नवौं राष्ट्रिय महिला भलिवलमा : बागमतिलाई पराजित गर्दै एपीएफ फाइनलमा प्रवेश

  • १ कार्तिक २०७९, मंगलवार
  • 393 पटक पढिएको

बेनी १ कात्तिक : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीको सदरमुकाम बेनीमा जारी राष्ट्रिय महिला भलिवल प्रतियोागितामा सशस्त्र प्रहरीको एपीएफ क्लब फाइनलमा प्रवेश गरेको छ ।


आज भएको सेमिफाइनमा एपीएफले बागमति प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । सेमिफाइनलको पहिलो सेटमा २५–२३ को नतिजा निकालेको बागमती दोस्रो,तेस्रो र चौथो सेटको खेलमा समालिन नसक्दा एपीएफले नतिजा आफ्नो पक्षमा पारेको थियो ।

प्रतियोगिताको दोस्रो, तेस्रो र चौथो सेटमा एपीएफले बागमति माथि २५–२३, २५–२२, २५–१६ जित निकाल्दै फाइनल यात्रा तय गरेको छ ।


प्रतियोगितामा एपीएफकी निरुता ठगुन्ना उत्कृष्ट खेलाडी घोषित भइन् । आजको अर्को सेमिफाइनलमा गण्डकी प्रदेश र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्दै छन् ।