म्याग्दी समाचार

निःशुल्क आँखा शिविरबाट साढे दुईसय जना लाभान्वित (फोटो फिचर)

प्रताप बानियाँ म्याग्दी, २९ माघ । नेपाल रेडक्रस सोसाइटी पुलाचौर उपशाखाको १६औं स्थापना दिवसको अवसरमा मङ्गलबार निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । रेडक्रस पुलाचौर उपशाखाको आयोजना र युवा रेडक्रस सर्कल पौलस्त्य माध्यमिक विद्यालय भीरमुनीको सहआयोजनामा सञ्चालित शिविरमा झण्डै साढे २ सयजना लाभान्वित भएका छन् । निःशुल्क आँखा परीक्षण शिविरमा... पुरा पढ्नुहोस

जेसीजजका कार्यक्रमलाई गाउँकेन्द्रित बताउँछुः अध्यक्ष थापा

सामाजिक र युवाहरुको नेतृत्व तथा व्यक्तित्व विकासमा क्रियाशिल संस्था म्याग्दी जेसीजको सन २०१९ का लागि शाखा अध्यक्षमा निर्वाचित हुनुभएका खम थापा मगरसंग म्याग्दी अनलाईन डटकमका सम्पादक कमल खत्रीले गर्नुभएको कुराकानी । १ स्वागत छ यहाँलाई –धन्यबाद २ म्याग्दी जेसीजको नेतृत्व सम्हाल्नुभएको छ । कस्तो अनुभुति गर्दै हुनुहुन्छ । –बिशेष गरि... पुरा पढ्नुहोस

मिर्गौला पिडित खत्रीको सहयोगार्थ ज्योति युवा क्लबद्धारा रु ६७ हजार संकलन

म्याग्दी, २९ माघ । बेनी नगरपालिका–५ डडुवाकी मिर्गौला पिडित हरिकला खत्रीको उपचारको लागि आर्थिक सहयोगको आह्वान गरिएको छ । दुबै मिर्गौलाले काम गर्न नसक्ने भएपछि पोखरा स्थित गण्डकी अस्पतालमा उपचाररत ५४ बर्षिय खत्रीको सहयोगार्थ ज्योति युवा क्लब डडुवाले आर्थिक संकलन गर्न सुरु गरेको हो । अभियान अन्र्तगत मंगलवार बेनीमा क्लबले... पुरा पढ्नुहोस

बासुरीमा भविष्य खोज्दै नविन : लक्ष्य बासुरी बादक,आर्थिक अवस्था बाधक

धु्रबसागर शर्मा म्याग्दी २९ माघ । म्याग्दीको बेनी बजारमा संचालित म्याग्दीकाली एफएमको प्राविधिक कक्षमा विभिन्न स्केलका १२ ओटा बासुरीबाट सुरिलो धुन निकाल्दै गरेका १६ वर्षिय एक युवा बासुरीमा भविष्य खोज्दै दिनरात मिहिनेत गरिरहेका भेटिन्छन् । घरको आर्थिक अवस्था कमजोर भएकै कारण विहान बेलुकी रेडियोमा प्राविधिकको काम गरेर दिउँसो कलेजमा अध्ययन... पुरा पढ्नुहोस

कुबेतमा अल्पत्र म्याग्दीका रन्तिजालाई मोना कुवेतद्धारा उद्धार

म्याग्दी, २९ माघ । रोजगारिको शिलसिलामा कुवेतमा पुगेर विरामी भएपछि अल्पत्र परेका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ किन्दुका चमबहादुर रन्तिजालाई उद्धार गरिएको छ । म्याग्दी प्रवासी नेपाली संघ(मोना) कुवेतको पहलमा ५२ बर्षका रञ्तिजालाई उद्धार गरि नेपाल पठाईएको हो । काम गर्दा गर्दै अचानक बेहोस भइ ढलेका रञ्तिजालाई फर्वानिया अस्पतालमा २१ दिन लामो... पुरा पढ्नुहोस

मंगला शिक्षा अभियानमा १० हजार बढी सहयोग जुट्याे, बालबालिकालाई सहयोग गरिने

म्याग्दी, २९ माघ । म्याग्दीको मंगला गाउँपालिका– २ तल्लो डडुवामा रहेको मंगला युवा क्लवले सुरु गरेको मंगला शिक्षा अभियानमा रु १० हजार बढी सहयोग जुटेको छ । क्लबका सदस्य लक्ष्मण श्रेष्ठले आफ्नो विवाहको अवसरमा क्लबको अभियानमा रु ४ हजार ५० सहयोग गर्नुभएको छ । विवाहको दिन लक्ष्मण र उहाँकी पत्नी... पुरा पढ्नुहोस

नेकपा म्याग्दीले २४ औ जनयुद्ध दिवस मनाउने

बेनी २८ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले बुधबार २४ औ जनयुद्ध दिवस मनाउने भएको छ । सो पार्टीको जिल्ला संयन्त्र तथा प्रदेश सदस्यहरुको सोमबार बेनीमा बसेको बैठकले फागुन १ गते जनयुद्ध दिवस मनाउने निर्णय गरेको नेता गोविन्द पौडेलले जानकारी दिनुभयो । तत्कालिन नेकपा माओवादीले २०५२ फागुन १ गतेदेखि... पुरा पढ्नुहोस

म्याग्देली चेली इन्दु बानियाँको ‘दिलराजा दिलरानी’ बजारमा (भिडियाे सहित)

ध्रुबसागर शर्मा म्याग्दी २९ माघ ।  नेपाली गीत संगीतको क्षेत्रमा ‘तिम्रो न्यानो त्यो काखैमा’, ‘सबै गुमाएर बरु’,‘राम कसम चट्टै’ र ‘गाई चराउने पाखैमा’ जस्ता कर्णप्रिय गीतहरु ल्याएर चर्चाको शिखरमा पुग्दै गरेकी म्याग्देली चेली इन्दु बानियाँको अर्को सांगीतिक कोशेली ‘दिलराजा दिलरानी’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘ भ्यालेनटाइन डे’... पुरा पढ्नुहोस

अभिभावकको स्मृतिमा चिमखोलामा पदमार्ग निर्माण

बेनी २८ माघ । म्याग्दीको रघुगंगा गाउँपालिका ७ चिमखोलामा दुई महिलाले दिवंगत अभिभावकको स्मृतिमा पदमार्ग निर्माण गर्नुभएको छ । स्थानीय शान्तकला र तमाया तिलीजा पुनले स्वर्गीय बुवा धनीराम, आमा धनमाया, देउमाया र दाजु निरबहादुर तिलीजाको स्मृतिमा पदमार्ग निर्माण गर्नुभएको हो । तिलीजा दिदीबहिनीले २५÷२५ हजार रुपैयाँका दरले पदमार्ग निर्माणमा सहयोग... पुरा पढ्नुहोस

वडा अध्यक्षद्धारा विद्यालयमा सरस्वतिको मन्दिर निर्माण

बेनी २८ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानाका वडा अध्यक्ष नरसिङ बहादुर पुर्जाले स्थानीय ज्ञानप्रकाश माविमा निजी लगानीमा सरस्वतीको मन्दिर निर्माण गर्नुभएको छ । विद्यालयका पूर्व प्रअ समेत रहनुभएका पुर्जाले व्यक्तिगत रुपमा दुई लाख पचास हजार रुपैयाँ खर्च गरेर मन्दिर निर्माण गरिदिनुभएका प्रअ शान्तबहादुर नेपालीले जानकारी दिनुभयो । अध्यक्ष... पुरा पढ्नुहोस