ कै एक हस्पिटलमा भर्ना गरेर उपचार गरिदै आईरहेको थियो । स्वर्गीय बोहोराको उपचारको लागि आर्थिक सहयोग संकलन गर्ने अभियान... पुरा पढ्नुहोस

गणतन्त्र दिवसको अवसरमा छात्रवृत्ति वितरण

म्याग्दी, १६ जेठ । म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थानमा रहेको भिम माध्यमिक विद्यालयमा गणतन्त्र दिवसको अवसरमा छात्राबृत्ति वितरण गरिएको छ । स्वर्गीय चक्र प्रसाद गौचनको स्मृतिमा उहाँका छोराहरु मिन प्रसाद गौचन , खगेन्द्र गौचन र फर्मेन्द्र गौचनले स्थापना गर्नुभएको गरिब तथा जेहेन्दार छात्रवृत्ति कोषबाट विद्यालयका गरिब तथा जेहेन्दार १५ जना विद्यार्थीलाइ... पुरा पढ्नुहोस

बेनीमा तिन दिने पत्रकारीता कानुन र आचारसँहिता सम्वन्धि तालिम सुरु

म्याग्दी, १६ जेठ । सूचना विभागको आयोजना र नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको संयोजनमा बुधवार देखि बेनीमा प्रमुख कानून र आचार संहिता विषयक पत्रकार आवद्धता तिनदिने तालिम सुरु गरिएको छ । तिनदिनसम्म संचालन हुने तालिमलाई शुभारम्भ गर्दै प्रमुख प्रशिक्षक सुरेश आचार्यले मोफसलका पत्रकारहरुले कानून र आचार सहिंता सम्वन्धि जानकारी लिदै... पुरा पढ्नुहोस

जुवातास खेल्नेलाई तिन महिना कैद : भदाै १ गतेदेखि लागु हुने

म्याग्दी, १६  जेठ। मुलुकी फौजदारी कार्यविधि ऐन २०७४ को संसोधित कानुनमा जुवातास खेल्नेलाई ३ महिना कैद सजाय तोकिएको छ । मुलुकी संविधान अनुसार निर्माण भएको ऐनमा २०७५ साल भदौ १ गते देखि लागु हृुने गरि संसोधित कानुनमा जुवातास खेल्नेलाई ३ महिना कैद सजाय तोकिएको हो । कानुनी न्याय तथा संसदिय... पुरा पढ्नुहोस

बेनी जोमसोम सडकमा २६ सिटे गाडीको मापदण्ड हटाउने तयारी

म्याग्दी, १६ जेठ । म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमाली जिल्ला मुस्ताङलाई जोड्ने बेनी जोमसोम सडकमा कायम रहेको २६ जना क्षमत्ता भन्दा बढी क्षमत्ताको सवारी साधन सञ्चालनमा रोक लगाउने मापदण्ड हटाउने तयारी भएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीमा मंगलबार प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीको अध्यक्षतामा बसेको सरोकारवालाहरुको बैठकले २६ सिट... पुरा पढ्नुहोस