राखु भगवतीमा असोज २९ गते ‘निःशुल्क आँखा शिविर’ हुने

  • २६ आश्विन २०७९, बुधबार
  • 1403 पटक पढिएको

बेनी, २६ असोज । म्याग्दी प्रवासी नेपाली संघ मोना अष्ट्रेलियाले रघुगंगा गाउँपालिका– २ राखु भगवतीमा यही असोज २९ गते शनिबार निःशुल्क आँखा शिविर गर्ने भएको छ । मोना अस्ट्रेलिया, नेत्र ज्योती संघ म्याग्दी र मोना आईसीसीको आयोजनामा भगवतीमा निशुल्क आँखा शिविर आयोजना गरिएको हो ।

ग्रामिण भेगका जनतालाई लक्षित गरेर आयोजना गरिएको शिविरमा निशूल्क आँखा परिक्षण, चश्मा वितरण, शिविरमा पहिचान भएका मोतियाविन्दुका विरामीको पोखरामा शल्यक्रियाको ब्यवस्था र उच्च रक्तचाप परिक्षण गरिने शिविरका संयोजक गकुल भण्डारीले बताउनुभयो । शिविरमा सहभागि भई सेवा लिन रघुगंगाबासीलाई मोना अस्ष्ट्रेलियाले आग्रह गरेको छ ।

रोजगारी र अध्ययनको शिलशिलामा अस्ट्रेलियामा पुगेका म्याग्देलीरुको साझाँ संस्था मोनाले म्याग्दीको विभिन्न क्षेत्रमा आर्थिक सहयोग र सामाजिक गतिविधि गर्दै आएको छ ।