नवौं राष्ट्रिय : महिला भलिबलमा पुलिसको रोमान्चक जित

  • ३१ आश्विन २०७९, सोमबार
  • 623 पटक पढिएको

 

म्याग्दी, ३१ असोज । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला भलिबलतर्फ विभागीय टोली नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

म्याग्दीको बेनीमा सोमबार भएको क्वाटरफाईनल खेलमा अर्को विभागिय टोली त्रिभुवन आर्मीलाई ३–२ को सेटमा पराजित गर्दै पुलिस सेमिफाइनलमा प्रवेश गरेको हो ।

पुलिसले आर्मी माथी पहिलो सेट २५–१६ र दोस्रो सेट २५–२० ले जितेको थियो । तेस्रो र चौथो सेट भने आर्मी जितेको थियो । आर्मीले क्रमशः २५–२३ र २५–१४ मा दुई सेट जितेको थियो । पाँचौ तथा निर्णायक सेट पुलिसले १५–१३ ले जितेको हो