ताजा अपडेट
मंगलाका कृषकलाई मौरिपालन तालिम
- 6 बर्ष, 8 महिना अगाडि
- १५ जेष्ठ २०७६, बुधबार
तारा बानियाँ मंगला १५ जेठ । म्याग्दीको मंगला गाउँपालिकाका कृषकहरुलाई मौरीपालन तालिम दिईएको छ । मुख्य मन्त्री वातावरण मैत्री नमुना कृषि गाउ कार्यक्रम अन्तरगत सन्चालित मङ्ला नमुना कृषि समुहको आयोजनामा तीन दिने तालिम दिईएको हो । तालिममा मंगला गाउँपालिका–३ सातबिसेका ४३ जना कृषकहरुको सहभागिता रहेको थियो । तालिम समापन कार्यक्रममा... पुरा पढ्नुहोस
म्याग्दी जेसीजको २० औँ स्थापना दिवसमा अन्तरमावि लोकनृत्य प्रतियोगिता बेनीमा
- 6 बर्ष, 8 महिना अगाडि
- १५ जेष्ठ २०७६, बुधबार
म्याग्दी, १५ जेठ । म्याग्दी जेसीजको २० औ स्थापना दिवसको अवसरमा जिल्लास्तरीय १६ औँ अन्तरमावि रनिङ्गकप लोकनृत्य प्रतियोगिता आयोजना गरिएको छ । स्थापना दिवस अवसरमा आयोजना गरिएको लोकनृत्य प्रतियोगितामा १२ विद्यालय सहभागिता जनाएका छन् । १६ औ अन्तरमावि रनिङ्गकप लोकनृत्य प्रतियोगिताको उद्घाटन गर्दै शिक्षा विकास एवम् समन्वय ईकाईका प्रमुख दलबहादुर... पुरा पढ्नुहोस
सहकारी ब्यवस्थापन तालिम बेनीमा सुरु
- 6 बर्ष, 8 महिना अगाडि
- १५ जेष्ठ २०७६, बुधबार
म्याग्दी, १५ जेठ । जिल्लाका सहकारीलाई ब्यवस्थित र भरपर्दो बनाउन बेनीमा छ दिने सहकारी ब्यवस्थापन तालिम सुरु भएको छ । भूमि ब्यवस्थापन कृषि तथा सहकारी ब्यवस्थापन गण्डकी प्रदेशको आयोजना र जिल्ला सहकारी संघ म्याग्दीको समन्वयमा तालिम सुरु गरिएको हो । सो तालिमलाई उद्घाटन गर्दै जिल्ला सहकारी संघ म्याग्दीका अध्यक्ष... पुरा पढ्नुहोस
‘पढाऔं अभियान’ अन्तर्गत विपन्न बालकलाई सहयोग
- 6 बर्ष, 8 महिना अगाडि
- १५ जेष्ठ २०७६, बुधबार
म्याग्दी, १५ जेठ । लायन्स क्लब अफ म्याग्दी दोभानको ‘पढाऔं अभियान’ अन्तर्गत विपन्न बालकलाई आर्थिक सहयोग भएको छ । नेपाल बाल सङ्गठनद्वारा सञ्चालित म्याग्दी बालगृहमा आवासीय सुविधासहित अध्ययन गर्दै आइरहेका ईन्द्रबहादुर भण्डारीलाई आर्थिक सहयोग गरिएको हो । लायन्स क्लब अफ म्याग्दी दोभानले सोमबार एक कार्यक्रमको आयोजना गरेर पढाऔं अभियान... पुरा पढ्नुहोस
ओखरबोटमा नेकपाको पूर्ण बैठक, काँग्रेस गाउँ इकाई सचिब नेकपामा प्रवेश
- 6 बर्ष, 8 महिना अगाडि
- १४ जेष्ठ २०७६, मंगलवार
बेनी १४ जेठ । म्याग्दीको मालिका गाउँपालिका ४ ओखरबोटमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को वडा कमिटिको पूर्ण बैठक मंगलवार सम्पन्न भएको छ । बैठकको अवसरमा नेकपाका जिल्ला कमिटि सदस्य रेशम जुग्जालीले नवगठित वडा कमिटिका पदाधीकारी र सदस्यहरुलाई सपथ ग्रहण गराउनुभएको थियो । सो अवसरमा नेपाली काँग्रेस ओखरबोट गाउँ इकाइ समितिका सचिब... पुरा पढ्नुहोस
जन आवाज विद्यालयमा छात्रवृत्ति र पुरस्कार वितरण
- 6 बर्ष, 8 महिना अगाडि
- १४ जेष्ठ २०७६, मंगलवार
म्याग्दी,१४ जेठ । म्याग्दीको मंगला–१ पुर्णगाउँमा रहेको जन आवाज आधारभुत विद्यालयमा बार्षिक परिक्षा २०७५ को पुरस्कार तथा विविध छात्रावृत्ति वितरण गरिएको छ । कार्यक्रममा गाउँपालिकाको शिक्षा शाखा मार्फत उपलब्ध दलित, छात्रा तथा अपाङ्गता भएका ४६ बालबालिकाका लागी एकमुस्ट १९ हजार बराबरको छात्रवृत्ति वितरण गरिएको थियो । त्यसैगरि बाल विकासमा रहेका... पुरा पढ्नुहोस
गणतन्त्र दिवसको अवसरमा बसपार्कमा सरसफाई
- 6 बर्ष, 8 महिना अगाडि
- १४ जेष्ठ २०७६, मंगलवार
म्याग्दी, १४ जेठ । गणतन्त्र दिवसको अवसरमा सदरमुकाम बेनीको कालिपुल बसपार्कमा सरसफाई गरिएको छ । जिल्ला समन्वय समिति आयोजना र बेनी नगरपालिको सहकार्यमा कालीपुल बसपार्कमा जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी र सेनाहरुको उपस्थितमा सरसफाई गरिएको हो । जिल्लाको केन्द्रविन्दु मानिने बसपार्कलाई ब्यवस्थित बनाउन बसपार्कमा रहेका ब्यवसायी र यात्रु तथा चालकहरुलाई फोहोर ब्यवस्थापन... पुरा पढ्नुहोस
राम्चेमा सार्वजनिक सुनुवाईः स्थानीय समस्याहरुबारे सरोकारवालाको ध्यानकर्षण
- 6 बर्ष, 8 महिना अगाडि
- १३ जेष्ठ २०७६, सोमबार
म्याग्दी १३ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चेका स्थानीयले गाउँपालिकाको केन्द्रदेखि विकटता रहेको राम्चे क्षेत्रको पूर्वाधार विकास र स्थानीयका समस्या समाधानमा पहल गर्न आग्रह गरेका छन् । अन्नपूर्ण गाउँपालिकाको आयोजना र म्याग्दी मिडिया सोसाईटीको सहजीकरणमा सोमबार राम्चेमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीयले नियमित अबरुद्ध हुने विद्यूतको समस्याले हैरानी व्यहोर्नुपरेको, मिटर... पुरा पढ्नुहोस
गुर्जाबासीको आम्दानीको स्रोत ‘भेडापालन’
- 6 बर्ष, 8 महिना अगाडि
- १३ जेष्ठ २०७६, सोमबार
म्याग्दी, १३ जेठ । म्याग्दीको धौवलागिरि गाउँपालिका–१ गुर्जाबासीको ब्यवसायिक आम्दानीको स्रोत भेडापालन देखिन्छ । उच्च पहाडी भुगोलमा रहेको गुर्जामा अनुकुल हावापानी र चरन क्षेत्रले भेडापालन युवाहरुमा ब्यवसायिक आम्दानीको स्रोत देखिएको हो । जिल्लाको सदरमुकाम बेनीदेखि २६ कोष टाढा रहेको गुर्जामा पशुपालन र जडिबुटी गुर्जाबासीको प्रमुख आम्दानीको स्रोत देखिन्छ ।... पुरा पढ्नुहोस
विकास योजनामा जनताको उत्साहजनक सहभागिता
- 6 बर्ष, 8 महिना अगाडि
- १३ जेष्ठ २०७६, सोमबार
धिरन खत्री, म्याग्दी, १३ जेठ । ग्रामिण भेगका जनतासंग प्रत्यक्ष सरोकार राख्ने विभिन्न विकास योजना कार्यक्रममा जनताको उत्साहजनक सहभागिता रहेको छ । कृषि खेतीमा ब्यस्त कृषकहरु, बैदेशिक रोजगारको शिलशिलामा युवाहरु दिनदिनै गाउँ जोड्दै पलायन भएपनि जनतासंग प्रत्यक्ष लाभ हुने योजना तर्जुमा एवम् बजेट विनियोजन तथा कार्यान्वयनमा जनताको चासो र उपस्थित... पुरा पढ्नुहोस