घतानकी एक महिला छोराछोरी छाडेर दुई सातादेखि सम्पर्कविहिन

  • २ कार्तिक २०७७, आईतवार
  • 1959 पटक पढिएको

म्याग्दी २ कात्तिक । म्याग्दीको बेनी नगरपालिका–९ घतानकी एक महिला दुई सातादेखि सम्पर्कविहिन भएकी छन् । पर्वत बेनीमा कोठा भाडामा लिएर छोराछोरीलाई पढाएर बस्दै आएकी २८ बर्षिय देवि दर्जि आफ्नो बच्चाहरुलाई छाडेर सम्पर्क विहिन भएकी हुन् ।


छोराछोरी छाडेर सम्पर्क विहिन भएपछि प्रवासमा रहेका उनका श्रीमानले खोजीकार्यको लागि सहयोगको अहिल गरेका छन् ।

सम्पर्कविहिन दर्जीको खोजीकार्यका लागि घरपरिवारले प्रहरीमा निवेदन समेत दिइसकेको भएपनि अहिलेसम्म केहि पत्ता लाग्न नसकेको तोरीपानीका युवा रुपेश सुन्दासले जानकारी दिए ।

दर्जीका एक छोरा र एक छोरी छन् ।