नेकपा रघुगंगाद्धारा कोरोना नियन्त्रण गर्न स्वयंसेवक परिचालन

  • १९ चैत्र २०७६, बुधबार
  • 1663 पटक पढिएको

म्याग्दी १९ चैत । नेपाल कम्यूनिष्ट पार्टी ( नेकपा ) रघुगंगा गाउँ कमिटिले कोराना भाईरस नियन्त्रण गर्ने सरकारको निर्णयलाई सहयोग गर्ने उद्देश्वयले स्वयंसेवक परिचालन गरेको छ । गाउँपालिकामा र वडा स्तरमा छुट्टा छुट्टै स्वयंसेवक परिचालन समिती बनाएर परिचालन गरिएको नेकपा रघुगंगा गाउँ कमिटिका प्रवत्ता चन्द्रमान छन्त्यालले बताउनुभयो । गाउँपालिमा गाउँ कमिटी अध्यक्ष दिपक कार्की बिखर्चिकोे संयोजककत्वमा हरि भण्डारी, धुर्व सुवेदी, झलक शर्मा, चन्द्रमान छन्त्याल, इन्द्रबहादुर मगर, गमबहादुर पुन, निरोज शेरपुञ्जा र सुविन शेरपुजा सदस्य रहेको स्वयंसेवक समिति बनाएर परिचालन गरिएको रघुगंगा गाउँपालिकाका प्रवक्ता छन्त्यालले जानकारी दिनु भयो ।


त्यसैगरि रघुगंगा गाउँपालिका वडा नम्बर १ बेगमा नरसीं पुन, खीम बहादुर पुर्जा, भविन्द्र शेरपुजा, चुक बहादुर पुन र मिरा फगामी , वडा नम्बर २ भगवतीमा नरबहादुर भण्डारी, दिपक खत्री, लक्ष्मी कार्की, शिवध्वज कार्की, कुमार भण्डारी वडा नम्बर तिन पिप्लेमा गोविन्द रिजाल, विष्णु भण्डारी, समिर दर्जी, चुनबहादुर शाही, तोरण बहादुर कार्की, मुक्तिनाथ सुवेदी, राम वि.क, वडा नम्बर ४ दग्नाममा युद बहादुर गर्बुजा, खिमबहादुर तिलिजा, फौद गर्बुजा, वि.प्रसाद पुन, धनकुमार शेरपुजा, यमराज पुर्जा वडा नम्बर ५ झिं मा गौरी गर्वुजा, लक्ष्मी शेरपुजा, टकदेवी शेरपुजा, पदम शेरपुजा, कृष्ण थजाली, वडा नम्बर ६ पाखापानि मा दीपा पुन, करिस्मा पुन, टप्रसाद शेरपुजा, प्रतबहादुर शेरपुजा, होम वहादुर पुन र वडा नंम्बर ७ चिमखोलामा ध्रुर्व पाइजा, ओम पुन, मेजन थापा, मनिषा छन्त्याल र प्रेम पुन सदस्य रहेको स्वयंंसेवक परिचालन समिति गठन गरेर परिचालन गरिएको नेकपा रघुगंगा गाउँकमिटीले जनाएको छ ।

स्वयंसेवकहरुले विश्व व्यापी रुपमा फैलिरहेको भाईरस नियन्त्रण गर्नका सरकारले देशर नै लकडाउन गरेको निर्णय लाई रघुगंगा गाउँपालिका भित्रका वडाहरुमा पुर्ण रुपमा पालना गराउने, विभिन्न माध्यम बाट जनचेतना मुलक प्रचारप्रसार गरि जनताहरुलाई सचेत गराउने , कोरोना रोगको लक्षण देखिएमा सम्बन्धित ठाउँमा खबर गरि पु¥याउने, कोरोना रोग नियन्त्रण गर्नका लागि भैपरिआउने जस्तो सुकै भुमिका खेल्ने लगाएतको काम गर्ने गरि स्वयंसेवकहरु लाई खटाईएको नेकपा रघुगंगा गाउँ कमिटीले जनाएको छ ।