मुलुक

शिक्षा मन्त्रालयद्वारा माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय

काठमाण्डौ २६ पुस । शिक्षा मन्त्रालयले कोभिड– १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसीसी)को सिफारिस कार्यान्वयनमा पठाउने निर्णय गरेको छ। सिसिएमसिसीको सिफारिसअनुसार माघ १५ गतेसम्मका लागि मन्त्रालयले देशभरका विद्यालय बन्द गराउने निर्णय गरेको छ। विद्यालय बन्द गराउने र मोडालिटी तयार पार्ने विषयमा मन्त्रालयमा सोमबार बैठक बसेको थियो। सिसिएमसिसीले गरेको सिफारिस कार्यान्वयनमा... पुरा पढ्नुहोस

दुर्गम बस्तीका कथा :‘लघुजलविद्युत बगाउँदा गाउँ अन्धकार,पहिरोले उठीबासको त्रास’ (तस्वीर र भिडियाे)

कमल खत्री बेनी, २६ पुस । धवलागिरि गाउँपालिका–२ लुलाङ । भौगोलिक रुपमा विकट । विकासका हिसाबले पिछडिएको छ भने प्राकृतिक प्रकोपले स्थानीयबासीलाइ आक्रान्त पारेको छ । सडकको सहज पहुँच पुग्न नसकेको यस वडाको लमसुङ र खोरियामा पहिरोको जोखिम बढेको छ । गाउँ नै पहिरोको जोखिममा छ भने गत भदौ २०... पुरा पढ्नुहोस

नेकपा एमाले बाग्लुङको अध्यक्षमा हिरा केसी

बाग्लुङ, २६ पुस । एमाले बाग्लुङको अध्यक्षमा हिराबहादुर केसी निर्वाचित भएका छन् । कार्यवाहक अध्यक्षसमेत रहेका प्रतिस्पर्धी कृष्ण पाठकलाई पराजित गर्दै केसी अध्यक्षमा निर्वाचित भएका हुन् । केसीले तीन सय २९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी कृष्ण पाठकले दुई सय २८ मत पाएका छन । अर्का प्रतिस्पर्धी मेहरसिंह पाइजाले... पुरा पढ्नुहोस

रिठेडाँडालाई चिनाउन हातेमालो

बागलुङ, २६ पुस। एउटा समय थियो, जैमिनीको रिठेडाँडामा नागपञ्चमी, बडा दसैँ, चैत्राष्टमीलगायत पर्वका मौकामा मेला चल्थे । मानिस रिठेडाँडामा भेला हुन्थे, मेला भर्थे । त्यहाँको भवगती मन्दिरमा विशेष पूजाआजा हुन्थ्यो । समय सालमा आएर सुरक्षा जोखिमका कारण रिठेडाँडामा मेला लाग्न छाड्यो । रिठेडाँडाको रौनक पनि विस्तारै हराउँदै गयो । नयाँ... पुरा पढ्नुहोस

नारायणहिटीभित्र बनाइएको संरचना भत्काइयो

काठमाण्डाै २३ पुस । नारायणहिटी दरबार क्षेत्रमा बनाइएको क्याफेको संरचना भत्काउन सुरु गरिएको छ । सङ्ग्रहालयभित्र रेष्टुरेन्ट सञ्चालन गर्न भन्दै बतास समूहले बनाएका भौतिक संरचना हटाउन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले तीन दिनको समय दिएका थिए । शुक्रबार नै सो भौतिक संरचना भत्काउन सुरु गरिएको हो ।... पुरा पढ्नुहोस

बेनीमा एमाले म्याग्दीको नवौं जिल्ला अधिवेशनको उद्घाटन

  म्याग्दी, २३ पुस । बेनीमा नेकपा एमाले म्याग्दीको नवौं जिल्ला अधिवेशन सुरु भएको छ। नयाँ नेतृत्व चयनका लागि बेनीस्थित जिसस सभाहलमा सुरु भएको अधिवेशनको उद्घाटन सत्रमा बोल्ने नेताहरुले सहमतीमा पाटी नेतृत्व चयन गर्नुपर्ने धारणा ब्यक्त गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा नेकपा एमाले केन्द्रिय स्थायी कमिटी सदस्य थममाया थापाले नवौं... पुरा पढ्नुहोस

एमाले म्याग्दीको नवौँ अधिवेशनबाट ९० सदस्यीय जिल्ला कमिटी बन्ने

  म्याग्दी २२ पुस । नेकपा (एमाले) म्याग्दीको नवौं अधिवेशनको तयारी पुरा भएको छ। पुस २३ र २४ गते सदरमुकाम बेनीस्थित जिल्ला समन्वय समितिको सभाहलमा हुने अधिवेशनको तयारी पुरा भएको र सहभागि हुने प्रतिनिधि टुंगिएको विहिबार पत्रकार सम्मेलन गरी सचिवालयले जानकारी दिएको छ ।   एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले... पुरा पढ्नुहोस

पत्रकार आचारसंहिता सम्वन्धी अन्तरक्रिया सम्पन्न

म्याग्दी, २१ पुस । प्रेस काउन्सिल नेपालको आयोजनामा पत्रकार आचारसंहिता जागरण कार्यक्तम सम्वन्धी अन्तरक्रिया सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको समन्वयमा बेनीमा पत्रकार र प्रेस काउन्सिलविच अन्तरक्रिया भएको हो । प्रेस काउिन्सल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले राज्यको कुनै पनि निकायमा दर्ता विना मिडिया संचालन गर्न नपाउने बताउदै... पुरा पढ्नुहोस

मङ्गलाघाटमा निर्माणाधीन घरबाट खसेर मृत्यु

म्याग्दी १९ पुस । म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा निर्माणाधीन घरबाट खसेर आज एकजनाको मृत्यु भएको छ । तीनतला माथिबाट खसेर सख्त घाइते भएका अन्नपूर्ण गाउँपालिका–७ हिस्तानका अन्दाजी ३२/३३ वर्षीय कृष्ण पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बेनी अस्पताल पु¥याउँदा चिकित्सकले पुनलाई मृत... पुरा पढ्नुहोस

प्रचण्ड माओवादी अध्यक्षमा निर्विरोध निर्वाचित

काठमाण्डाै १९ पुस । नेकपा (माओवादी केन्द्र)को अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्विरोध निर्वाचित हुनुभएको छ । ललितपुरको सानेपा हाइटस्थित हेरिटेज गार्डेनमा आज अपराह्न बसेको केन्द्रीय समितिको पहिलो बैठकबाट प्रचण्ड अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको केन्द्रीय सदस्य हिमाल शर्माले जानकारी दिनुभयो । [caption id="attachment_56827" align="alignnone" width="640"] ???????, ?? ??? ? ????? ?????????... पुरा पढ्नुहोस