म्याग्दी समाचार

पहिरोले थुनिएको रघुगंगा नदीको अवस्था यस्तो छ (फोटो फिचर)

बेनी १० भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका ६ मुलपानी र ७ नम्बर वडा गौडामुनीको सिमानामा पहिरो खसेर रघुगंगा नदीमा ठुलो तलाउ बनेको छ । पानी ओभरफलो भएर बग्न थालेपनि करिब  एक किलाेमिटर लामो तलाउको सतह घटेको छैन । बुधवार राती गएको पहिरोले केहि समय नदीको अधिकाँश पानी थुनिएको स्थानीयबासीको भनाई... पुरा पढ्नुहोस

एकमहिनादेखि बेपत्ता जामुनाखर्कका जङ्गबहादुर रामदाम

म्याग्दी, १० भदौ । विगत एक महिनादेखि बेनी नगरपालिका–६ जामुनाखर्क निवासी जङ्गबहादुर रामदाम (विक ) बेपत्ता भएका छन् । साउन ९ गतेदेखि रामदाम घरपरिवारबाट सम्पर्कविहिन भएका हुन । बेपत्ता भएका ८० बर्षिय रामदामलाई परिवार र आफन्तजन लगायतको क्षेत्रबाट खोजी कार्य भएपनि भेटाउन नसकिरहेको बेपत्ता भएका ब्यक्तिका आफन्त अजित रसाईलीले जानकारी... पुरा पढ्नुहोस

मास्क एक फाइदा अनेक

 सुजन पाैडेल ।  झट्ट हेर्दा मास्क सामान्य भए पनि यसका फाइदाहरू अनेक छन् । मास्कले कोरोना संक्रमण मात्रै नभई अन्य श्वास–प्रश्वासको माध्यमबाट सर्ने सबै रोगको संक्रमणबाट समेत बचाउँछ । त्यसैगरी मास्कले बाहिरी वातावरणमा रहेका सूक्ष्म जैविक कणहरूबाट सुरक्षा प्रदान गर्छ । अहिले मास्क सबै स्थानमा सर्वसुलभ रूपमा पाउन सकिन्छ ।... पुरा पढ्नुहोस

रायखोरको पहिरोले थुनिएको रघुगंगा नदी ओभरफलो भएर बग्न थाल्यो, तलाउको सतह घटेन

म्याग्दी १० भदौ । म्याग्दीको रघुगंगा गाउँपालिकाको रायखोरमा पहिरो खसेर थुनिएको रघुगंगा नदीको पानी ओभरफलो भएर बग्न थालेको छ । बुधवार राती गएको पहिरोले केहि समय नदीको अधिकाँश पानी थुनिएको थियो । रघुगंगा गाउँपालिकाको वडा नम्बर ६ मा पर्ने रायखोर र मुलपानीको बिचमा रहेको पहिरो खसेर रघुगंगा नदी थुनिएर तलाउ... पुरा पढ्नुहोस

पर्यटकीयस्थल रिखार जाने पदमार्गमा दुई झोलुङ्गे पुल निर्माण, एकैदिन उद्घाटन

म्याग्दी ९ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुईनेमंगलेमा रहेको पसिद्ध धार्मिक पर्यटकीय स्थल रिखार जाने पदमार्गमा दुई झोलुङ्गे पुल निर्माण गरिएको छ । कुइनेमंगलेको घ्यासीखर्कदेखि ढाँड, दुवाडी, पात्लेखर्क हुँदै रिखार जाने पदमार्गमा रहेका छहरेखोला र बगरखोलामा अस्थायी काठे साँघुलाई विस्थापित गरि झोलुङ्गे पुल निर्माण गरिएको हो । पात्लेखर्कदेखि रिखार जाने... पुरा पढ्नुहोस

नेकपा माओवादी केन्द्र म्याग्दीको इञ्चार्जमा गोविन्द पौडेल

म्याग्दी, ९ साउन । नेपाल कम्युनिष्ट पाटी माओवादी केन्द्र म्याग्दीको इञ्चार्जमा गोविन्द पौडेल चयन भएका छन् । नेकपा माओवादी केन्द्र केन्द्रिय कमिटिको बैठकले पौडेललाई म्याग्दीको इन्चार्जमा चयन गरेको हो । पौडेललाई जिल्ला अध्यक्षबाट बढुवा गरेर इन्चार्जको जिम्मेवारी दिएको छ । संविधान सभाका सदस्य रहेका पौडेल तत्कालिन बामगठबन्धन एवम् एमाले र... पुरा पढ्नुहोस

म्याग्दीमा साढे ८ करोड रुपैयाँ बेरुजु

बेनी, ९ भदौ । म्याग्दीका ६ वटा पालिकामा कानुनविपरीत काम र लेखापरीक्षणको क्रममा आवश्यक कागजात संलग्न गर्न नसक्दा बर्षेनी बेरुजु देखिएको छु । गत आर्थिक वर्षमा यहाँका स्थानीय तहमा रु, आठ करोड ५५ लाख २७ हजार बेरुजु रहेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । स्थानीय तहमा प्रशासनीक, नीतिगत र विकास... पुरा पढ्नुहोस

राहुघाट र बगरखोलामा ‘बेलीब्रिज’

म्याग्दी, ८ भदौ । जिल्लाको रघुगंगा गाउँपालिकास्थित राहुघाट र बगरखोलामा मोटर चल्ने दुईवटा पुल (बेलीब्रिज) निर्माण भएको छ । राहुघाट नदीमा एकैसाथ ८३.५ मेगावाट क्षमताका दुई जलविद्युत् आयोजना निर्माण गरिरहेको तुदी पावर कम्पनीले बनाएको बेलीब्रिजबाट स्थानीयवासीलाई पनि सुविधा पुगेको छ । आयोजनाका इञ्जीनियर नरोत्तम कार्कीले रघुगङ्गा गाउँपालिका–७ चिमखोलाको बगरखोलामा ३०... पुरा पढ्नुहोस

दुधेखोलामा बाढी : एक घर बगायो, खानेपानी, विद्यूत र सडक अवरुद्ध

म्याग्दी, ७ भदौ । म्याग्दीको बेनी नगरपालिका– ३ स्थित दुधेखोलामा गए राती आएको बाढीले एक घर बगाएको छ । बाढीले बस्तीनै जोखिममा पारेको छ । बाढीले स्थानीय दीपा पुनको घर बगाउँदा करिब १७ लाख बराबरको क्षति भएको छ । राती १२ बजे आएको बाढीले बाढीले घरमा रहेका लत्ता कपडा,खाद्यान्न र... पुरा पढ्नुहोस

गुर्जामा जडीबुटीको व्यावसायिक खेती विस्तार

म्याग्दी ५ भदौ । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा जडीबुटीको व्यावसायिक खेती विस्तार गरिएको छ । स्थानीय हिमाली कृषि सहकारी अन्तर्गत रहेको कृषक समूहले सामुहिक रुपमा जडीबुटीको खेती सुरु गरेका हुन् । गत बर्षदेखि जडीबुटी खेती सुरु गरेको समूहले यस बर्ष करिब २ रोपनी जग्गामा अतिसको खेती विस्तार गरिएको छ ।... पुरा पढ्नुहोस