राष्ट्रिय महिला भलिवलमा बागमती प्रदेश सेमिफाइनलमा प्रवेश ( भिडियो सहित)

  • ३१ आश्विन २०७९, सोमबार
  • 535 पटक पढिएको

बेनी, ३१ असोज : म्याग्दीको बेनीमा जारी नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत राष्ट्रिय महिला भलिबल प्रतियोगितामा बागमती प्रदेश सेमिफाइनलमा प्रवेश गरेको छ । आज सुदुरपश्चिम प्रदेशसंग भएको क्वाटरफाइनल प्रतियोगितामा सोझो तीन सेटमा बिजयी हाँसिल गर्दै बागमती सेमिफाइनलमा प्रवेश गरेको हो ।

सुदुरपश्चिमसंग बागमतीले २५–१२, २५–१५ र २५–२३ को खेलमा नतिजा आफ्नो पक्षमा निकालेको हो । आजै भएको पहिलो क्वाटरफाइनल खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले लुम्बिनी प्रदेशलाई सोझो तीन सेटमा पराजीत गर्दै सेमिफाइनल प्रवेश गरिसकेको छ ।

आजनै सेमिफाइनल प्रवेशका लागि नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब तथा गण्डकी प्रदेश र प्रदेश नम्बर १ बिच प्रतिस्पर्धा हुँदै छ ।