उपचारका लागि सहयोग

  • २२ चैत्र २०७५, शुक्रबार
  • 1609 पटक पढिएको

 

बेनी २२ चैत । ओमकुमारी शान्ति कोषले धवलागिरी गाउँपालिका ७ धारापानीकी एक महिलाको उपचारका लागि आर्थिक सहयोग गरेको छ । स्तन क्यान्सरबाट थलिएर चितवनमा उपचाररत धारापानीकी ओमकुमारी उपाध्यायको उपचारका लागि परिवारको कमजोर आर्थिक अवस्थाका कारण समस्या भएपछि कोषले दश हजार रुपैयाँ सहयोग गरेको हो ।

बेनीमा बिहीबार मोना हङकङका संस्थापक अध्यक्ष तुल्मराज राम्जाली र कोषका अध्यक्ष राजेश शाक्यले उपाध्यायका आफन्त बालकृष्ण आचार्यलाई सहयोग रकम हस्तान्तरण गरेका थिए । सोही कार्यक्रममा राम्जालीलाई कोषले सम्मान तथा स्वागत गरेको थियो ।