म्याग्दी समाचार

लखन थापाको १४२ औ स्मृति दिवसमा रक्तदान

बेनी २ फागुन । प्रथम सहित लखन थापाको १४२ औ स्मृति दिवसको अवसरमा बिहीबार बेनीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल मगर विद्यार्थी संघले आयोजना गरेको सो कार्यक्रममा ३२ जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखाद्धारा सञ्चालित रक्तसञ्चार गृहको प्राबिधिक सहयोगमा कार्यक्रम आयोजना गरिएको थियो ।... पुरा पढ्नुहोस

दृष्टिविहिन स्रोत कक्षालाई रघुगंगा गाउँपालिका अध्यक्ष भण्डारीद्धारा सहयोग

बेनी, २ फागुन । म्याग्दीको रघुगंगा गाउँपालिकाका अध्यक्ष भव बहादुर भण्डारीले दृष्टिविहिन स्रोत कक्षालाई रु २१ हजार बराबरको सहयोग गर्नुभएको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा सञ्चालित दृष्टिविहिन स्रोत कक्षामा रहेका बालबालिकाहरुको लागि अध्यक्ष भण्डारीले सहयोग गर्नुभएको हो । उहाँले २१ हजार बराबरको मादल, सारङ्गी, अडियोको पेनड्राईभ,... पुरा पढ्नुहोस

करबाकेलीमा अक्षयकोष स्थापना

बेनी १ फागुन । अन्नपूर्ण गाउँपालिका ८ काफलडाँडा स्थित म्याग्दीको धार्मिक पर्यटकीय स्थल करबाकेलीको संरक्षण र व्यवस्थापनका लागि अक्षयकोष स्थापना भएको छ । पुन समुदायको कुल देवता करबाकेली बाबाको अवसान भएको करबाकेलीमा निर्माण भएका भौतिक संरचनाको संरक्षण, मर्मत सम्भार तथा पुजा व्यवस्थापनका लागि करबाकेली संरक्षण तथा व्यवस्थापन समितिले अक्षयकोष स्थापना... पुरा पढ्नुहोस

गुर्जाका विद्यार्थीलाई ओखरका बिरुवा वितरण

बेनी १ फागुन । म्याग्दीको धवलागिरी गाउँपालिका १ गुर्जाको जनकल्याण माविका विद्यार्थीहरुलाई दाँते जातका ओखरका विरुवा वितरण गरिएको छ । गाउँपालिकाको एक विद्यार्थी, एक ओखर बिरुवा रोप्ने कार्यक्रम अन्तरगत २५१ जना विद्यार्थीहरुलाई एक एक वटाका दरले ओखरका विरुवा वितरण गरिएको हो । वडा अध्यक्ष झकबहादुर छन्त्याल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष... पुरा पढ्नुहोस

नेकपा म्याग्दीले मनायो २४ औ जनयुद्ध दिवस

बेनी १ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले बुधबार २४ औ जनयुद्ध दिवस विविध कार्यक्रम गरि मनाएको छ । दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्ने बक्ताहरुले जनयुद्ध, जनआन्दोलन र विभिन्न संघर्षबाट प्राप्त उपलब्धीलाई रक्षा गर्दै जनताको जनजिविकामा परिवर्तन ल्याउनुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा बोल्दै नेकपाका केन्द्रिय सदस्य एवम प्रतिनिधि... पुरा पढ्नुहोस

लिटिल गार्डेनका विद्यार्थीद्धारा सन्देशमुलक नाकट प्रर्दशन

बेनी १ फागुन । बेनीको गणेशटोलमा रहेको लिटिल गार्डेन एकेडेमिका विद्यार्थीहरुले बुधबार वातावरण र बेनी लगायत तटीय क्षेत्रका बस्तीहरुको संरक्षणका लागि सन्देशमुलक सडक नाटक प्रर्दशन गरेका छन् । बेनी लगायत म्याग्दीका तटीय क्षेत्रका बस्तीहरुको संरक्षणमा सरोकारवालाहरुको ध्यानाकर्षण गराउने प्ले कार्ड बोकेर बजार परिक्रमा गरेपछि क्याम्पस चोकमा पुगेका लिटिल गार्डेनको कक्षा... पुरा पढ्नुहोस

कोठा भाडा तिर्न नसकेपछि चर्पीको बास

सन्तोष गौतम । बेनी १ फागुन । सुत्ने कोठाको छानो प्वाल परेर पानी चुहिन्छ । भुईमा एउटै विस्तारा छ । दायाँ र बायाँ दुई नावालक नातीलाई च्यापेर ७५ वर्षीया जमुना सुनारलाई हिउँदको चिसोमा रात कटाउन मुस्किल छ । कोठा भाडा तिर्ने पैसा नभएपछि बेनपा २ ज्यामरुककोटकी जमुना अहिले बगरफाँटको सरस्वति... पुरा पढ्नुहोस

बेनीको फोहोर मोहोरमा रुपान्तरण

बेनी, १ फागुन । बेनी बजारबाट निस्कने फोहोर मोहोरमा रुपान्तरण हुने भएको छ । बेनी बजार क्षेत्रबाट निस्कने फोहोरलाई व्यवस्थापनको लागि बेनी नगरपालिकाले मिसन फर वेष्ट म्यानेजमेन्ट प्रा.लि पोखरासंग साझेदारी गरि फोहोर व्यवस्थापनलाई व्यवस्थित गर्न सुरु गरेको हो । मंगलवार नगरपालिका र प्रा.लि. बिच चालु आर्थिक बर्षभित्रसम्मको लागि फोहोर व्यवस्थापन... पुरा पढ्नुहोस

बेनी–जोमसोम सडक आयोजनालाई तिब्रता दिन मजदुर र उपकरण थप गरिने

सन्तोष गौतम भुरूङ तातोपानी २९ माघ । राष्ट्रिय गौरवको उत्तर दक्षिण जोड्ने कालीगण्डकी कोरीडोर अन्तरगत बेनी–जोमसोम–कोरला सडक आयोजनाको बेनी–जोमसोम खण्डको कामलाई तिब्रता दिन मजदुर र उपकरण थप गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीको पहलमा मंगलबार अन्नपूर्ण गाउँपालिकाको भुरुङ्ग तातोपानीमा बसेको आयोजना, सुरक्षा निकाय, स्थानीय तह र निर्माण व्यवसायीको... पुरा पढ्नुहोस

जातीय विभेद अन्त्यका लागि साझा प्रयासको आवश्यकता

सन्तोष गौतम ठूलोबगर २९ माघ । सामाजिक समस्याको रुपमा रहेको छुवाछुत र जातीय भेदभावको व्यवहारिक अन्त्यका लागि साझा प्रयासको आवश्यकता रहेको सरोकारवालाहरुले बताएका छन् । अन्नपूर्ण गाउँपालिकाको आर्थिक सहयोगमा संयुक्त दलित राजनीतिक संघर्ष समितिको आयोजनामा मंगलबारदेखि ठूलोबगरमा सूरु भएको दलित जनप्रतिनिधि तथा अगुवाहरुबीच जनचेतना सम्बन्धी प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहका सहभागि... पुरा पढ्नुहोस