कृष्णगंगाको करिब नौ करोडको कारोबार

  • ५ भाद्र २०७५, मंगलवार
  • 2085 पटक पढिएको

बेनी ५ भदौ । जलजलागाउँपालिका ७  मिलनचोकमा रहेको श्रीकृष्णगंगा बहुउद्देश्यिय सहकारी संस्था लिमीटेडले गतआर्थिक वर्ष २०७४/७५ माकरिब नौ करोड रुपैयाको कारोबार गरेको छ । आठ करोड ८३ लाख ८५ हजार रुपैया कुल कारोबार गरेको संस्थाले छ करोड ३१ लाख रुपैया निक्षेप संकलन र छ करोड ५० लाख रुपैया लगानी गरेको छ । हालै सम्पन्नदशौ साधारण सभामा गतवर्ष ९१ लाख रुपैया आम्दानी, ७७लाखखर्च र १४ लाख रुपैया नाफाभएको जानकारी गराइएको थियो ।

रामकृष्ण आचार्यको अध्यक्षता, लक्ष्मीप्रसाद आचार्यको सञ्चालनमा सम्पन्न कार्यक्रममा गाउँपालिकाकाअध्यक्ष रामकृष्ण मल्लले सहकारीले उत्पादनशिल क्षेत्रमालगानीगर्न र सामाजिक रुपान्तरणको अभियानमा सहभागीहुनआग्रहगर्नुभयो । वडा अध्यक्ष टुङगनाथ शर्मा र उपाध्यक्ष डिल्लीराम पौडेलले मन्तब्य व्यक्त गर्नुभएको कार्यक्रममा कोषाध्यक्ष नारायण आचार्यले आयब्यय प्रस्तुत गर्नुभएको थियो ।

५ जना उत्कृष्ट बचत कता, तिन जना बालबचत कर्ता, २ जना असल ऋणी लाई सम्मान र जलजला ८ का पहिरो पिडित रुप दमैलाई पाँचहजार १०० रुपैया नगद सहयोग उपलब्ध गराइएको प्रबन्धकओमप्रकाशशर्माले बताउनुभयो ।