मुलुक

अविश्वासको प्रस्ताव पेश भएको अवस्थामा गण्डकी प्रदेशमा नियुक्ति हुन सुरु

गण्डकी प्रदेश सरकारलाई प्रतिपक्ष दलहरूले अविश्वासको प्रस्ताव पेश गरेका बेला प्रदेश सरकारले हतार–हतारमा नियुक्ति गर्न सुरु गरेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङविरुद्ध कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीले संयुक्त रूपमा अविश्वासको प्रस्ताव पेश गरेको चार दिनमै प्रदेश सरकारले हतार हतारमा गण्डकी प्रदेश खेलकुद परिषद् र जिल्ला... पुरा पढ्नुहोस

कोरोना कहरः पूर्वनिर्धारित सबै परीक्षा स्थगित गर्ने सरकारको निर्णय

काठमाण्डौ १३ वैशाख । सरकारले पूर्वनिर्धारित सबै तहका परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । आइतबार सिंहदरबारमा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले सबै तहका पूर्वनिर्धारित परीक्षा स्थगित गर्ने निर्णय गरेको सीसीएमसी सचिवालयका संयोजक तथा सचिव खगराज बरालले जानकारी दिए । उनका अनुसार यो सिफारिस नभएर सोमबारदेखि नै... पुरा पढ्नुहोस

पुननिर्माण भएको धरहरा प्रधानमन्त्रीद्धारा उद्घाटन

काठमाण्डौ ११ वैशाख । २०७२ को विनाशकारी भूकम्पले क्षतिग्रस्त बनेको धरहरा पुनर्निर्माण भएको छ । भूकम्प गएको दिन वैशाख १२ को अघिल्लो दिन पारेर शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको उद्घाटन गरेका छन् । धरहराको उद्घाटन गर्दै प्रम ओलीले इतिहास झल्कने, आधुनिकता टल्कने गरी धरहरा पुनर्निर्माण भएको बताए । भूकम्पले... पुरा पढ्नुहोस

नेदरल्याण्ड्सलाई हराउँदै नेपालले उचाल्यो त्रिकोणात्मक सिरिजको उपाधि

काठमाडौं ११ वैशाख । नेपालले नेदरल्याण्ड्सलाई १४२ रनले पराजित गर्दै त्रिकोणात्मक टी–२० सिरिजको उपाधि जितेको छ । कुशल मल्लसँगै कुशल मल्ल र उपकप्तान दिपेन्द्र सिंह ऐरीको शानदार ब्याटिङ मद्दतमा नेपालले २३८ रनको कीर्तिमानी स्कोर खडा गरेको गरेको थियो । जवाफमा नेदरल्याण्ड्सले १७.२ ओभरमा सबै विकेट गुमाएर ९६ रन मात्र बनाउन... पुरा पढ्नुहोस

१५ औँ लोकतन्त्र दिवस मनाइदै, जनआन्दोलनले जितेको दिन

म्याग्दी ११ वैशाख । लोकतन्त्र स्थापना भएको दिनको सम्झनामा आज १५औँ लोकतन्त्र दिवस मनाइँदैछ । विसं २०६३ वैशाख ११ गते अर्थात् आजैका दिन राजाबाट खोसिएको अधिकार जनआन्दोलनको शक्तिबाट फिर्ता गराएर मुलुकमा लोकतन्त्रको पुर्नबहाली गराईएको थियो ।तत्कालीन सात राजनीतिक दल र विद्रोही नेकपा(माओवादी)को संयुक्त आह्वानमा राजतन्त्रको अन्त्य गराउन उक्त दिनको महत्वपूर्ण... पुरा पढ्नुहोस

जनमोर्चाले गण्डकी र लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लियो

काठमाण्डौ ११ वैशाख । राष्ट्रिय जनमोर्चाले गण्डकी र लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । शुक्रबार बसेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले सो निर्णय गरेको शनिबार अध्यक्ष चित्रबहादुर केसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बैठकले ती सरकारहरूका विरुद्ध आएका अविश्वासको प्रस्तावलाई समर्थन गर्ने निर्णय पनि गरेको छ ।... पुरा पढ्नुहोस

प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्यको घोषणा

काठमाण्डौ ६ वैशाख । प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्यको घोषणा गरिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकबाट सरकारले अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ले सोमबार नै संविधानको धारा ९३ को उपधारा २ बमोजिम अधिवेशन अन्त्यको घोषणा गर्नुभएको हो । राष्ट्रपतिले सभामुख अग्नि प्रसाद सापकोटालाई... पुरा पढ्नुहोस

शहरी क्षेत्रका विद्यालय बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाण्डौ ६ वैशाख । कोरोना भाइरसको दोस्रो लहरको संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिस अनुसार शहरी क्षेत्रका विद्यालयमा भर्चुअल कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले... पुरा पढ्नुहोस

सदरमुकामकै योजना अधकल्चो

म्याग्दी, ५ बैशाख । विकास निर्माण योजनाहरुमा दुर्गम र ग्रामिणबस्तीमा सरोकारवालाहरुको ध्यान नपुगेको गुनासो बढी रहेको बेला म्याग्दी सदरमुकाम बेनीमै महत्वको एक आयोजना अधकल्चो बनेको छ । हाईप्रोफाईल निर्माण ब्यवसायीले जिम्मा लिएको आयोजनामा चरम ढिलासुस्तीले अलपत्र परेपछि स्थानीयनै आन्दोलित बनेका छन् । प्रंसग हो, सदरमुकाम बेनीस्थित निर्माणाधिन मंगलाघाट–हाडेभिर–बगरफाँट सडक आयोजनाको... पुरा पढ्नुहोस

काँग्रेसको नेतृत्वमा नयाँ सरकार बन्छ : संग्रौला

म्याग्दी, ४ बैशाख । नेपाली काँग्रेसकी केन्द्रिय सदस्य एवम् प्रतिनिधि सभाकी सदस्य डा. डिला संग्रौलाले काँग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउने तयारी भएको बताईन । काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजबादी पाटी मिलेर नयाँ सरकार बनाउने तयारी भइरहेको जानकारी दिईन । शनिबार नेपाल प्रेस युनियन म्याग्दीले आयोजना गरेको पत्रकार सम्मेलनमा... पुरा पढ्नुहोस