म्याग्दी समाचार
बालबालिकालाई शैक्षिक सामाग्रीवितरण
- 6 बर्ष, 11 महिना अगाडि
- १५ जेष्ठ २०७५, मंगलवार
बेनी १५ जेठ । बेनी नगरपालीका ६ छापमा रहेको बागेश्वरी आधारभुत विद्यालयमामंगलबार ११ औ गणतन्त्र दिवसको अवसर पारेर बालबालिकालाई शैक्षिक सामाग्रीवितरण गरिएको छ ।विद्यालयमा स्थापीत भन्द्रबहादुर नन्दकली स्मृती अक्षयकोषको ब्याजबाट २२ जना विद्यार्थीहरुलाई पोषाक, झोला, कापी, कलम, ज्यामीतीबक्स लगायतका सामाग्री वितरण गरिएको हो । स्थानीय नारायण महतले दिवंगत बुवा भन्द्रबहादुर... पुरा पढ्नुहोस
गणतन्त्रलाई संस्थागत गर्नुपर्नेमा जोड
- 6 बर्ष, 11 महिना अगाडि
- १५ जेष्ठ २०७५, मंगलवार
बेनी १५ जेठ । राजतन्त्रको अन्त्य भई गणतन्त्र घोषणा भएको दिनको स्मरणमा मंगलबार म्याग्दीमा विभिन्न कार्यक्रमको आयोजना गरेर ११ औ गणतन्त्र दिवस मनाइएको छ ।सदरमुकाम बेनीका साथै स्थानीय तहका केन्द्र, वडा र विभिन्न सामाजिक संघ संस्थाले छुट्टा छुट्ै कार्यक्रम आयोजना गरेर दिवस मनाएका हुन् । बेनीमा प्रभातफेरीपछि अयोजित समारोहमा बत्ताहरुले... पुरा पढ्नुहोस
बेनीमा धिमे एवम् बाँसुरी बाजा प्रशिक्षण सुरु (फोटो फिचर)
- 6 बर्ष, 11 महिना अगाडि
- १५ जेष्ठ २०७५, मंगलवार
म्याग्दी, १५ जेठ । म्याग्दी सदरमुकाम बेनीमा नेवार समुदायको परम्परागत संस्कृति संरक्षण्को लागि धिमे एवम् बाँसुरी बाजा प्रशिक्षण सुरु भएको छ । बेनी नगरपालिका –७ को आर्थिक सहयोगमा नेपाल भाषा मंका : खल : अन्र्तगतको मैजु : खलको आयोजनामा सुरु भएको तालिममा करिब ८० जनाले सहभागीता जनाएका छन् । शुभ... पुरा पढ्नुहोस
गणतन्त्र दिवसको अवसरमा मौवाफाँटमा सरसफाई, भगवतीमा ज्येष्ठ नागरीकलाइ फलफुल वितरण
- 6 बर्ष, 11 महिना अगाडि
- १५ जेष्ठ २०७५, मंगलवार
म्याग्दी १५ जेठ । गणतन्त्र दिवस –२०७५ को अवसरमा म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा मंगलवार सरसफाई र प्रभातफेरि गरिएको छ । रघुगंगा गाउँपालिकाको आयोजनामा मौवाफाँटमा सरसफाई सहित प्रभातफेरी गरिएको हो । गाउँपालिकाका उपाध्यक्ष कमला तिलिजा र प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद चापागाईको बिशेष उपस्थितमा गरिएको कार्यक्रममा स्थानीयबासी, पवित्र आमा समुह... पुरा पढ्नुहोस
सामुदायिक बनद्धारा विद्यालयलाई रु ५० हजार सहयोग
- 6 बर्ष, 11 महिना अगाडि
- १५ जेष्ठ २०७५, मंगलवार
बेनी १५ जेठ । बेनी नगरपालिका–२ खवरामा रहेको हंशबाहीनी आधारभुत विद्यालयलाई आर्थिक सहयोग प्राप्त भएको छ । स्थानीय भसभसे सामुदायिक बन उपभोत्ता समितिले विद्यालयको शैक्षिक विकासको लागि रु ५० हजार सहयोग प्रदान गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकनारायण घर्तिको अध्यक्षतामा भएको कार्यक्रममा उक्त सहयोग हस्तान्तरण गरिएको थियो ।... पुरा पढ्नुहोस
आगलागी पिडित भण्डारी परिवारलाई राखु–पोखरा सम्पर्क समाजद्धारा सहयोग
- 6 बर्ष, 11 महिना अगाडि
- १५ जेष्ठ २०७५, मंगलवार
म्याग्दी, १५ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका–२ खड्कमारेका आगलागी पिडित घरपरिवारलाई पोखरामा बस्ने राखुबासीहरुको संस्था राखु–पोखरा सम्पर्क समाजले राहत सहयोग गरेको छ । समाजका अध्यक्ष लिल बहादुर भणडरी , सदस्य माधव रिजाल, प्रेम बहादुर भणडारी , सल्लाहकार लोक बहादुर भण्डारीको पहलमा संकलन भएको नगद रु ८८ हजार ६८० राहत सहयोग... पुरा पढ्नुहोस
फलामेडाँडालाई पर्यटकीय स्थल बनाउन पहल
- 6 बर्ष, 11 महिना अगाडि
- १५ जेष्ठ २०७५, मंगलवार
बेनी १५ जेठ । जलजला गाउँपालिका ५ मा रहेको फलामेडाँडालाई पर्यटकीय स्थल बनाउन स्थानीयबासीले पहल थालेका छन् । हिमशृङखला, सुर्योदय, पहाडी भुगोल, ग्रामिण बस्तीको मनमोहक दृष्य अवलोकनगर्न सकिने फलामेडाँडालाई पर्यटकीय गन्तब्य स्थलको रुपमा विकास गर्न स्थानीयबासीले पूर्वाधार निर्माण, प्रचारप्रसार सुरु गरेका छन् । प्रशस्त पर्यटकीय सम्भावना भएपनी पूर्वाधार र प्रचारप्रसारको... पुरा पढ्नुहोस
विपद् व्यवस्थापनमा तत्काल प्रतिकार्य तयारीसम्बन्धी तालिम
- 6 बर्ष, 11 महिना अगाडि
- १५ जेष्ठ २०७५, मंगलवार
लुम्ले जेठ १४ । कास्कीको अन्नपूर्ण गाउँपालिका–६, लुम्लेमा सोमबारदेखि विपद् व्यवस्थापनमा तत्काल प्रतिकार्य तयारीसम्बन्धी तालिम सुरु भएको छ । एसियाली प्रकोप पूर्वतयारी केन्द्र, लि–बर्ड, उत्थानशील विकास केन्द्र कर्डको सहयोगमा तालिम सञ्चालन गरिएको हो । विपद् व्यवस्थापनको पूर्वतयारी र वर्तमान अवस्थाबारे जानकारी गराउने उद्देश्यसहित ४ नम्बर प्रदेशस्तरीय तालिमको आयोजना गरिएको आयोजकले... पुरा पढ्नुहोस
बालबालिकालाई शैक्षिक सामाग्री वितरण सुरु
- 6 बर्ष, 11 महिना अगाडि
- १४ जेष्ठ २०७५, सोमबार
बेनी १४ जेठ । गुड नेवर्स ईन्टरनेशनलको सहयोगमा संगम म्याग्दीद्धारा सञ्चालित म्याग्दी सामुदायीक विकास परियोजनाले लक्षित बालबालिकालाई चालु शैक्षिक सत्र २०७५ को शैक्षिक सामाग्री वितरण गर्न सुरु गरेको छ । धौलागिरी गाउँपालिका ३ मुना स्थित धौलागिरी आधारभुत विद्यालयबाट स्पोन्सर बालबालिकालाई कपी, कलम, पेन्सील, ईलेजर, कटर, झोला, जुत्ता, मोजा, स्वीटर र... पुरा पढ्नुहोस
अचेत अबस्थामा फेला परेका व्यक्तिको उपचारको क्रममा निधन, पहिचान अझै खुलेन
- 6 बर्ष, 11 महिना अगाडि
- १४ जेष्ठ २०७५, सोमबार
म्याग्दी, १४ जेठ । म्याग्दी सदरमुकाम बेनीमा अचेत अबस्थामा फेला परेका एक व्यक्तिको उपचारको क्रममा मृत्यु भएको छ । अचेत भई भुईमा लडिरहेको अवस्थामा उनलाई स्थानीयले उद्धार गरि उपचारको लागि जिल्ला अस्पतालमा पुर्याएका थिए । अचेत अवस्थामा अस्पतालमा पुर्याईएकोमा उनको उपचारकै क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।... पुरा पढ्नुहोस