म्याग्दी समाचार

किवी खेती (तस्बिर)

म्याग्दी १४ कात्तिक । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीका लालबहादुर पुनले गरेको व्यावसायिक किवी खेती । म्याग्दीमा पछिल्लो समय व्यावसायिक किवी खेतीतर्फ आकर्षण बढेको छ । तस्बिर : रासस पुरा पढ्नुहोस

रघुगंगा गाउँपालिका–३ मा बाम लोकतान्त्रिक गठबन्धनको घरदैलो (तस्बिर सहित)

म्याग्दी १४ कात्तिक । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धन गरेका नेपाली काँग्रेस र नेकपा माओवादीका साझा उम्मेदवारहरुले रघुगंगा गाउँपालिका–३ नम्बर वडाका विभिन्न बस्तीहरुमा सोमबार घरदैलो गरेका छन् । गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नेपाली काँग्रेसका खमबहादुर गर्वुजा (खमविर) र प्रदेश सभा सदस्य... पुरा पढ्नुहोस

एमाले म्याग्दीको मंगलामा घरदैलो तथा मतदाता भेटघाट

  म्याग्दी, १४ कात्तिक । नेकपा एमाले म्याग्दीले मंगला गाउँपालिकाको विभिन्न टोल र वस्तीमा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न भएको छ । आसन्न मंसिर ४ गतेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी एमाले उम्मेदवारसहित टोल भेलाको साथमा घरदैलो र मतदाता भेटघाट गरिएको हो । घरदैलो तथा... पुरा पढ्नुहोस

एमाले म्याग्दीका दुई उम्मेदवारलाई आयोगले सोध्यो स्पष्टीकरण

म्याग्दी, १४ कात्तिक । निर्वाचन आयोगले म्याग्दी जिल्लाबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका नेकपा एमालेका हरीकृष्ण श्रेष्ठ र प्रदेश ख का उम्मेदवार याम गर्वुजालाई स्पष्टीकरण सोधेको छ । आचार संहिता उल्लङ्घन गर्ने एमाले म्याग्दीका दुई उम्मेदवारलाई २४ घण्टाभित्र आफैँ वा आफ्नो प्रतिनिधिमार्फत निर्वाचन आयोगमा वा जिल्ला निर्वाचन कार्यालय म्याग्दीमा जवाफ... पुरा पढ्नुहोस

‘गठबन्धनका उम्मेदवारमा जितको आधार बढ्दै गएको छ’ – टंकप्रसाद पुन, संयोजक, प्रदेशसभा क्षेत्र (ख), म्याग्दी

म्याग्दी जिल्लामा सत्ता गठबन्धनबाट प्रतिनिधिसभामा नेपाली कांग्रेस र प्रदेशसभाको दुई वटै क्षेत्रमा नेकपा माओवादीका उम्मेदवार छन् । नेकपा एमाले र गठबन्धनका उमेद्वार आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा मुख्य प्रतिस्पर्धीको रुपमा देखिएका छन् । जिल्लामा राप्रपा, मंगोल नेशनल मंगोल अर्गनाइजेशन र स्वतन्त्र पार्टी लगायत दल... पुरा पढ्नुहोस

एमालेद्वारा मतदाता भेटघाटमा तिव्रता

म्याग्दी, १३ कात्तिक । आगामी मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरि नेकपा एमाले म्याग्दीले घरदैलो गरि मतदाता भेटघाटलाई तिव्रता दिएको छ । आइतवार उम्मेदवारहरु सहितको टोलीले जिल्लाको मालिका, अन्नपूर्ण र धवलागिरी गाउँपालिकाको विभिन्न ठाउँहरुमा घरदैलो गरि मतदाता भेटघाट गरेको छ । नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभा... पुरा पढ्नुहोस

जनताको घरदैलोमा गठवन्धनका उम्मेदवार

म्याग्दी, १३ कात्तिक । सत्ता गठवन्धनले आफ्ना उम्मेदवारलाई जिताउन चुनावी प्रचारलाई तिब्र बनाएका छन्। जिल्लाका सबै स्थानीय तहका गाउँ बस्तीमा पुग्ने र मतदातासँग समस्या र आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्ने उम्मेदवारले प्रतिबद्धता जनाएका छन् । आइतबार गठबन्धनका उम्मेदवार नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजाले म्याग्देली जनतालाई परिणाम देखिने गरी पाँचबर्षसम्म... पुरा पढ्नुहोस

गठवन्धनका उम्मेदवार जिताउन कांग्रेस र माओवादीको मौवाफाँटमा सयुक्त भेला

म्याग्दी, १३ कात्तिक । गठवन्धका उम्मेदवारलाई जिताउन रघुगंगा गाउँपालिका–३ राखु मौवाफाँटमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले वडास्तरको सयुक्त भेला सम्पन्न गरेको छ। आगामी मंसिर–४ मा हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा गठवन्धनका उम्मेदवारहरुलाई जिताउन आईतबार मौवाफाँटमा वडास्तरका नेता तथा कार्यकताको सयुक्त भेला गरिएको हो । नेपाली कांग्रेसका जिल्ला सभापति... पुरा पढ्नुहोस

म्याग्दीको मालिका –३ मा एमालेले मतदाता प्रभावित बनाउन चामल बाँड्यो

बेनी १३ कात्तिक । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधी र प्रदेशसभा सदस्य निर्वाचनमा मतदातालाई प्रभावित बनाउन म्याग्दीमा एमालेले चामल वितरण गरेको भेटिएको छ । मालिका गाउँपालिका–३ रुमको इग्रे, लामखोरीया र श्यामगरामा चामल वितरण गरेको भेटिएको हो । नेकपा एमालेको प्रदेशसभा क्षेत्र (ख) चुनाव परिचालक समितिका संयोजक खरमाया बिटालुले... पुरा पढ्नुहोस

सररर पानी घट्टमा ……….(फोटो फिचर)

बेनी, १२ कात्तिक : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको बेशी गाउँमा पानी घट्टमा मकै पिस्दै स्थानीय युवती। यहाँ अझै पनि कुटानी पिसानीमा पानीघट्टको प्रचलन कायम छ । विद्युतिय मिलमा पिसेको भन्दा पानी घट्टमा पिसानी गरेको अन्न स्वादिलो हुने स्थानीयबासी बताउँछन् । तस्बिर : कमल खत्री पुरा पढ्नुहोस