मोनाको पाँचौँ महाधिवेशन बेनीमा सुरु (फोटो फिचर)
- २६ आश्विन २०८०, शुक्रबार
- 289 पटक पढिएको
बेनी, २६ असोज ः म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यकारी समितिको पाँचौ महाधिवेशन बेनीमा सुरु भएको छ । बेनीको खुल्लामञ्चमा आयोजना भएको सम्मेलनको उद्घाटन समारोह अघि बेनी बजारमा विभिन्न जातजाति, समुदाय र संघ संस्थाको पहिचान झल्कने झाँकी सहितको ¥याली निकालिएको छ ।
दुई बर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन हुने महाधिवेशनमा विभिन्न मुलुकमा रहेका म्याग्दी प्रवासी नेपाली संघको राष्ट्रिय कार्यकारी समितिबाट प्रतिनिधिहरु सहभागी छन् । आगामी नेतृत्वका लागि बरिष्ठ उपाध्यक्ष ददिवल खड्का र सल्लाकार मिम पुर्जाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
प्रवासमा रहेका म्याग्देलीहरुलाई एकताबद्ध गर्दै भैपरि आउने समस्यामा सहजीकरण गर्ने, जिल्लाको सामाजिक क्षेत्रमा सहयोगका साथै प्रवासमा आर्जन गरिएको सीप र पुँजीलाई लगानीको रुपमा भित्र्याउन भूमिका खेल्ने उदेश्यले मोनाको गठन गरिएको थियो ।
अधिवेशनकै अवसरमा बेनीमा प्रथम मोना कप पालिका स्तरीय पुरुष र महिलाको भलिबल प्रतियोगिता सम्पन्न भएको छ भने बेनी देखि लभ्लिहिल सम्मको मिनी म्याराथुन दौड प्रतियोगिता समेत आज सम्पन्न भएको छ ।