रघुगंगामा नेकपाको सपथ
- ३० बैशाख २०७६, सोमबार
- 1684 पटक पढिएको
बेनी, ३० बैशाख । रघुुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को गाउँपालिका संगठन किमिटीलाई सपथ ग्रहण कार्यक्रम सम्पन्न गरेको छ । नेकपा म्याग्दीका अध्यक्ष गोविन्द पौडेलले संगठन कमिटिका पदाधीकारी र सदस्यहरुलाई सपथ ग्रहण गराएका हुन् ।
सपथ ग्रहणपछि अध्यक्ष पौडेलल जनताको भावना अनुसार गाउँपालिकाको विकास र शुसासनको लागि महत्वपुर्ण भूमिका निर्वाह गर्न सबैलाई आग्रह गरेका थिए । उनले गाउँपालिकामा सकारात्मक रुपमा प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने बताए । प्रदेश कमिटि सदस्य नवराज शर्माले एकताको भावना र मर्म अनुसार संगठनलाई बलियो बनाउदै विकास निर्माणमा कमिटि सक्रिय रहनुपर्ने बताए । कार्यक्तमा जिल्ला कमिटि सदस्य बालकृष्ण सुवेदीले शुभकामना मन्तव्य राखेका थिए । त्यसैगरि सपथ ग्रहणमा जिल्ला कमिटि सदस्य रिम कटुवाल, खिम शाही, इन्द्र मगरको उपस्थित रहेको थियो ।
नेकपा रघुगंगा गाउँपालिका कमिटिका अध्यक्ष दिपक कार्कीको अध्यक्षता र सचिव हरी भण्डारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । नेकपा म्याग्दीले नगर तथा स्थानीय तह र वडा स्तरमा एकता टुङ्गो लगाएर सपथ ग्रहणलाई तिव्रता दिएको छ ।