ताजा अपडेट

राहुघाट जलविद्युतको विद्युत खरीद विक्रि सम्झौता

कमल खत्री म्याग्दी, १८  चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मा निर्माणधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युत शक्ति विक्रिको लागि विद्युत खरिद विक्रि सम्झौता भएको छ । नेपाल विद्युत प्राधिकरण र आयोजना प्रवद्र्धक कम्पनी रघुगंगा हाइड्रोपावर लिमिटेडबिच सोमबार विद्युत खरिद विक्रि सम्झौता भएको हो । नेपाल विद्युत्... पुरा पढ्नुहोस

दरवाङ–म्याग्दीखोलामा एकै दिन तीन करोड बढी संस्थापक सेयर

बेनी १८ चैत । म्याग्दीको मालिका गाउँपालिकामा निर्माण हुन लागेको २५ मेगावाट क्षमताको दरवाङ–म्याग्दीखोला जलविद्युत आयोजनामा स्थानीयबाट एकै दिन तीन करोड रुपैयाँ भन्दा बढी सेयर रकम संकलन भएको छ । धौलागिरि कालिका हाइड्रो लिमिटेडले सोमबार बेनीको बिरेन्द्र चोकमा सम्र्पक कार्यालय स्थापना गरेकै दिन तीन करोड दश लाख रुपैयाँ संस्थापक सेयर... पुरा पढ्नुहोस

म्याग्दीका स्थानीय तहमा नेकपाको एकता यसरी टुंगो लाग्यो

म्याग्दी, १८ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला संयन्त्र म्याग्दीले जिल्लामा रहेका ६ वटै स्थानीय तहमा पार्टीको एकतालाई टुंगो लगाएको छ । सोमबार बसेको जिल्ला संयन्त्रको वैठकले चार स्थानीय तहमा पूर्व एमालेको नेतृत्व र बेनी नगरपालिका सहित दुइ स्थानीय तहमा पूर्व माओवादी केन्द्रले नेतृत्व गर्ने गरी सहमति सहित एकतालाई... पुरा पढ्नुहोस

कालीगण्डकी नदीमा ठेकेदारको मनपरी

धिरन खत्री म्याग्दी, १८ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका १ बेग र २ राख्ुको भुगोल भएर बग्ने कालीगण्डकी नदीमा मापदण्ड र सम्झौता विपरित ठेकेदारले मनपरी ढंगले नदीजन्य बस्तुको उत्खनन् गरेका छन् । रघुगंगा गाउँपालिकाले ठेक्का लगाएको तिप्ल्याङको कालीओढार, भिरकाटे, बेगखोला, ठाडिखोरिया, कुनौटा र रिठाबोट क्षेत्रमा सम्झौतामा उल्लेखित मापदण्ड विपरित उत्खनन्... पुरा पढ्नुहोस

प्रथम रेडियो म्याग्दी पर्यटन महोत्सवले म्याग्दीबासी उत्साहित

म्याग्दी, १८ चैत । यही चैत २१ गते देखी बेनीको खुल्ला मञ्चमा हुन लागेको रेडियो म्याग्दीको ११ औँ बार्षिक उत्सव तथा प्रथम म्याग्दी पर्यटन महोत्सवलाई बेनीमा रहेका उद्योगी, व्यपारी र बेनीबासि स्थानिय सरोकारवलाहरुसंग महोत्सवको तयारीको बिषयमा आईतवार भेला सम्पन्न गरिएको छ।म्याग्दी जिल्लाको बिद्युतिय संचार माध्यममा पहिलो रेडियोले आफ्नो ११ औ... पुरा पढ्नुहोस

बारा र पर्सामा भीषण हावाहुरीको बितण्डाः मृत्यु हुनेको संख्या ३२ पुग्यो, ४ सय बढी घाईते

बारा, १८ चैत । बारा र पर्सामा गयराती आएको भीषण हावाहुरीका कारण मृत्यु हुनेको संख्या ३२ जना पुगेको छ । आइतबार राति आठ बजेतिर एक्कासि आएको आँधी सहितको हावाहुरीबाट बारामा २७ र पर्सामा पाँच जनाको मृत्यु भएको हो प्रहरीले जनाएको छ । हावाहुरीका कारण सबैभन्दा बढी क्षति बाराको फेटा गाउँपालिकामा... पुरा पढ्नुहोस

स्वास्थ्य तथा पोषण गोष्ठि

  बेनी १७ चैत । बेनीमा आइतबारदेखि जिल्ला स्तरीय स्वास्थ्य तथा पोषण सम्बन्धि दुई दिने कार्यशाला गोष्ठि सुरु भएको छ ।मिलन म्याग्दीद्धारा सञ्चालीत बहुक्षेत्रीय पोषण कार्यक्रम (सुआहारा) को आयोजनामा भएको कार्यक्रममा प्रजिअ लीलाधर अधिकारीले लक्षित समुदायसम्म कार्यक्रमको पहुँच पु¥याउन र प्रभावकारीतामा जोड दिएका थिए । जिसस सदस्य शेरबहादुर केसीको अध्यक्षता,... पुरा पढ्नुहोस

तरकारी खेती तालिम सञ्चालन

  बेनी १७ चैत । बेनीमा युवा लक्षित व्यवसायिक तरकारी खेती तालिम सञ्चालन भएको छ ।  कृषि ज्ञान केन्द्रको आयोजनामा फागुन १५ गते सुरु भएको तालिम २० गतेसम्म सञ्चालन हुने जनाइएको छ । तालिममा म्याग्दीको विभिन्न वडाका २४ जना कृषकहरुको सहभागिता रहेको छ । तालिमको कृषि ज्ञान केन्द्रका प्रमुख नरेशचन्द्र... पुरा पढ्नुहोस

हिन्दुराष्ट्र घोषणाका लागि दवाव दिन राप्रपाको हस्ताक्षर संकलन

  बेनी १७ चैत । राप्रपा म्याग्दीले नेपाललाई हिन्दु राष्ट्र घोषणको माग गर्दै बेनीमा हस्ताक्षर संकलन अभियान सुरु गरेको छ ।बेनी नगरपालिका कार्यालय अगाडी आयोजित कार्यक्रममा राप्रपाका केन्द्रीय उपाध्यक्ष भिमप्रसाद गौचनले हस्ताक्षर संकलन कार्यक्रमको सुरुवात गरेका थिए । नेपालको पहिचान हिन्दु धर्म भएकाले सरकारलाइृ हिन्दु राष्ट्र घोषणाका लागि दवाव दिन... पुरा पढ्नुहोस

सहकारी दिवस मनाउन सुरु

बेनी १७ चैत । जिल्ला सहकारी संघ लि. म्याग्दीले विभिन्न कार्यक्रम गरेर ६२ औ राष्ट्रिय सहकारी दिवस मनाउन सुरु गरेको छ ।दिवसको पहिलो दिन बेनीमा सहकारी सम्बन्धी गोष्ठि तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा २२ वटा सहकारी संस्थाका अध्यक्ष र प्रबन्धकहरुको सहभागिता रहेको थियो । कार्यक्रमको राष्ट्रिय सहकारी... पुरा पढ्नुहोस