पाँच बर्ष वित्दा पनी अल्पत्र बन्यो बास्कुना सिचाई पोखरी (फोटो फिचर)
- ६ भाद्र २०७५, बुधबार
- कमल खत्री
- 3265 पटक पढिएको
बेनी,६ भदौ । बेनी नगरपालिका–४ बास्कुनामा सिचाँई पोखरी निर्माण सुरु भएको ५ बर्षसम्म पनि पूर्णता पाँउन सकेको छैन् । सुन्तला गाउँको रुपमा परिचित बास्कुनाका कृषकहरुलाई सहज सिचाई सुविधा पु¥याउनको लागि विगत ५ बर्षदेखि निर्माण सुरु भएको पोखरीले बजेट अभाबमा पूर्णता पाउन नसकेको हो । तत्कालिन सिंगा गाविसको साढे ५ लाख खर्चिएर खाडल खनिएको भएपनि त्यसपछि कुनैपनि निकायबाट बजेट विनियोजन नहुँदा सिचाई पोखरी अल्पत्र परेको स्थानीय कृषक भिम बहादुर गुरुङले बताउनुभयो ।
उहाँका अनुसार २५ मिटर लम्बाई ९ मिटर चौडाई भएको सो पोखरी निर्माणको खाडल खन्नमा मात्रै तत्कालिन गाविस, बिषयगत कार्यालयहरुबाट १२ लाख भन्दा बढी खर्च भैसकेको छ ।
‘‘जिल्लाकै नमुना सिचाई पोखरी बनाउने कुरा थियो, त्यही अनुसार खाडल पनि खनियो, तर अहिलेसम्म पनि पूर्णता नपाउँदा कृर्षहरुमा निरास छाएको छ’’–उहाँले भन्नुभयो । बास्कुना गाउँदेखि माथि जंगलमा छहरेखोलाको नजीकै सिचाई पोखरीको लागि खनिएको खाडल अहिले अल्पत्र परेको छ ।
हालै सो क्षेत्रको स्थलगत अवलोकनमा पुग्नुभएका गण्डकी प्रदेशका साँसद विनोद केसीले कृर्षकहरुले सिचाईको समस्या खेप्नुपर्ने र निर्माण सुरु भएको आयोजना अल्पत्र पर्नु दुखत भएको बताउनुभयो । उहाँले यसै बर्ष नै सो आयोजनालाई सम्पन्न गर्नको लागि आबश्यक पहल गर्ने प्रतिबद्धता समेत जनाउनुभयाे। बास्कुनाका कृषकहरुको लागि सिचाई सुविधा पु¥याउन अल्पत्र अबस्थामा रहेको पोखरी निर्माणलाई अगाडी बढाउन यस बर्ष वडा कार्यालयको सिफारिसमा नगरपालिकाले रु ५ लाख बजेट विनियोजन गरेको छ । वडा अध्यक्ष गोविन्द प्रसाद पौडेलले अल्पत्र अबस्थामा रहेको सो पोखरीलाई ढलान गरि प्रयोगमा ल्याउने तयारी गरिएको जानकारी दिनुभयो ।
कमल खत्री
म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l