गण्डकी प्रदेशस्तरीय ठेलो प्रतियोगिता उपाधी पर्वतले जित्यो

  • २० जेष्ठ २०८०, शनिबार
  • धिरन खत्री
  • 339 पटक पढिएको

 

म्याग्दी, २० जेठ । म्याग्दीको सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा भएको गण्डकी प्रदेशस्तरीय परम्परागत खुल्ला ठेलो(छेलो) प्रतियोगिताको उपाधी पर्वतले जितेको छ । गण्डकी प्रदेश खेलकुद परिषदको आयोजनामा भएको गुरगुरे ठेलो प्रतियोगिताको प्रथम, द्वितिय र तृतिय उपाधी पर्वतले जितेको हो ।


म्याग्दीसंगै पर्वत र बागलुङका ११ जना खेलाडी सहभागि भएको ठेलो प्रतियोगितामा पर्वतबाट सहभागि भएका किरन विक प्रथम, राजेन्द्र हमाल द्वितिय, र निशान बोहोरा तृतिय हुनुभएको थियो ।


जिल्ला खेलकुद विकास समिति म्याग्दीको समन्वय भएको प्रतियोगितामा उपाधी विजेता खेलाडीलाई ट्रफी, मेडेल र प्रमाणपत्रसहित क्रमशः नगद रु. २५ हजार, रु. १५ हजार र रु १० हजारले पुरस्कृत गरिएको थियो ।

उपाधी विजेतालाई बेनी नगरपालिकाका मेयर सुरत केसी, प्रदेश खेलकुद परिषद गण्डकी प्रदेशका सदस्य एवम् यस प्रतियोगिता संयोजक योगेन्द्र शेरचन र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी लगायतले विजेतालाई पुरस्कार वितरण गर्नुभएको थियो ।

गुरगुरे ठेलो प्रतियोगितामा प्रथम हुने विकले १४.८, द्वितिय हुने हमालले १३.९७, तृतिय हुने बोहोराले १२.८२ मिटर ठेलो फाल्न सफल हुनुभएको थियो ।

 

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l