म्याग्दी समाचार

मोना हङकङद्धारा म्याग्दीका स्वास्थ्य संस्थाहरुलाई २५ थान पिपीइ सहयोग (भिडियो सहित)

म्याग्दी २१ चैत । हङकङमा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ(मोना) हङकङले कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा सघाउन स्वास्थ्यकर्मीहरुको ब्यक्तिगत सुरक्षा सामग्री (पिपीइ) २५ थान सहयोग गरेको छ । मोना हङकङले बेनी अस्पताललाई १५ थान र जिल्लामा रहेका ५ वटै गाउँपालिकालाई २/२ वटाको दरले पिपीइ उपलब्ध गराएको हो... पुरा पढ्नुहोस

नेकपा आपूर्ति विभागद्धारा दैनिक आबश्यक बस्नु र सेवाको सुनिश्तिता गर्न आग्रह

म्याग्दी २१ चैत । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) म्याग्दीको जिल्ला उपभोक्ता हित संरक्षण तथा आपूर्ति विभागले दैनिक आबश्यक बस्नु र सेवाको सुनिश्तिता गर्न आग्रह गर्दै सम्भावित कृतिम अभाबलाई नियन्त्रण गर्न सरोकारवालाको ध्यानकर्षण गराएको छ । विभागका संयोजक कुशल पौडेलद्धारा हस्ताक्षर गरि प्रकाशित गरिएको विज्ञप्तीमा कोरोनाको संक्रमण फैलन नदिन र रोकथामको लागि... पुरा पढ्नुहोस

कोरोना रोकथाम कोषमा मंगला गाउँपालिका उपाध्यक्ष केसीको परिवारबाट रु ५० हजार सहयोग

म्याग्दी २१ चैत । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को रोकथाम र नियन्त्रणको लागि म्याग्दीको मंगला गाउँपालिकाले स्थापना गरेको विपद ब्यवस्थापन कोषमा गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसीको घरपरिवारले रु ५० हजार सहयोग गर्नुभएको छ । पारिवारीक भेटघाटको क्रममा अष्टे«लियामा रहनुभएकी केसीले गाउँपालिकाले कोरोना रोकथाम र नियन्त्रणको लागि स्थापना... पुरा पढ्नुहोस

तातोपानी युवा क्लबद्धारा मास्क र साबुन बितरण

अमित बिश्वकर्मा म्याग्दी २१ चैत । म्याग्दीको बेनी नगरपालिका ४ तातोपानीमा रहेको तातोपानी युवा क्लबले बिश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सक्रमणबाट बच्नका लागि स्थानीयलाई मास्क बितरण गरेको छ । बजारमा मास्कको अभाब भएकोले तातोपानीमै मास्क उत्पादन गरि बिहिबार घरदैलो गरेर ५ सय मास्क बितरण गरको क्लबका अध्यक्ष पदम बानीयाँले... पुरा पढ्नुहोस

लकडाउनमा खटिएका सुरक्षाकर्मीलाई मास्क र ग्लोब्स सहयोग (तस्बिर र भिडियो सहित)

म्याग्दी २१ चैत । कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले घोषणा गरेको लकडाउनमा खटिएका सुरक्षाकर्मीलाई मास्क र ग्लोब्स वितरण गरिएको छ । नविन आनन्दयोग केन्द्र शाखा गलेश्वर र गलेश्वरधाम आमा समुहले संयुक्त रुपमा विहिवार गलेश्वर बेनी बजार क्षेत्रमा खटिएका सुरक्षार्कीलाई सामाग्री सहयोग गरहेका हुन् । दिनरात नभनी लकडाउनलाई सफल बनाउन... पुरा पढ्नुहोस

बेनी अस्पतालबाट पठाईएको एक युवतिको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ

बेनी, २१ चैत । कोरोना भाइरसको संक्रमणको लक्षण देखिएपछि बेनी अस्पतालमा आइसोलेसन वार्डमा भर्ना भएकी एक युवतिको स्वाब परिक्षणको रिपोर्ट नेगेटीभ आएको छ । बागलुङ घर भइ पर्वतको जलजला गाउँपालिका बस्ने २७ बर्षिया युवतीको श्वाप्रश्वासमा समस्या, ज्वरो आउने लक्षणहरु कोरोनासंग मिल्दोजुल्दो देखिएपछि आइसोलेसनमा भर्ना गरि स्वाब परिक्षणको पठाईएको थियो ।... पुरा पढ्नुहोस

कोरोना रोकथाम र नियन्त्रण गर्न मंगला गाउँपालिकाद्धारा ३० लाखको कोष स्थापना

म्याग्दी २० चैत । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को रोकथाम र नियन्त्रणको लागि म्याग्दीको मंगला गाउँपालिकाले रु ३० लाखको कोष स्थापना गरेको छ । गाउँपालिकाको कार्यपालिका बैठकले कोरोना नियन्त्रण र रोकथाम गर्न सो रकम गाउँपालिका स्तरीय विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको गाउपालिकाका सूचना अधिकारी... पुरा पढ्नुहोस

म्याग्दीको फुलडाँडामा चेक पोष्ट स्थापन

अमित विश्वकर्मा म्याग्दी २० चैत । म्याग्दीको रघगंगा गाउँपालीका वडा नं ५ र ६ को सिमानामा पर्ने फुलडाँडामा आज देखि चेक पोष्ट स्थापना गरिएको छ । बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाइ रोक्नका लागि पाखापानी प्रहरी चौकि, पाखापानी स्वास्थ्य चौकीका कर्मचारी सहित स्थानीय ५ जना जनस्वयमसेवकको टोली चेकपोष्टमा खटिएका... पुरा पढ्नुहोस

म्याग्दीमा आफूखुसी राहत वितरणमा रोक : स्थानीय तह मार्फत राहत वितरण गरिने

चैत १८ गते । म्याग्दीमा रातह वितरणलाई एकद्धार प्रणाली मार्फत वितरण गरिने भएको छ । मंगलबार बेनीमा वसेको जिल्ला स्तरीय आपूर्ति अनुगमन समितिको वैठकले विभिन्न संघ संस्था र व्यक्तिहरुले वितरण गर्ने राहतलाई रोक लगाएको छ । वैठकले राहत वितरणलाई पारदर्शी र व्यवस्थित बनाउन स्थानीय तह मार्फत मात्र वितरण गरिने व्यवस्था... पुरा पढ्नुहोस

धवलागिरीमा कोरोना रोकथाम र लकडाउन कार्यान्वयन गर्न युवा समूह परिचालन

बेनी, १९ चैत । म्याग्दीको धवलागिरी गाउपालिकाले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ (कोरोना) भाइरस रोकथामका लागि सचेतना फैलाउन र लकडाउनको कार्यान्वयन गर्न युवा समूह परिचालन गरेको छ । २२ जना युवाहरुलाई गाउपालिकाको नाका र वडामा परिचालन गरेको हो । सात वटै वडाबाट छनौट गरिएका युवाहरुलाई मंगलबार मुनामा कोरोना रोकथाम र... पुरा पढ्नुहोस