म्याग्दीमा ‘पुलिस अफ द मन्थ’

  • ३१ बैशाख २०७६, मंगलवार
  • 2015 पटक पढिएको

 

बेनी ३१ बैशाख । जिल्ला प्रहरी कार्यालय म्याग्दीले प्रत्येक महिना एक जना कर्मचारीलाई ‘पुलिस अफ द मन्थ’को रुपमा सम्मान गर्न थालेको छ । हरेक महिना उत्कृष्ट कार्य सम्पादन गर्ने एक जना प्रहरी कर्मचारी छनौट गरेर नगद सहित सम्मान गर्न सुरु गरेको हो । प्रहरी कर्मचारीहरुलाई हौसला तथा प्रोत्साहनका लागि यस्तो कार्यक्रम ल्याएको प्रहरी नायव उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले बताए ।

२०७६ बैशाख महिनाको पुलिस अफ द मन्थको सम्मान बेनीको मंगलाघाट प्रहरी चौकीका हवल्दार अंगजंग थापाले प्राप्त गरेका छन् । मंगलबार प्रहरी कार्यालयमा प्रनाउ मरासीनिले नगद एक जहार रुपैयाँ सहित थापालाई पुलिस अफ द मन्थको प्रमाणपत्र प्रदान गरेका हुन् ।
थापाले गत फागुन २९ गते मंगलाघाट स्थित म्याग्दी नदीमा पौडि खेल्ने क्रममा डुवेका एक किशोरको उद्धार गरेर ज्यान बचाउन सफल भएका थिए । ति किशोरसंगै पौडि खेल्न गएको अन्नपूर्ण गाउँपालिका ८ राम्चेका हेमचन्द्र गर्बुजाको भने डुवेर मृत्यु भएको थियो ।