एपीएफ सेमिफाईनलमा प्रवेश

  • ३१ आश्विन २०७९, सोमबार
  • धिरन खत्री
  • 413 पटक पढिएको

 

म्याग्दी, ३१ असोज । नवौं राष्ट्रिय खेलकुद अन्तरगत म्याग्दीको सदुरमुकाम बेनीमा भएको महिला भलिवल प्रतियोागितामा एपीएफ सेमिफाईनलमा प्रवेश गरेको छ ।
सोमबार भएको पहिलो क्वाटरफाईनलमा एपीएफले लुम्वीनी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै सेमिफाईनल प्रवेश गरेको हो । भलिवलप्रेमी दर्शकको भिडमा रहेको उक्त खेलमा एपीएफले २५–१५, २५–१८, २५–१० को सेटमा लुम्वीनी प्रदेश माथि जित निकालेको थियो ।


प्रतियोगितामा वुमन अफ द म्याच एपीएफकी आरती सुवेदी भएकी छन् । क्वाटरफाईनलको दोस्रो खेल खुल्लामञ्चमा बागमती प्रदेश र सुदुरपश्चिम प्रदेशविच भईरहेको छ । दिउँस १ बजे आर्मी र नेपाल पुलिस र ३ बजे गण्डकी प्रदेश र प्रदेश १ सेमिफाईनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने छन् । सेमिफाईनल कात्तिक १ गते मंगलबार हुने छ । कात्तिक २ गतेसम्म संचालन हुने प्रतियोगितामा सात प्रदेशसहित नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरी सहभागिता रहेको छ ।

 

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l