म्याग्दी समाचार
३ जना कोरोना संक्रमित म्याग्दीमा थपिए
- 5 बर्ष, 6 महिना अगाडि
- ६ श्रावण २०७७, मंगलवार
म्याग्दी, ६ साउन । म्याग्दीमा मंगलबार थप तीन जनामा कोरोना (भाइरस) संक्रमण पुष्टि भएको छ । विदेशबाट आएर बेनी स्थित क्वारेन्टिनमा बसेकाहरुको साउन ३ गते संकलन गरिएको स्वाब नमुनाको पोखरा स्थित प्रयोगशालामा परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालका अनुसार बेनी नगरपालिकाकाका... पुरा पढ्नुहोस
बाढीले बगाएर काभ्रेमा एक जना बेपत्ता, भुरङतातोपानीमा सडक कटान
- 5 बर्ष, 6 महिना अगाडि
- ६ श्रावण २०७७, मंगलवार
म्याग्दी, ६ साउन । निरन्तरण बर्षातपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको काभ्रेस्थित भजेनी खोलामा आएको बाढीले स्थानीय ६५ वर्षीय बलबहादुर गर्बुजालाई कालीगण्डकी नदीमा बेपत्ता बनाएको छ । https://www.youtube.com/watch?v=wzyhndfUtL0&feature=share ... पुरा पढ्नुहोस
कालिगण्डकी नदीकोे बहाफ उच्च : रुप्से झरनाले होटल,जेसिभि र बस बगायो
- 5 बर्ष, 6 महिना अगाडि
- ५ श्रावण २०७७, सोमबार
म्याग्दी, ५ साउन । माथिल्लो भेगमा भएको अविरल बर्षासंगै म्याग्दीको सदरमुकाम बेनी नजिक भएर बग्ने कालिगण्डकी नदी उर्लिएर आएको छ । निरन्तर लेखमा मनसुनले मुल पलाएर खहरेभेल उर्लिएपछि कालिगण्डकीको बहाफ बढेको हो । बर्षासंगै आएको कालिगण्डकी नदी सतह बढ्दा म्याग्दीको सदरमुकाम बेनीबजार र पर्वतको जलजला गाउँपालिकामा वजार नजिकका घरहरु जोखीममा... पुरा पढ्नुहोस
६ जना कोरोना संक्रमित म्याग्दीमा थपिए
- 5 बर्ष, 6 महिना अगाडि
- ४ श्रावण २०७७, आईतवार
म्याग्दी, ४ साउन । आइतबार म्याग्दीमा ६ जना पुरुषमा कोरोना (भाइरस) संक्रमण पुष्टि भएको छ । विदेशबाट आएर बेनी स्थित क्वारेन्टिनमा बसेकाहरुको असार ३१ गते संकलन गरिएको स्वाब नमुनाको पोखरा स्थित प्रयोगशालामा परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालका अनुसार बेनी नगरपालिकाका... पुरा पढ्नुहोस
पहिरोले दाना–खुर्कोट प्रशारण लाइनको १४ नम्वरको टावर ढल्यो
- 5 बर्ष, 6 महिना अगाडि
- १ श्रावण २०७७, बिहीबार
म्याग्दी, १ साउन । जिल्लाको अन्नपूर्ण गाउँपालिका –३ स्थित दाना–खुर्कोट लाईनको पर्वतको खण्डको १४ नम्वरको पिल्लर माथिबाट आएको बाढीसहितको पहिरोले ढलेको छ । कालीगण्डकी कोरीडोर अन्तरगत नेपाल विद्युत प्राधिकरणद्धारा सञ्चालित २२० केभी क्षमताको दाना–खुर्कोट प्रशारण लाइनको जलजला गाउँपालिका–७ मिलनचोकस्थित टावर ढलेको हो । धाइरिङको डिलबाट आएको पहिरोले कुनातर्फको दुई वटा... पुरा पढ्नुहोस
मराङ र विमका पहिरो पीडितको लागि मोना बेल्जियमद्धारा २ लाख ११ हजार आर्थिक सहयोग
- 5 बर्ष, 6 महिना अगाडि
- १ श्रावण २०७७, बिहीबार
म्याग्दी, १ साउन । मोना बेल्जियमद्धारा विम र मराङका बाढी र पहिरो पीडितलाई २ लाख ११ हजार २७२ रुपैयाँ आर्थिक सहयोग गरेका छन् । मोना बेल्जियमका अध्यक्ष योगेन्द्र विक र महासचिव प्रदीप थापा सुमन लगायतको सक्रियतामा संकलित रकम मोना आईसिसिका उपाध्यक्ष सुर्य भट्टचनले ओम कुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यलाई... पुरा पढ्नुहोस
नेपाली काँग्रेसले मराङमा पहिरोबाट विस्थापित परिवारलाई राहत वितरण
- 5 बर्ष, 6 महिना अगाडि
- १ श्रावण २०७७, बिहीबार
म्याग्दी, १ साउन । नेपाली काग्रेस म्याग्दीले धौलागिरि गाउँपालिका–६ मराङस्थित कल्लेनीका पहिरोबाट विस्थापित परिवारलाई राहत वितरण गरेको छ । असार २५ गते अविरबर्षासंगै बाढी र पहिरोबाट पीडित र विस्थापित परिवारलाई शिवाङ मावि ताकममा पुगेर राहत वितरण गरेको हो । कल्लेनीमा पहिरोको जोखिमबाट विस्थापित भएर ताकमको सिवाङ माविमा बसेका ६०... पुरा पढ्नुहोस
इन्द्रेणी र ओमकुमारी शान्तिकोषले उपचारत विरामीलाई आर्थिक सहयोग
- 5 बर्ष, 7 महिना अगाडि
- ३१ असार २०७७, बुधबार
म्याग्दी, ३१ असार । विम र मराङका बाढी र पहिरो पीडितलाई सहयोग गर्न आएको इन्द्रेणी टिम र ओमकुमारी शान्ति कोषले उपचारत विरामीलाई आर्थिक सहयोग गरेका छन् । करेण्ट लागेर दुवै हात गुमाएका मंगला गाउँपालिका– २ बावियाँचौरका खिम पुनलाई ओमकुमारी शान्तिकोषबाट ४० हजार, पोर्चुगलमा रहेका यामलाल पौडेललको संयोजनमा संकलित रकम ७०... पुरा पढ्नुहोस
पिप्लेमा वृक्षारोपण
- 5 बर्ष, 7 महिना अगाडि
- ३१ असार २०७७, बुधबार
म्याग्दी, ३१ असार । राष्ट्रिय वृक्षारोपण बर्ष २०७६/०७७ अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेमा कल्की, कपुर र धुवीका विरुवाहरु बुधबार रोपिएको छ । डिभिजन वन कार्यालय र रघुगंगा सव–डिभिजन वन कार्यालयको आयोजनामा बृक्षारोपण आयोजना गरिएको हो । फरेस्टर रामजी शर्माको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीको उपस्थितमा विरुवा रोपेर वृक्षारोपण... पुरा पढ्नुहोस
९ जना कोरोना संक्रमित म्याग्दीमा थपिए
- 5 बर्ष, 7 महिना अगाडि
- ३१ असार २०७७, बुधबार
म्याग्दी ३० असार । म्याग्दीमा नौजना कोरोना संक्रमित थपिएका छन् । रोजगारको शिलशिलासंगै कुवेत, कतार र भारतबाट आएर म्याग्दी बेनीस्थित विभिन्न क्यारेन्टायनमा बसेका ९ जनामा कोरना देखिएको हो असार २८ गते नमुना संकलन गरि पोखराको प्रयोगशालामा लगेर परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो । कोरना संक्रमित कुवेतबाट आएका ६... पुरा पढ्नुहोस