डिएसपी मरासिनी गाँजा बारीमा पसेपछि (फोटो फिचर)

  • २६ बैशाख २०७६, बिहीबार
  • 3818 पटक पढिएको

म्याग्दी, २६ वैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोबा गाउँ जाने बाटोमा बारीमा व्यवसायिक गाँजाखेति भेटिएको छ । गाउँदेखि तल एक युवा बस्दै आएको घरछेउको बारीमा गाँजाखेति भेटिएपछि जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरिक्षक महेन्द्रप्रसाद मरासिनी नेतृत्वको टोलीले गाँजा फडानी गरेका छन् ।

नागरिक सुनुवाई कार्यक्रम लिएर दोबा पुगेका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी र प्रनाउ मरासिनी सहितको टोलीले घरछेउको बारीभरी नै गाँजा देखेपछि सो गाँजालाई फडानी गरि नष्ट गरिएको हो । आफ्नो घरछेउमा गाजा खेति गरेका ति युवा मानसिक रुपमा ग्रसित भएको पाईएकाले र उनले गाँजालाई विक्रि वितरण समेत गरेको पाईएपछि गाँजालाई फडानी गरि नष्ट गरिएको प्रहरीले जनाएको छ ।


जिल्ला प्रहरी कार्यालय र सिमा प्रहरी चौकी भुरुङ तातोपानीबाट खटिएको टोलीले दोबा गाउँ आसपासमा भेटिएको गाँजालाई फडानी गरि नष्ट समेत गरेका छन् ।