म्याग्दी समाचार

धवलागिरीको गाउँसभा बाट थप बजेट बिनियोजन, संस्था दर्ता बिधेयक पारित

  मुना, २७ मंसिर । म्याग्दीको धवलागिरी गाउँपालिकाको १३ औ गाउँसभा आइतबार मुनामा सम्पन्न भएको छ । सभाले गत आर्थिक बर्षमा खर्च हुन नसकेको र बिनियोजन गर्न बाँकी बजेट बाँडफाड गरिनुका साथै संस्था दर्ता बिधेयक पारित गरेको छ । गाउँपालिकाको केन्द्र मुनामा भएको सभामा अध्यक्ष थमसरा पुनले पेश गरेको प्रस्ताब... पुरा पढ्नुहोस

एमाले गण्डकी अध्यक्षमा म्याग्दीका नवराज शर्मा

म्याग्दी, २६ मंसिर । नेकपा एमाले गण्डकी अध्यक्षमा नवराज शर्मा चयन भएका छन् । एमालेको केन्द्रीय कमिटीको बैठकले म्याग्दीका शर्मालाई गण्डकी अध्यक्षमा चयन गरेको हो । शर्माले २०७० को संविधान सभा निर्वाचनमा म्याग्दीबाट प्रत्यक्षतर्फ चुनाव जितेका थिए । २०४१ सालमा अनेरास्ववियुबाट राजनीतिक यात्रा सुरु गरेका शर्मा २०४२ देखि २०५४ सालसम्म... पुरा पढ्नुहोस

न्यु वेष्ट प्वाईन्टले जित्यो नमस्ते ट्रेड होटल याक जेसीज कपको उपाधी

म्याग्दी २६ मंसिर । म्याग्दी जेसीजद्वारा आयोजित अन्तरमावि नमस्ते ट्रेड होटल याक जेसीज कप फुटबल प्रतियोगिताको उपाधी न्यू वेष्ट प्वाईन्ट मावि बेनीले जितेको छ । ‘खेलाडीको प्रतिभा प्रस्फुटनमा हाम्रो पहल–जेसीजकप फुटवल’ भन्ने मूल नारासंगै संचालित १९ औँ संस्करणको जेसीज कप फुटबल प्रतियोगिताको उपाधी वेष्ट प्वाईन्टले जितेको हो । खुल्लामञ्चमा आईतबार... पुरा पढ्नुहोस

विद्यार्थी तथा वृद्ध/वृद्धालाई न्यानो कपडा वितरण

म्याग्दी, २६ मंसिर । शितको थोपा अभियान संस्थाद्वारा विभिन्न स्कुलमा अध्ययन गर्ने विद्यार्थी तथा वृद्ध वृद्धालाई न्यानो कपडा वितरण गर्ने अभियानलाई तिव्रता दिएको छ। मंगला गाउँपालिका १ कुहँुका बृद्धबृद्धासहित दिपशिखा माविमा अध्ययनरत निम्न आय भएका १८ जना जनालाई न्यानो कपडा वितरण गरेको थियो । न्यानो कपडा वितरण कार्यक्रममा बोल्दै समाजसेवि... पुरा पढ्नुहोस

जेसीज कपको फाईनलमा न्यु वेष्ट प्वाईन्ट र बुद्ध एकेडेमी

म्याग्दी २५ मंसिर । म्याग्दी जेसीजद्वारा आयोजित अन्तरमावि नमस्ते ट्रेड होटल याक जेसीज कप फुटबल प्रतियोगिताको फाईनलमा न्यू वेष्ट प्वाईन्ट र बुद्ध एकेडेमी पुगेका छन् । ‘खेलाडीको प्रतिभा प्रस्फुटनमा हाम्रो पहल–जेसीजकप फुटवल’ भन्ने मूल नाराका साथ सञ्चालन भएको १९ औँ संस्करणको नमस्ते ट्रेड होटल याक जेसीज कप फुटबल प्रतियोगिताको फाईनलमा... पुरा पढ्नुहोस

फोनीज म्याग्दीको अध्यक्षमा साधन राम्जाली

म्याग्दी, २५ मंसिर । नेपाल आदिबासी जनजाती पत्रकार महासंघ (फोनिज ) म्याग्दीको अध्यक्षमा साधन राम्जाली सर्वसम्मत भएका छन् । देशभर एकसाथ भएको फोनिजको अधिवेशन अन्तरगत सदरमुकाम बेनीमा सम्पन्न प्रथम अधिवेशनबाट राम्जालीको नेतृत्वमा म्याग्दीको सर्वसम्मत कार्यसमिति चयन गरिएको हो । कार्यसमितिको उपाध्यक्षमा दलप्रसाद तिलिजा, सचिवमा समिर रोका, कोषाध्यक्षमा धनिलाल गर्वुजा र... पुरा पढ्नुहोस

जेसीज कप फुटबलको सेमिफाईनलमा बुद्ध एकेडेमी र न्यु वेष्ट प्वाईन्ट प्रवेश

म्याग्दी २४ मंसिर । म्याग्दी जेसीजद्वारा आयोजित अन्तरमावि नमस्ते ट्रेड होटल याक जेसीज कप फुटबल प्रतियोगिताको सेमिफाईनलमा बुद्ध एकेडेमी र न्यु वेष्ट प्वाईनट विद्यालय प्रवेश गरेका छन् । बेनीको खुल्लामञ्चमा जारी प्रतियोगितामा शुक्रबार भएको क्वाटरफाईनलमा बेनी बोडिङलाई बुद्ध एकेडेमीले शुन्यका विरुद्ध २ गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो भने... पुरा पढ्नुहोस

लैङ्गिक हिंसा न्युनीकरणका लागि कानुनी सचेतना आवश्यक

  म्याग्दी, २४ मंसिर । बेनीमा शुक्रबार भएको एक कार्यक्रमका सहभागीले लैङ्गिक हिंसा न्युनीकरणका लागि कानुनी सचेतनामा जोड दिनुभएको छ । लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको समापन तथा मानव अधिकार दिवसको अवसरमा भएको कार्यक्रममा सहभागीहरुले शिक्षा, चेतना र कानुनी उपचारका माध्यमबाट हिंसा न्युनीकरण गर्नुपर्ने बताउनुभएको हो । सामाजिक बिकास कार्यालय,... पुरा पढ्नुहोस

पत्रकार गौतमलाई “मिडिया सोसाइटी अवार्ड”

म्याग्दी, २४ मङसिर । म्याग्दीका पत्रकार हरिकृष्ण गौतमलाई शुक्रबार “मिडिया सोसाइटी अवार्ड-२०७८” प्रदान गरिएको छ । म्याग्दी मिडिया सोसाइटीका पाँचौ वार्षिक साधारणसभा तथा तेस्रो अधिबेशनको अवसरमा पर्यटकीय स्थल टोड्केमा आयोजित समारोहमा रु. सात हजार ८६५ नगद सहित गौतमलाई पुरस्कृत गरिएको हो । संस्थाका अध्यक्ष कमल खत्री र रघुगंगा गाउँपालिका-५ का... पुरा पढ्नुहोस

मिडिया सोसाइटीको तेस्रो अधिवेशन टोड्केमा, अध्यक्षमा खत्री चयन ( तस्बिर सहित)

म्याग्दी, २४ मङसिर । म्याग्दी मिडिया सोसाइटीको अध्यक्षमा कमल खत्री सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको छ । शुक्रवार म्याग्दीको पर्यटकीय स्थल टोड्केमा आयोजित संस्थाको पाँचौ वार्षिक साधारणसभा तथा तेस्रो अधिबेशनबाट खत्रीको अध्यक्षतामा नेतृत्व चयन भएको हो । निवर्तमान अध्यक्ष समेत रहनुभएका खत्री बेनीबाट प्रकाशन हुने समृद्ध साप्ताहिकको प्रकाशक/सम्पादक हुनुहुन्छ ।  ... पुरा पढ्नुहोस