विश्वामित्र बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सहकारीको ११ औं साधारण सभा सम्पन्न

  • ३१ आश्विन २०७९, सोमबार
  • 387 पटक पढिएको

म्याग्दी ३१ असेज । विश्वामित्र बचत तथा ऋण सहकारी संस्था लिमिटेडको साधारण सभा सम्पन्न भएको छ । शनिबार म्याग्दीको बेनीमा सहकारीको ११ औं साधारण सभा सम्पन्न भएको हो ।साधारण सभामा सहकारीका शेयर सदस्यहरुलाई सहकारी शिक्षा प्रदान गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंक लिमिटेडका संचालक रामबहादुर जिसीले सहकारी एन नीति नियमको बारेमा उपस्थित शेयर सदस्यहरुलाई प्रशिक्षण दिनु भएको थियो ।


त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथि जिल्ला सहकारी संघ म्याग्दीका अध्यक्ष प्रेम बहादुर कार्की ९दीपक बिखर्ची०ले जिल्लामा रहेका सहकारीको बर्तमान अवस्था शेयर सदस्यहरुको सहकारी प्रतिको आफ्नो दायित्व र भूमिका बारेमा जानाकारी गराउनुभएको थियो । कार्कीले सहकारीले ऋण प्रबाहगर्दा उद्दमशिलतालाइ बढी प्राथमिकता दिनुपर्ने बताउनुभयो । शेयर सदश्यहरुको प्रतिनिधित्व गर्दै गीता बरुवालले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।


कार्यक्रममा अध्यक्ष याम बहादुर बानियाले आर्थिक वर्ष २०७८र७९को प्रतिबेदन, सचिव भिम बहादुर खत्रीले वार्षिक प्रगती प्रतिबेदन र कोषाध्यक्ष गीता बोगटीले आर्थिक प्रतिबेदन, प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा उत्कृष्ट बचतकर्ता यु कुमारी बानिया, उत्कृष्ट कर्मचारी अन्जना खत्री र उत्कृष्ट कारोबार कर्ताहरु ठाकुर प्रसाद अधिकारी, शर्मिला जोशी श्रेष्ठ, रेशम बहादुर थापा, रिता जिसी खत्री, हिरा बानिया, सिया हमाल, प्रसन्न भण्डारी, आयुष बानियालाइ सम्मान गरिएको छ ।

कार्यक्रम संस्थाका अध्यक्ष याम बहादुर बानियाको अध्यक्षता, उपाध्यक्ष भोज बहादुर रिजालको स्वागत र सचिव भिमबहादुर खत्रीले गर्नु भएको थियो । विसं २०६८ सालमा स्थापना भएको विश्वामित्र ऋण तथा बचत सहकारी संस्थामा हाल ६३९ शेयर सदस्य रहेका छन । संस्थाको शेयर पुजी ३५ करोड २७ लाख ४ हजार ४ सय र कर्जा लगानी २२ करोड ९० लाख १९ हजार ६६० रहेको छ ।