तोरीपानीमा पहिरोसंगै आएको बाढीले धानफाँट र मकैबालीमा क्षती

  • २७ श्रावण २०८०, शनिबार
  • 263 पटक पढिएको

 

म्याग्दी, २७ साउन । बेनी नगरपालिका, ९ तोरीपानीको अल्वाङमा वनबाट आएको पहिरोलेले धान तथा मकै बालीमा क्षति पुर्‍याएको छ । पहिरोसंगै थप आएको बाढीले बस्तीलाई असर गर्ने सम्भावना बढी छ।

स्थानीय बावुराम चोखालका अनुसार तोरीपानी र ओखलेवीचको धानखेतदेखि माथि जंगलबाट पहिरो झरेको हो । पहिरोसंगै आएको बाढीले अल्वाङ फाँटमा दर्जनबढी ब्यक्तिको धान खेत तथा मकैबारी पुरेको छ ।


बर्षात भईरहेकोले क्षति न्यूनिकरण गर्नका लागि स्काभेटर प्रयोग गरेर बाढीलाई पुरानो खोल्सामा फाल्ने काम गरिएको वडाअध्यक्ष चक्र केसीले बताउनुभयो ।

उहाँले थप बाढी आएमा बस्तीलाई समेत असर गर्ने देखिएको बताउनुभयो । बाढीको जोखिममा रहेका घरहरुमा बस्नेलाई सुरक्षित स्थानमा बस्नका लागि आग्रह गरिएको छ । तस्विर: बावुराम चोखाल ।