म्याग्दी समाचार
म्याग्दीमा एक वर्षको अवधिमा ७७० घरधुरीमा विद्युत् सुविधा विस्तार
- 3 बर्ष, 3 महिना अगाडि
- ९ श्रावण २०७९, सोमबार
म्याग्दी ९ साउन । म्याग्दीमा पछिल्लो एक वर्षको अवधिमा ७७० घरधुरीमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको छ । नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रले आर्थिक वर्ष २०७८/७९ मा जिल्लाका विभिन्न ठाउँमा सो सङ्ख्यामा उपभोक्ता थपिएका जनाएको छ । केन्द्रका प्रमुख प्रशान्त झाले थप ११ किलोमिटर ११ केभी र... पुरा पढ्नुहोस
पूर्वाधार निर्माण गर्दै बगरफाँटवासी
- 3 बर्ष, 3 महिना अगाडि
- ९ श्रावण २०७९, सोमबार
म्याग्दी ९ साउन । म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका बासिन्दा गाउँलाई धार्मिक पर्यटनको आकर्षक गन्तव्य बनाउन जुटेका छन् । म्याग्दी नदीको किनारमा विशाल खेतको फाँटमा दुर्गा भगवतीको मन्दिर निर्माण गरेका उनीहरुले अहिले मन्दिर वरपरको क्षेत्रलाई धार्मिक पर्यटकमैत्री पूर्वाधार निर्माणमा व्यस्त छन् । वरिपरि धान खेतको फाँट, बीचमा अग्लो भूभाग, त्यही अग्लो... पुरा पढ्नुहोस
प्रेस युनियनको केन्द्रीय सदस्यमा म्याग्दीका ध्रुवसागर शर्मा निर्वाचित
- 3 बर्ष, 3 महिना अगाडि
- ९ श्रावण २०७९, सोमबार
म्याग्दी ९ साउन । नेपाल प्रेस युनियनको केन्द्रीय सदस्यमा म्याग्दीका ध्रुवसागर शर्मा निर्वाचित हुनुभएको छ । हेटौडामा सम्पन्न ९ औँ महाधिवेशनबाट गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै शर्मा लोकप्रिय मतका साथ केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो । गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै निर्वाचित हुने दूई जनाको कोटामा तीन जनाबिच प्रतिस्पर्धा भएको थियो ।... पुरा पढ्नुहोस
जेमका १०० घरमा सोलार जडान
- 3 बर्ष, 3 महिना अगाडि
- ८ श्रावण २०७९, आईतवार
म्याग्दी ८ साउन । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित मालिका गाउँपालिका–२ जेमका एक सय घरमा सोलार जडान गरिएको छ । गण्डकी प्रदेश सरकारको ‘उज्यालो प्रदेश कार्यक्रम’अन्तर्गत खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले ५० वाट क्षमताको सोलार जडान गरेको हो । कार्यालयका ईञ्जिनीयर अञ्जन खत्रीले कार्यविधिअनुसार कार्यालयको ७५ प्रतिशत... पुरा पढ्नुहोस
ल्याम्हःपुचःको नयाँ नेतृत्व चयन
- 3 बर्ष, 3 महिना अगाडि
- ८ श्रावण २०७९, आईतवार
म्याग्दी ८ साउन । पौराणिक कला ,संस्कृतीको संरक्षण एवं जगेर्ना गर्दै समाजमा रहेका बिभिन्न जातजातिहरुसंग हातेमालो गरी म्याग्दी जिल्लाकै पहिचान बोकेको कला संस्कृतीको प्रर्वद्धनमा अगाडी बढीरहेको नेपाल भाषा मंकाःखलःअन्तर्गत यूवाहरुको संस्था ल्याम्हःपुचःको चौथो अधिवेशन मंकाःखलःको भवनमा शनिवार सम्पन्न भएको छ । चौथो अधिवेशनले जेनेस श्रेष्ठको नेतृत्वमा २१ सदस्यीय समिति सर्वसम्मत... पुरा पढ्नुहोस
म्याग्दीमा ४४औं पुष्पलाल स्मृति दिवस मनाइयो
- 3 बर्ष, 3 महिना अगाडि
- ८ श्रावण २०७९, आईतवार
म्याग्दी ८ साउन । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४४औं स्मृति दिवस म्याग्दीमा पनि शनिवार विविध कार्यक्रम गरेर मनाइएको छ । स्वर्गीय पुष्पलालको सम्झनामा नेकपा एमाले जिल्ला कमिटी म्याग्दी र बेनी नगर कमिटीले छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरी स्मृति दिवस मनाएका हुन् । एमाले म्याग्दीको पार्टी कार्यालय शहिद स्मृति भवनमा... पुरा पढ्नुहोस
म्याग्दीमा थपिए ५७० उद्योग र व्यावसायिक फर्म
- 3 बर्ष, 3 महिना अगाडि
- ७ श्रावण २०७९, शनिबार
[caption id="attachment_61474" align="alignnone" width="1068"] फाइल तस्विर[/caption] म्याग्दी ७ साउन । म्याग्दी जिल्लामा पछिल्लो एक वर्षको अवधिमा ५७० उद्योग र व्यावसायिक फर्म थप भएका छन्। घरेलु तथा साना उद्योग कार्यालयमा नयाँ ३३८ उद्योग र २३२ वटा वाणिज्य फर्म दर्ता भएका हुन्। विसं २०७८ साउनदेखि २०७९ असारसम्म दर्ता, नवीकरण भएका उद्योग तथा... पुरा पढ्नुहोस
मृगौला पीडित सुवेदीलाई अमेरिकाबाट आर्थिक सहयोग
- 3 बर्ष, 3 महिना अगाडि
- ७ श्रावण २०७९, शनिबार
म्याग्दी, ७ साउन । मृगौला पीडित निशा सुवेदीलाई अमेरिकाबाट आर्थिक सहयोग प्राप्त भएको छ । जिल्लाको बेनी नगरपालिका वडा नम्बर ५ पुलाचौरकी मृगौला पीडित सुवेदीलाई पुलाचौर घर भई हाल अमेरीकामा रहनुभएका समाजसेवी अमर भण्डारीको नेतृत्वमा संकलित ७० हजार रुपैयाँ सहयोग प्राप्त भएको हो । समाजसेवी तथा पुर्व जिविस सदस्य सुरतबहादुर... पुरा पढ्नुहोस
म्याग्दीमा दोषीबाट चार करोड ३६ लाख जरिवाना असुल गर्न बाँकी
- 3 बर्ष, 3 महिना अगाडि
- ७ श्रावण २०७९, शनिबार
म्याग्दी, ७ साउन । म्याग्दी जिल्ला अदालतले विभिन्न समयमा गरेको फैसलामा दोषी ठहरिएकाहरूबाट ७८२ वर्ष दुई महिना १४ दिन कैद र रु चार करोड ३६ लाख ९६ हजार ८८३ जरिवाना असुल उपर गर्न बाँकी छ । कार्यान्वयन गर्न बाँकी मुद्दा विसं २०५५ देखि यताका फैसलाका हुन् । [caption id="attachment_27617" align="alignnone"... पुरा पढ्नुहोस
म्याग्दीलाई ‘पर्यटन हब बनाउन’ सरोकारवालाहरुविच अन्तरक्रिया
- 3 बर्ष, 3 महिना अगाडि
- ७ श्रावण २०७९, शनिबार
म्याग्दी, ७ साउन । म्याग्दीलाई पर्यटनको हब बनाउने विषयमा सरोकारवालाबीच अन्तक्र्रिया भएको छ। जिल्ला भित्रने पर्यटकको बसाई लब्याउने गन्तव्य खोजी र लगानी वातावरण सिर्जना गर्ने उद्देश्यले सरोकारवालाहरुविच अन्तरक्रिया गरिएको छ ।म्याग्दीको उद्योग वाणिज्य संघको आयोजनामा जनप्रतिनिधि, उद्योगी, ब्यापारी लगायतको उपस्थितमा शाहसिक पर्यटन विकासको सम्भावनाको विषयमा छलफल भएको थियो । गण्डकी... पुरा पढ्नुहोस