ताजा अपडेट

बद्रि पंगेनीको ‘गुन्द्रीमा दरी’ बजारमा (भिडियो सहित)

तिलु शर्मा पौडेल /कतार, १९ पुष । नेपाली सांगीतिक फाँटमा दैनिक दर्जनको हाराहारीमा लोक दोहोरी गीतहरु भिडियो डिजिटल सहित बजारमा आईरहेका छन् । कतिपय भिडियो भने निकै प्रतिक्षित हुने गरेका पनि छन् । तर दुइ दशक देखि लोक गित संगीतको क्षेत्रमा निरन्तर सक्रिय लोक तथा दोहोरि गायक बद्रि पंगेनीको निकै... पुरा पढ्नुहोस

मौवाफाँटमा आधारभुत पत्रकारिता तालिम सुरु

  मौवाफाँट १९ पुष । म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा बिहीबारदेखि आधारभुत पत्रकारिता तालिम सुरु भएको छ ।गाउँपालिकाको आर्थिक, पत्रकार महासंघ म्याग्दी शाखाको प्राबिधिक सहयोग र म्याग्दी मिडिया सोसाइटीको आयोजनामा दुई दिन सञ्चालन हुने तालीममा ८ वटा वडाका २८ जनाको सहभागिता रहेको छ । वडा र बस्ती स्तरमा हुने गतिबिधि,... पुरा पढ्नुहोस

मालिकाका एक हजार जेष्ठ नागरिकलाई परिचयपत्र वितरण

बेनी १८ पुष । म्याग्दीको मालिका गाउँपालिकाले सबै वडामा घुम्ती शिविर सञ्चालन गरेर एक हजार जना भन्दा बढी जेष्ठ नागरिकहरुलाई गाउँमै परिचयपत्र वितरण गरेको छ । सात वटा वडा रहेको मालिकाका सबै वडामा एक हप्तासम्म घुम्ती शिविर सञ्चालन गरेर एक हजार ७५ जना जेष्ठ नागरिकलाई वडा कार्यालयबाटै परिचयपत्र वितरण गरिएको... पुरा पढ्नुहोस

बेनीमा माघेसंक्रान्ति मेला हुने

म्याग्दी, १८ पुस । म्याग्दी सदरमुकाम बेनीमा परम्परागत रुपमा हुँदै आएको माघे संक्रान्ति मेलालाई निरन्तरता दिईने भएको छ । म्याग्दी उद्योग बाणिज्य संघ अन्र्तगत रहेको महिला उद्यम विकास समितिको मुल आयोजनामा पुस ३० र माघ १ गते दुई दिने माघे संक्रान्ति मेला आयोजना हुन लागेको हो । ‘‘उद्योग, व्यापार र... पुरा पढ्नुहोस

गण्डकी प्रदेशस्तरीय भलिबलको उपाधी माउण्ट एभेरष्ट र टप्स पोखरालाई

म्याग्दी, १८ पुष । गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिताको उपाधी छात्रतर्फ माउण्ट एभरेष्ट मावि बेनी र छात्रातर्फ टप्स मावि पोखराले जितेको छ । म्याग्दी बहुमुखी क्याम्पसको २८ औँ अवसरमा स्वतन्त्र विद्यार्थी युनियनको मूल आयोजनामा भएको गण्डकी प्रदेशस्तरीय भलिवल प्रतियोगितामा छात्रतर्फ माउण्ट एभरेष्ट मावि बेनीले धौलागिरि बहुमुखी क्याम्पस बागलुङलाई र छात्रातर्फ टप्स... पुरा पढ्नुहोस

तातोपानीमा लगानी प्रताबसंगै व्यवस्थापन विवाद !

म्याग्दी  १८ पुस ।  प्राकृतिक उपचारका लागि प्रसिद्ध यहाँको तातोपानी कुण्ड व्यवस्थापनको जिम्मा निजी क्षेत्रले लिन प्रस्ताव अघि सारेपछि विवाद सुरु भएको छ ।म्याग्दी प्रवासी नेपाली संघ (मोना) का अध्यक्ष चक्र थापा र पूर्वअध्यक्ष योगेन्द्र केसी समेत गैरआवासीय नेपाली संघ (एनआरएन) आबद्ध सदस्यहरूले तातोपानीको मुहानलाई लिजमा लिएर चलाउने प्रस्ताव अघि सारेका... पुरा पढ्नुहोस

मिस्त्रीखोलाको नाममा चलाईको क्रसरको बदमासी, सर्वत्र बिरोध

नारच्याङ १७ पुष । अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा निर्माणाधिन ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत आयोजनाले सञ्चालन गरेको क्रसर उद्योगको बारेमा स्थानीय स्तरमा बिरोध भएको छ । सरकारले केही वर्षयता नयाँ क्रसर उद्योग खोल्न अनुमती दिएको छैन् । जलविद्युत आयोजनाले भने सञ्चालन अवधि सम्म गिटी बालुवा आपूर्तिका लागि क्रसर सञ्चालन गर्न... पुरा पढ्नुहोस

निर्माण व्यवसायि संघ म्याग्दीको अधिबेशन माघ ५ गते तोकियो

म्याग्दी, १७ पुस ।  निर्माण ब्यवसायी संघ म्याग्दीभित्र देखिएको आन्तरिक विवाद समाधान उन्मुख भएको छ । मंगलवार बेनीमा भएको निर्माण व्यवसायिहरुको भेलाले आगामी माघ ५ गते १० औ अधिवेशन तथा १८ साधारणसभा गर्ने निर्णय गरेको छ । वर्तमान समितिको अबधि सकिएको र नयाँ नेतृत्व चयन हुन नसकेको सन्दर्भमा संघभित्रका व्यवसायिहरु... पुरा पढ्नुहोस

आधारभुत पत्रकारिता तालिम सम्पन्न

बेनी १७ पुष । म्याग्दीकाली सञ्चार सहकारी संस्थाद्धारा सञ्चालित म्याग्दीकाली एफ.एम ८८.२ मेगाहर्जले बेनीमा आयोजना गरेको रेडियो प्रस्तोता, उद्घोषण तथा पत्रकारिता तालिम मंगलबार सम्पन्न भएको छ । सात दिनसम्म सञ्चालन भएको तालिममा ४२ जनाको सहभागिता रहेको थियो । तालिम समापन कार्यक्रममा बेनी नगरपालिकाका उपप्रमुख सञ्जु बरुवालले सिप सिकेर क्षमता विकास... पुरा पढ्नुहोस

ब्यवसायिक च्याउ खेतीबाट रहरलाग्दो आम्दानी

म्याग्दी, १७ पुष । म्याग्दीको मंगला गाउँपालिका–१ भर्जुलाका एक युवाले ब्यवसायिक च्याउ खेती गरेर मनग्य आम्दानी गर्न सफल भएका छन। भर्जुलाका ४१ बर्षका योगेन्द्र जुग्जालीले विगत दुईबर्षदेखि योगेन्द्र जुग्जालीले ब्यवसायिक च्याउसंगै बहुआयामिक तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन् । धान,मकै र कोदोमा सिमित परम्परागत खेतीलाई परिमार्जन गर्दै घरवरिपरिको २८... पुरा पढ्नुहोस