म्याग्दी समाचार

एमालेबाट रत्नेचौरको वडा अध्यक्षको उम्मेदवारमा टेक बहादुर थापा मगर

म्याग्दी १९ चैत । नेकपा एमालेले बेनी नगरपालिका १ रत्नेचौरमा टेक बहादुर थापा मगरलाई वडा अध्यक्षको उम्मेदवार बनाएको छ । शनिबार आयोजित वडा कमिटीको बैठकबाट वडा कमिटिका अध्यक्ष समेत रहुनुभएका थापा मगरलाई सर्बसम्मत रुपमा अध्यक्षको उम्मेदवार चयन गरिएको हो । थापा बेनपा १ रत्नेचौर उपल्लाचौर निबासी हुनुहुन्छ । वडा सचिवको... पुरा पढ्नुहोस

चिमखोले डोको बुन्दै (तस्वीर)

बेनी, १९ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलाको पात्लेखेतमा चोयाँको डोको बुन्दै स्थानीय । चिमखोले डोकोको नामले प्रख्यात यहाँको डोकोलाई शहरी हुँदै प्रवाससम्म उपहारको रुपमा समेत लैजाने चलन रहेको छ । पछिल्लो समय चिमखोलो डोकोको लोकप्रियता बढेको छ भने डोको बुन्ने शिप नयाँ पुस्तामा हस्तान्तरणमा भने समस्या देखिएको छ ।... पुरा पढ्नुहोस

मालिका गाउँपालिका–३ मा माओवादीबाट वडा अध्यक्षमा मोतिप्रसाद बुढा उमेद्वार चयन

बेनी, १८ चैत । नेकपा माओवादी केन्द्रले आगामी बैशाख ३० गते हुने स्थानीय तह चुनावमा म्याग्दीको मालिका गाउँपालिका–३ मा मोतिप्रसाद बुढालाई वडा अध्यक्षको उमेद्वार बनाउने भएको छ । डाडागाउँ स्थित माओवादीको वडा पार्टी कार्यालयमा शुक्रबार बसेको बैठकले बुढालाई वडा अध्यक्षको उमेद्वार बनाउने सर्वसम्मत निर्णय गरेको छ । वडा इञ्चार्ज बलबहादुर... पुरा पढ्नुहोस

ताकमका अशोक खत्रीको खेलकुद देखि राजनीतिक यात्रा  

  ताकम, १८ चैत । म्याग्दीको धवलागिरी गाउँपालिमा खेलाडीको रुपमा पहिचान बनाएका ताकमका ३० वर्षीय अशोक खत्री राजनीतिमा आउनुभएको छ । भलिबल, बास्केटबल खेलसँगै खत्रीले ताकमकोत लगायतका मेलामा छेलो फाल्ने प्रतियोगितामा बिजयी भएर नाम कमाउनु भएको छ । ताकमको धवलागिरी जनयुवा क्लवका सल्लाहकार खत्री करिब एक दशक सम्म भलिबल र... पुरा पढ्नुहोस

शान्ति समाजको हिमालय बचाउ, नदी जोगाउँ अभियान

  बेनी, १८ चैत । मानवअधिकार तथा शान्ति समाजले ‘हिमालय बचाउँ, नदी जोगाउ’ अभियान सञ्चालन गरेको छ । गोरखाबाट बिहिबार शुरु भएको अभियान अन्तरगत शुक्रबार म्याग्दीको बेनी, बागलुङ र पर्वतको कुश्मामा सन्देशमुलक ¥याली र कोणसभा भएएको छ । ‘गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा ः सबैको अधिकार’ भन्ने मुल नाराका... पुरा पढ्नुहोस

रिटार्यड जिवन राजनीति मार्फत जनताको सेवामा सपर्मण गर्न चाहन्छु : नरबहादुर भण्डारी

म्याग्दी १८ चैत । रघुगंगा गाउँपालिका–२ देउपूर्णका नरबहादुर भण्डारी रिटायर्ड जिवनलाई समाजसेवामा खर्चिरहनुभएको छ । भारतीय सैनिकबाट अवकास लिएपछि नेपालमा दिगो शान्ति स्थापनाको लागि तत्कालिन समयमा स्थापना भएको संयुक्त राष्ट्रसंघीय मिसन (अनमिन)मा समेत खटिनुभएका भण्डारी त्यहिँबाटै माओवादी आन्दोलनको संघर्षबाट प्रभावित भएर पार्टीसंग जोडिनुभएको थियो । जागिर छाडेर गाउँ फर्किएपछि नै... पुरा पढ्नुहोस

आहा ! सिवाङ्ग गाउँ ( तस्वीरमा)

बेनी, १८ चैत । म्याग्दीको धवलागिरि गाउँपालिका–७ मा अवस्थित सिवाङ्ग गाउँ । सडक सञ्जाल, टिन र ढुंगाले छाएका घरहरुसंग देखिने ग्रामिण भू–बनोट लोभलाग्दो छ । यहाँ कक्षा १२ सम्मको पठनपाठन हुने हेम माध्यमिक विद्यालयमा नमुना आवसीय विद्यालय सञ्चालनमा छ । धवलागिरि गाउँपालिकाको केन्द्र मुना जाने सडक सञ्जाल यसै गाउँ हुँदै... पुरा पढ्नुहोस

विपन्न परिवारलाई जस्तापाता वितरण ( तस्वीर )

बेनी, १८ चैत । म्याग्दीको रघुगंगा गाउँपालिकामा पालिका अध्यक्षसंग सुकुम्बासी व्यवस्थापन कार्यक्रम अन्तरगत विपन्न परिवारलाई जस्तापाता वितरण गर्दै गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारी लगायत । गाउँपालिकाभित्रका अति विपन्न १७ घरधुरीलाई घर छाउनका लागि जस्तापाता वितरण गरिएको छ । तस्वीर : कमल खत्री पुरा पढ्नुहोस

मौवाफाँटमा समाजसेवा युवा क्लबको खेलमैदान निर्माण सुरु

म्याग्दी १८ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा समाजसेवा युवा क्लबको खेलमैदान निर्माण सुरु भएको छ । गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रालयबाट विनियोजन भएको रु २० लाख बजेटबाट खेलमैदान निर्माण सुरु गरिएको हो । https://www.youtube.com/watch?v=2N8XHRkNYkA गाउँपालिकाको केन्द्रमा व्यवस्थित खेलमैदान नभएको अवस्थामा मन्त्रालयबाट बजेट प्राप्त भएपछि खेलमैदान निर्माण कार्य सुरु... पुरा पढ्नुहोस

बेनी–जोमसोम सडकमा ‘टाइमकार्ड’ हट्यो

म्याग्दी १८ चैत । जिल्लाको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा लागू गरिएको यातायात सञ्चालनको समय तालिका (टाइमकार्ड) हटाइएको छ । बेनीदेखि मुस्ताङको लेतेसम्म विभिन्न ठाउँमा गत माघ १० गतेदेखि दैनिक छ घण्टा सवारी साधन आवतजावत रोकेर सडक स्तरोन्नतिको काम गरिँदै आएको थियो । बेनी–जोमसोम–कोरला सडक आयोजनाका... पुरा पढ्नुहोस