म्याग्दी समाचार

हेलिकप्टरमार्फत ट्रान्सफर्मर, राहत सामग्री ढुवानी र घाइतेको उद्दार

  म्याग्दी, ११ साउन । सडक सम्पर्क बिच्छेद भएका म्याग्दीको पहिरो प्रभावित क्षेत्रमा सिम्रिक एयरको हेलिकप्टरबाट ट्रान्सफर्मर र राहत सामग्री ढुवानीका साथै घाइतेको उद्दार गरिएको छ । मंगला गाउपालिका–५ कुरसिम्लामा ट्रान्सफर्मर, अन्नपूर्ण गाउपालिका–३ काभ्रे र वडा न. ४ कोप्चेपानीमा खाद्यान्न ढुवानी गर्न गएको हेलिले पहिरोमा पुरिएर घाइते भएका नारच्याङका एक... पुरा पढ्नुहोस

रेडक्रसको बेग उपशाखाद्धारा बाढी पहिरो पिडितलाई सहयोग

म्याग्दी, ११ साउन । नेपाल रेडक्रस सोसाइटी बेगखोला उपशाखाले म्याग्दीको विभिन्न ठाउँका पहिरो पिडितहरुको लागि आर्थिक सहयोग गरेको छ ।जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी मार्फत जिल्ला विपद् ब्यवस्थापन समितिलाई आइतबार ७२ हजार २७७ रुपैयाँ उपलब्ध गराएका हुन् । उपशाको नेतृत्वमा रघुगंगा गाउपालिका–१ बेगखोलामा घरदैलो गरेर नगद संकलन गरिएको उपशाखाका... पुरा पढ्नुहोस

गलेश्वरमा बेलीब्रिज पुललाई मर्मत गर्न जनश्रमदानको भिड

म्याग्दी, १० साउन । म्याग्दीस्थित गलेश्वरमा रहेको बेलिव्रिजलाई मर्मत गरी अवरुद्ध सडक खुलाउन जनश्रमदानको भिड भएको छ । जिल्ल्लाका जनप्रतिनिधि, राजनीतिक दलका नेता तथा कार्यकता, कर्मचारी र सुरक्षा कर्मीहरु शनिबार भत्किएको बेलिव्रिज पुललाई मर्मत गर्न श्रमदानमा खटिएका हुन् । बाढीले रघुगंगा गाउँपालिका तर्फको विम भत्काउदाँ सिधा यातायात सेवा अवरुद्ध भएको... पुरा पढ्नुहोस

श्रमदानबाट गुर्जामा आन्तरिक मोटरबाटो खन्दै

म्याग्दी, १० साउन । धौलागिरि गाउँपालिका–१ गुर्जामा फुसर्दको समयमा स्थानियले जनश्रमदानबाट आन्तरिक रुपमा संचालन हुने मोटरबाटो खन्दै छन् । आन्तरिक रुपमा आवश्यक सेवाका लागि फुर्सदको समयलाई सदुपयोग गर्दै दुईसय घरधुरी रहेको गुर्जाबासी मिलेर करिव १० दिनको श्रमदानबाट आन्तरिक मोटरबाटो खन्न लागिएको वडानम्वर १ गुर्जाका वडा अध्यक्ष झक छन्त्यालले बताए ।... पुरा पढ्नुहोस

राखु भगवतीस्थित कटुवालटोल पहिरोको जोखिममा

म्याग्दी, १० साउन । म्याग्दीको रघुगंगा गाउँपालिका– २ राखु भगवतीस्थित कटुवालटोल बस्ती पहिरो जोखिममा परेको छ । करिव ५० घरधुरीको बसोबास रहेको कटुवाल र हटिया गाउँलाई असर गर्दै खानपानीस्थितको जमिन चक्नाचक्ना पर्ने र पहिरो बगेपछि बस्ती जोखिममा परेको हो । अविरल बर्षासंगै घरवरिपरिको भिरालो जमिन चिराचिरा पर्दा, दिनदिनै बस्तीमुनी जमिन... पुरा पढ्नुहोस

म्याग्दीमा बेपत्ता ५ जना अझैँ भेटिएका छैनन्

म्याग्दी, ९ साउन । अविरल बर्षासंगै असार २५ गते आएको बाढी पहिरोले म्याग्दीमा ठुलो जनधनको क्षेति भएको छ । जिल्लाको धौलागिरि, मालिका र रघुगंगा अन्नपुर्ण गाउँपालिका गरेर २९ जना ब्यक्तिहरुको निधन भएको छ । भने ५ जना अझै बेपत्ता अवस्थामा रहेका छन् । असार २५ गते अविरल बर्षासंगै आएको बाढी... पुरा पढ्नुहोस

मर्मतपछि ताकममा विधुत सुचारु

म्याग्दी, ९ साउन । जिल्लाको धौलागिरि गाउँपालिका– ताकममा पहिराको कारण अवरुद्ध भएको विद्यूत सेवा स्थानीय युवाहरुको सक्रियतामा मर्मत गरी विद्युत सुचारु भएको छ। असार २५ गते बर्षासंगै बाढी र पहिरोले फेदी खण्डमा तार र पोल बगाएपछि विद्युत सेवा अवरुद्ध भएका थियो । ताकमका युवा जीवन भण्डारीको नेतृत्वमा नेपाल विद्युत प्राधिकरण... पुरा पढ्नुहोस

नेपाली काग्रेस म्याग्दीले पहिरोबाट प्रभावितलाई साढे १० लाखको राहत सहयोग

म्याग्दी, ९ साउन । नेपाली काग्रेस म्याग्दीले बाढी र पहिरोबाट प्रभावित क्षेत्रमा साढे १० लाख रुपैयाँको राहत वितरण गरेको छ । काग्रेसले धौवलागिरी र मालिका गाउँपालिकाका बाढी र पहिरोबाट प्रभावित परिवारलाई सो रकमको राहत वितरण गरेको हो । शुक्रबार नेपाली काग्रेसको पाटी कार्यालयमा भएको पत्रकार सम्मेलनमा पाटी सभापति खमबहादुर गुर्वजाले... पुरा पढ्नुहोस

पाटी मजबुत बनाउन पुष्पलालको सिद्धान्त लागु गर्नुपर्छ

म्याग्दी, ७ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुले पार्टीलाई एकताबद्ध गरि सुदृढ र मजबुत बनाउन कार्यकताले ब्यक्ति होईन पाटीको सिद्धान्त कार्यान्वयनमा जोड  दिन  आग्रह गरेका छन् । नेकपा संस्थापक महासचिव पुष्पलालको ४२ औं स्मृति दिवसका अवसरमा पाटी कार्यालयमा भएको कार्यक्तममा ब्यक्ति भन्दापनि पाटीको सिद्धान्त कार्यान्वयनमा कार्यकता लाग्नुपर्नेमा नेताहरुले जोड... पुरा पढ्नुहोस

भुरुङतातोपानीमा पहिरोमा परेर एक जनाको मृत्यु

म्याग्दी, ६ साउन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङतातोपानीमा माथिबाट आएको पहिरोसंगै ढुङ्गाले लागेर एक जनाको मृत्यु भएको छ । सोही गाउँपालिका वडानम्वर ३ काभे्रका ३२ बर्षिय झलक पुनको पहिरोमा परेर निधन भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जानकारी दिएको छ । विदेशबाट आएर क्वारेन्टाईन बसेर घर फर्किएका पुनलाई घर जाने क्रममा... पुरा पढ्नुहोस