म्याग्दी समाचार

विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

  बेनी २४ बैशाख । म्याग्दीको मालिका गाउँपालिका ५ देविस्थानको घरीथोकमा रहेको प्रतिनरमा आधारभूत विद्यालयका विद्यार्थीहरुलाई एक वर्षका लागि पुग्ने शैक्षिक सामग्रीको व्यवस्था गरिएको छ ।स्थानीय सुर्यमुखी युवा क्लवको पहलमा दमप्रसाद घर्ती (कोरेठेगा)ले कक्षा ५ सम्म पठनपाठन हुने विद्यालयका करिब ६० जना विद्यार्थीहरुलाई एक वर्षका लागि आवश्यक कापी र कलम... पुरा पढ्नुहोस

रघुगंगामा पटके सवारीसाधन कर हट्यो

  म्याग्दी,२४ बैशाख । म्याग्दीको रघुगंगा गाउँपालिकामा पटके सवारीसधान कर हटाईएको छ । रघुगंगा गाउँ कार्यपालिको बैठकले आगामी जेठ १ गते देखि लागु हुने गरि पटके सवारी साधन कर हटाएको हो । रघुगंगाभित्र नियमित चल्ने सवारी साधनबाट उठाउदै आएको कर आगामी जेठ १ देखि लागु हुने गरि हटाईएको रघुगंगा गाउँपालिका... पुरा पढ्नुहोस

रघुगंगामा दुई गाउँपालिका बनाउन माग गर्ने कार्यापालिका बैठकको निर्णय, योजना तर्जुमाको ७ बुँदे मार्गदर्शन तयार

म्याग्दी २४ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिकालाई दुई गाउँपालिका बनाउन माग गर्ने निर्णय भएको छ । आईतवार बसेको गाउँपालिकाको कार्यपालिका बैठकले हिमाली जिल्लाको मान्यता प्राप्त गरेको र गाउँपालिकामा समावेश भुगोल प्रशासनिक सुगमता मिलाउन कठिन भएकाले अहिलेको गाउँपालिकालाई २ गाउँपालिका बनाउन माग गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष भव बहादुर भण्डारीले जानकारी... पुरा पढ्नुहोस

औलामा सडक

  बेनी २३ बैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तानको औला गाउँ सडक सञ्जालमा जोडिएको छ । हिस्तानको दोसल्ले देखि औला जोड्ने सडक निर्माण भएपछि स्थानीयबासी उत्साहीत भएका छन् । अन्नपूर्ण गाउँपालिकाको आर्थिक सहयोगमा उपभोक्ता समिति मार्फत सडक निर्माण भएको हो । औलामा सडकसंगै सहज यातायात सुविधाको पहुँच पुगेको वडा अध्यक्ष... पुरा पढ्नुहोस

विद्यालयलाई सहयोग

पार्वती सुवेदी, मराङ २३ बैशाख । धवलागिरी गाउँपालिका ६ मराङमा रहेको जनविकास माध्यमिक विद्यालयलाई एक परिवारले दिवंगत अभिभावकको स्मृतिमा एक लाख रुपैयाँ भन्दा बढी आर्थिक सहयोग गरेका छन् । मराङको ठूलोगाउँका स्वर्गीय नारच्याङ गर्बुजाको स्मृतिमा उहाँका छोरीहरु पदमकुमारी जुग्जाली, वुद्धिमाया जुग्जाली र गौकुमारी शेरपुञ्जाले आइतबार एक लाख दश हजार १८५... पुरा पढ्नुहोस

जिल्लाका धार्मिक क्षेत्रहरुको पर्यटन प्रवद्र्धनमा सरोकारवालाको जोड

प्रताप बानियाँ, हिमाली जिल्ला म्याग्दीमा रहेका धार्मिक पर्यटकीय गन्तव्यका क्षेत्रहरुको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड दिइएको छ । जिल्लाको विभिन्न ठाउँहरुमा प्राचीनकालीन सभ्यता, संस्कार र आस्थाका आधारमा अवस्थित ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्ने बताइएको हो । यसैक्रममा शनिबार म्याग्दी सदरमुकाम बेनीबजारदेखि बेनी नगरपालिका–५ पुलाचौर तथा ९ नम्बर वडा... पुरा पढ्नुहोस

प्रअमाथि कुटपिटमा संलग्न दुई जना पक्राउ

बेनी २२ बैशाख । म्याग्दीको धवलागिरी गाउँपालिका ५ मल्कवाङको भेडिखाल्टामा जातीय विभेदका आधारमा प्रधानध्यापक माथि नै कुटपिट गर्ने दुई जना पक्राउ परेका छन् । जनज्योती आधारभूत विद्यालयका प्रधानाध्यापक रघुगंगा गाउँपालिका ८ का ४२ वर्षीय रेशबहादुर विश्वकर्मालाई जातिय विभेद गर्दै कुटपिट गर्ने स्थानीय बलबहादुर रोका र जितेन्द्र जुग्जालीलाई प्रहरीले पक्राउ गरेको... पुरा पढ्नुहोस

रेडियो म्याग्दीले आयोजना गरेको पर्यटन महोत्सवको आम्दानी खर्च सार्वजनिक

म्याग्दी, २२ बैशाख । रेडियो म्याग्दीले आयोजना गरेको पर्यटन महोत्सवको आम्दानी खर्च आईतबार सार्वजनिक गरेको छ । रेडियो म्याग्दी १०४.४ मेगाहर्जको ११ औँ बार्षिकोत्सवको अवसरमा ‘‘हाम्रो कला संस्कृतिको पहिचान तथा संरक्षण, साना तथा घरेलु उद्योगको प्रवद्र्धन’ भन्ने मुल नाराका साथ गत बर्षको चैत २३ गतेदेखि २९ गतेसम्म आयोजना गरेको महोत्सवको... पुरा पढ्नुहोस

आधारभूत तहको शैैक्षिक सुधार लागि आँचारसहिता निर्माण

धिरन खत्री म्याग्दी, २१ बैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका– २ वडाअन्र्तगत रहेका आधारभूत विद्यालयको शैक्षिक सुधार लागि आँचारसहिता निर्माण गरिएको छ । वडा कार्यालयको समन्वयमा भएको छलफलमा जनप्रतिनिधि, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष, प्रअ र टोलसुधार समितिको उपस्थितमा आधारभूत तहको शैक्षिक सुधारका लागि आचाँरसहिता निर्माण तथा पालनमा एक्यवद्धता जनाईएको हो ।... पुरा पढ्नुहोस

शिखमा व्यवसायिक सतुवा खेतीको तालिम

म्याग्दी, २१ बैशाख । जिल्लाको अन्नपूर्ण गाउँपालिका– ५ शिखमा सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश पोखराको आयोजनामा तीन दिने व्यवसायिक सतुवा खेतीको तालिम सुरु भएको छ । “सीप सिकौं, स्वरोजगार बनौं“ भन्ने प्रमुख नाराको साथमा शुरु भएको तालिममा सतुवाको फाईदा, संरक्षण, बजार भाउ, बिउ कसरी उत्पादन गर्ने, यसको मलजल र स्याहार... पुरा पढ्नुहोस