म्याग्दी समाचार

लिटल गार्डेनकी छात्रा परियार प्रदेश स्तरीय निबन्ध प्रतियोगितामा द्धितीय

म्याग्दी, १३ चैत । बेनीको लिटल गार्डेन एकेडेमीकी छात्रा अमीसा परियार प्रदेश स्तरीय निबन्ध लेखन प्रतियोगितामा द्धितीय भएकी छिन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा स्थित क्षेत्रीय कार्यालयले गरेको प्रतियोगितामा लिटील गार्डेनको कक्षा १० मा अध्ययनरत छात्रा परियार द्धितीय भएकी हुन् । कार्यालयले गत माघमा कक्षा १२ सम्म अध्ययन गर्ने... पुरा पढ्नुहोस

सुत्केरी छात्रा एसईईमा सहभागी

म्याग्दी १३ चैत । माध्यमिक शिक्षा परिक्षा (एसईई)को चौथो दिन मंगलबार म्याग्दीमा एक सुत्केरी छात्रा परिक्षामा सहभागी भएकी छिन् । धौलागिरी गाउँपालीका ७ को शिवाङ मावि केन्द्रमा ताकम माविकी छात्रा फुलमायाँ केसीले सुत्केरी भएको एक घण्टामै परिक्षामा सहभागीता जनाएकी हुन् । बिहान ताकम स्वास्थ्य चौकीमा छोरी जन्माएकी २१ वर्षिया केसीलाई... पुरा पढ्नुहोस

राममन्दिरमा रामनवमी महा महोत्सव सम्पन्न

बेनी, १२ चैत । जलजला गाउँपालीका २ मा रहेको राममन्दीरमा सोमबार श्रीमद् भागवत रामनवमी महा महोत्सव तथा रामलिला, कृष्णलिला महायज्ञ सम्पन्न भएको छ । राष्ट्रिय परोपकार महासंघ र राममन्दिर सेवा आश्रमको आयोजनामा चैत ४ गतेबाट सुरु भएको महोत्सवको जलजला गाउँपालीकाका अध्यक्ष रामकृष्ण मल्लको प्रमुख आतिथ्यतामा समापन गरिएको हो । अध्यक्ष... पुरा पढ्नुहोस

कार्यसम्पादनमा सहजता ल्याउन जनप्रतिनिधि र कर्मचारीलाई तालीम

मुना, १२ चैत । स्थानीय तहको कार्यसम्पादनमा सहजता ल्याउने उद्देश्यले धौलागिरी गाउँपालीकाको केन्द्र मुनामा सोमबार देखि जनप्रतिनिधि र कर्मचारीहरुका लागि तालीम सुरु भएको छ । धौलागिरी गाउँपालीकाको आयोजनामा तिन दिनसम्म सञ्चालन हुने तालीममा सबै जनप्रतिनिधि, वडाका सचिव र विषयगत शाखाका कर्मचारीहरुको सहभागीता रहेको छ । तालीमको उद्घाटन गर्नुहुदै जिल्ला समन्वय... पुरा पढ्नुहोस

रानीपौवामा चैतेदशैँ मेला सुरु

म्याग्दी, १२ चैत । चैतेदशैँ पर्वको अवसरमा म्याग्दीको रघुगंगा गाउँपालिका–३ रानीपौवामा विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रम सुरु भएको छ । महारानी युवा क्लबको आयोजनामा सुरु भएको मेला चैत १५ गतेसम्म सञ्चालन हुनेछ । स्थानीय खेलकुद र कला संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने उदेश्यले आयोजित मेलाको उद्घाटन गर्दै प्रदेश सभा सदस्य... पुरा पढ्नुहोस

राष्ट्रिय आविष्कार केन्द्रले निर्माण गर्ने ‘मेडिकल ड्रोन’ म्याग्दीबाट परिक्षण गरिने

म्याग्दी, १२ चैत । राष्ट्रिय आविष्कार केन्द्रले दुर्गम गाउँ बस्तीमा स्वास्थ्य उपचारमा सहयोग पु¥याउने ‘मेडिकल ड्रोन’ निर्माण गर्न लागेको छ । केन्द्रको काठमाण्डौ स्थित अनुसंधान प्रयोगशालामा अहिले उक्त मेडिकल ड्रोनको निर्माण कार्य अन्तिम चरणमा पुगेको जनाईएको छ ।देशमै रहेका सिर्जनसिल प्रतिभाहरुको उपयोग मार्फत नयाँ नयाँ प्रविधिको विकास गरि मुलुकको विकास... पुरा पढ्नुहोस

कृष्ण सेन मदन स्मृती पत्रकारीता पुरस्कार वितरण गर्न छनौट समिति गठन

बेनी ११ चैत । प्रेस सेन्टर नेपाल म्याग्दीले स्थापना गरेको कृष्ण सेन मदन स्मृती पत्रकारीता पुरस्कार वितरणका लागि आईतबार छनौट समिति गठन गरेको छ । सेन्टरका प्रदेश ४ का सहसचिव सन्तोष गौतमको संयोजकत्वमा शाखा अध्यक्ष कमल खत्री र सल्लाहकार सुवासकुमार सदस्य रहनुभएको तिन सदस्यीय छनौट समिति गठन गरेको हो ।... पुरा पढ्नुहोस

रुइसेमा पदयात्रा :

म्याग्दीको रघुगंगा गाउँपालिकाको प्रमुख पर्यटकीय स्थल रुइसे–भेडिओढार क्षेत्रको पर्यटन सम्भावनालाई प्रसार प्रसारको लागि गाउँपालिकाको पहलमा पदयात्रा मार्फत भेडिओढार पुगेका सरोकारवालाहरु । तस्बिरः धिरन खत्री, राखुभगवती पुरा पढ्नुहोस

मलेशियामा म्याग्देली युवाको मृत्यु

कुलालुम्पुर, १० चैत । मलेशियाको आम्पाङ्गपार्कस्थित भिस्टा दमैको अपार्टमेनमा एक सेक्युरिटी कम्पनीमा कार्यरत म्याग्दीको मालिका गाउँपालिकाको रुम घर भई रोजगारीको सिलसिलामा मलेशिया आएका धर्म रोका मगरको ड्युटी गर्ने क्रममा उनि बसिरहेको कुर्चीमै मृत्यु भएको अवस्थमा फेला परेको छ । शनिबार बेलुकी रातको करिब ५ बजे उनको मृत्यु भएको हुन सक्ने उनीसंगै... पुरा पढ्नुहोस

सनराइज युथ क्लबको अगुवाईमा अक्षतामा करिब रु १२ लाखमा देवी मन्दिर र खेलकुद मैदान निर्माण

म्याग्दी, १० चैत । म्याग्दीको रघुंगगा गाउँपालिका – ३ अक्षतामा युवाहरुको सक्रियतामा खेलकुद मैदान र देवि मन्दिर निर्माण गरिएको छ । सनराइज युथ क्लबको अगुवाईमा स्थानीय युवाहरुको पहलमा करिब रु १२ लाख लगानीमा देवी मन्दिर र खेलकुद मैदान निर्माण गरिएको छ ।सो मन्दिर तथा खेलमैदान निर्माणका लागि रु ४ लाख... पुरा पढ्नुहोस