रघुगंगा नदीको कटानबाट गलेश्वर बजारलाई संरक्षणको लागि बजेट माग

  • १५ चैत्र २०७५, शुक्रबार
  • धिरन खत्री
  • 2106 पटक पढिएको


म्याग्दी, १५ चैत । रघुगंगा नदीको कटानबाट उच्च जोखिमा परेको गलेश्वर बजारलाई संरक्षणका लागि बजेट माग गरिएको छ । बेनी नगरपालिका– ९ स्थित रहेको गलेश्वर बजारलाई गत भदौ अन्तिम साता रघुगंगा नदीमा आएको भिषण बाढीले कटान गर्दा बस्तीलाई नै उच्च जोखिममा पारेको थियो ।
नदी कटानबाट बस्ती जोखिमा परेपनि सरकारी तवरबाट बजेट ब्यवस्थापन नभएपछि गलेश्वरबासीले नदी नियन्त्रण तथा तटबन्धन गर्नका लागि बजेट माग गरेका हुन् । गलेश्वर बजार टोल विकास समितिको अगुवाईमा भएको गलेश्वरबासीको बृहत भेलाले तत्काल बस्ती संरक्षणका लागि नदी नियन्त्रण गर्नका लागि आवश्यक बजेट ब्यवस्थापन गर्न रुपाताल संरक्षण एकीकृत विकास परियोजनालाई माग गरि पत्र बुझाईएको समितिका अध्यक्ष तेजेन्द्र बानियाँले जानकारी दिए ।


बर्षायाम नजिकन २ महिना बाकी हुदाँ सरकारी तवरबाट कुनै बजेट तथा संरक्षण काम सुरु नभएको र तत्काल उच्च जोखिममा परेको घरहरुलाई जोगाउन विकास परियोजनालाई बजेट माग गरिएको अध्यक्ष बानियाले बताए ।नदीले कटानले बजार उच्च जोखिममा रहेकोले तत्काल संरक्षणका लागि सम्वन्धित निकायहरुमा समन्वय गरेको वडा अध्यक्ष बेलबहादुर चोखालले जानकारी दिए । बजारलाई निश्चित समयमा संरक्षण गर्न सकिएन भने निकट भविष्यमा ठुलो क्षती हुने सम्भावना रहेकोले नदीमा तटबन्धन तथा नदी नियन्त्रण गर्नका बजारबासीको भेलाले तत्काल संरक्षणका लागि जिल्लाका सरकारवालाई ध्यानार्कषण गराएको अध्यक्ष बानियाँले बताए ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l