मोना पोर्तुगलको अध्यक्षमा रविन पुन चयन

  • १४ भाद्र २०७८, सोमबार
  • 1025 पटक पढिएको

म्याग्दी १४ भदौ । म्याग्दी प्रवासी नेपाली संघ(मोना) पार्तुगलको अध्यक्षमा रविन पुन चयन हुनुभएको छ । मोना पोर्तुगलको सातौँ अधिवेशनबाट सर्वसम्मत रुपमा पुनको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।

अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा सविन शाहि, उपाध्यक्षमा नर फगामी, नारायण तिलिजा, मोहन राना, महिला उपाध्यक्षमा देवी गर्वुजा महासचिवमा दिपु फगामी, सचिवमा तेजेन्द्र छन्त्याल, कोषाध्यक्षमा राजिन भण्डारी, सह–कोषाध्यक्षमा रविन पाईजा चयन हुनुभएको छ । त्यसैगरि खेलकुद संयोजकमा किसान श्रेष्ठ, युवासंयोजकमा विकास सुबेदी, साँस्कृतिक संयोजकमा एलिजा राम्जाली रहनुभएको छ ।

समितिको सदस्यहरुमा मिलन पुर्जा, उमा वुदुजा, दिबस भण्डारी, कविन सेन, अर्विन पुन, ज्ञान बुढाथोकी, उमेस छन्त्याल, सुवास मल्ल, इन्द्र केसि, देविन तिलिजा, दिपक गुरुङ, राजेन्द्र सापकोटा रहनुभएको छ । मोना पोर्तुगलको संरक्षकमा धन थापा , महिला संरक्षकमा दुर्गा पाइजा र सल्लाहकारमा लक्षुन रोका, रविन थापा रहनुभएको मोना अन्तराष्ट्रियका युरोप संयोजक निरोज कार्कीले जानकारी दिनुभयो । पोर्तुगलमा रहेका म्याग्देलीहरुको साझा संस्थाको रुपमा रहेको मोना पोर्तुगलले जिल्लाको मानविय र सामाजिक सेवाको क्षेत्रमा सहयोग गर्दै आएको छ ।