अनेरास्ववियू म्याग्दीको अध्यक्षमा मिलन खत्री

  • १२ माघ २०७९, बिहीबार
  • 389 पटक पढिएको

 

बेनी, १२ माघ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्याथी युनियन म्याग्दीको अध्यक्षमा मिलन खत्री चयन भएका छन् । अनेरास्ववियू म्याग्दीको विहिबार बेनीस्थित जिल्ला समन्वय समितिको सभाहलमा भएको २० औँ जिल्ला अधिवेशनबाट खत्री अध्यक्षतामा २७ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो ।


कमिटिको उपाध्यक्षमा सुनिता बेल्बासे, सचिवमा खुमबहादुर किसान, उपसचिवमा उदयबहादुर दर्जी र कोषाध्यक्षमा सागर शर्मा रहेका छन् । जिल्ला अधिवेशनमा अनेरास्ववियूको केन्द्रिय उपमहासचिव नरेश रोकाया, गण्डकी प्रदेश कमीटी अध्यक्ष प्रकाश पौडेल लगायतका नेता तथा पाटीका जिल्लाका नेताहरुको उपस्थित रहेको थियो ।