रघुगंगा गाउँपालिकामा मुस्ताङका प्रमुख प्रशासकीय अधिकृतद्धारा अवलोकन

  • ४ माघ २०७५, शुक्रबार
  • 2269 पटक पढिएको

म्याग्दी, ४ माघ । म्याग्दीको रघुगंगा गाउँपालिकामा मुस्ताङका तिन गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृतले अवलोकन भ्रमण गरि अनुभव आदानप्रदान गरेका छन् ।

मुस्ताङका थासाङ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विनोद पौडेल, बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिपक रेग्मी र लोमन्थाङ गाउँपालिका प्रशासकिय अधिकृत सुशिलकुमार अर्यालले अवलोकन गरेका हुन् ।

उनीहरुले रघुगंगाको प्रशासनिक, विकास गतिविधि, कार्यालय ब्यवस्थापन र नीति निर्माणमा कार्यान्वयनको प्रगतिबारे जानकारी लिदै अनुभव आदानप्रदान गरिएको रघुगंगाका गाउँपालिका प्रशासकिय प्रमुख रमेश थापाले जानकारी दिए ।