ताजा अपडेट

मगर मुक्तिमोर्चाको अध्यक्षमा ओम रोका

बेनी, २९ माघ । नेकपा (माओवादी केन्द्र) निकट मगर राष्ट्रिय मुक्तिमोर्चाको भेला मङ्गलवार बेनीमा सम्पन्न भएको छ । भेलाले ओम रोका (रत्नेचौर)को अध्यक्षतामा २५ सदस्यीय मोर्चाको जिल्ला कमिटि गठन गरेको छ । उपाध्यक्षमा मनमाया चोचाङ्गे, ओम रोका (मालिका), सचिवमा प्रेमबहादुर श्रीसमगर, सहसचिवमा अस्तमान घर्तीमगर र कोषाध्यक्षमा खिमबहादुर पुर्जा मगर चयन... पुरा पढ्नुहोस

दशौँ जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि रघुगंगा गाउँपालिकालाई

बेनीमा सम्पन्न दशौँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा रघुगंगा गाउँपालिका विजयी भएको छ । जिल्ला खेलकुद विकास समिति, म्याग्दीको आयोजनामा दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा ११ स्वर्ण, पाँच रजत र चार कास्य पदक सहित रघुगंगा गाउँपालिका विजयी भएको हो । प्रतियोगितामा सात स्वर्ण, १० रजत र सात कास्य पदक... पुरा पढ्नुहोस

बेनीमा १० औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु

म्याग्दी सदरमुकाम बेनीमा दशौँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा सोमबारदेखि बेनीको खुल्ला मञ्चमा प्रतियोगिता सुरु भएको हो । जिल्लामा रहेका स्थानीय तहहरुमा पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न भएपछि जिल्ला स्तरमा प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा... पुरा पढ्नुहोस

पूर्वाधारका पर्खाइमा सुनछहरा

२८ माघ, म्याग्दी ।    म्याग्दीको रघुगंगा गाउँपालिका–७ मा रहेको सुनछहरा पूर्वाधार र पर्यटकको पर्खाइमा छ । प्रशस्त सम्भावना भएर पनि पूर्वाधार र प्रचारप्रसारको अभावका कारण  धौलागिरी आइसफल आधार शिविर नजिकै पर्ने  सुनछहरा ओझेलमा परेको छ । व्यवस्थित पदमार्गको साथै झोलुङ्गे पुलको अभावका कारण सुनछहरामा पर्यटकहरु पुग्न सकेका छैनन् ।... पुरा पढ्नुहोस

मोना कतारको अध्यक्षमा भगवतीका भण्डारी सर्वसम्मत चयन

म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारको अध्यक्षमा म्याग्दीको रघुगंगा गाउँपालिका– २ भगवतीका बाबुराम भण्डारी सर्वसम्मत चयन हुनुभएको छ । कतारमा रहेका म्याग्देलीहरुको साझा संस्था मोना कतारको १२ औँ साधारण सभा मार्फत भण्डारीको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्य समिति चयन भएको हो । संस्थाको २२औं वार्षिकोत्सव तथा १२ औँ साधारणसभा नयाँ... पुरा पढ्नुहोस

म्याग्दी जेसीजद्धारा शाखाका सदस्यहरुको दुर्घटना विमा

म्याग्दी, २७ माघ । युवाहरुको नेतृत्व र व्यक्तित्व विकास संगै सामाजिक क्षेत्रमा सक्रिय म्याग्दी जेसीजले शाखा सदस्यहरुको निशुल्क दुर्घटना विमा गरेको छ । शिखर इन्स्योरेन्स कम्पनीको बेनी शाखासंगको सहकार्यमा जेसीजका सदस्यहरुको दुर्घटना विमा गरिएको हो । म्याग्दी जेसीजको सन २०२५ को नवनिर्वाचित कार्य समितिले बार्षिक कार्ययोजनामा समावेश गरि प्रथम सञ्चालक... पुरा पढ्नुहोस

युवा नेता जुग्जाली माओवादी केन्द्रको वैकल्पिक केन्द्रीय सदस्यमा मनोनित

म्याग्दी, २७ माघ । नेकपा (माओवादी केन्द्र) को वैकल्पिक केन्द्रीय सदस्यमा म्याग्दीका युवा नेता रेशम जुग्जाली (सुविन) मनोनित हुनुभएको छ । पार्टीको पदाधिकारी बैठकले गण्डकी प्रदेश सभा सदस्य एवं पुर्व मन्त्री जुग्जालीलाई वैकल्पिक केन्द्रिय सदस्यमा मनोनित गरेको हो । नेकपा (माओवादी केन्द्र) म्याग्दीको निवर्तमान जिल्ला संयोजक समेत रहनुभएका जुग्जाली गण्डकी... पुरा पढ्नुहोस

बेनीका विकासको नमुना काम : ‘झाडी फाडेर सुन्तला फलाए, बेचेर मनग्य कमाए’

म्याग्दी ः कोरोना महामारी फैलिएपछि विसं २०७६ चैतदेखि भएको लकडाउन बन्दाबन्दीका समयमा घुम्दै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्ले पुग्नुभएका बेनीका ब्यवसायी विकास श्रेष्ठलाई त्यही जग्गा किनेर घर र बगैचा बनाउने सोच आयो। बेनीमा पोल्ट्रि र घरजग्गा ब्यवसाय गर्दै आउनुभएका विकासले सोखका लागि गाउँमा घर बनाएर बस्नका लागि किनेको दोसल्ले गाउँको शिरमा... पुरा पढ्नुहोस

कुमारी बहुउदेश्यीय सहकारीको रकम अपचलन प्रकरणः पीडितको उजुरी संकलन गर्दै प्रहरी

म्याग्दी, २४ माघ । बचतकर्ताहरुको करोडौँ रकम अपचलन भएको बेनीमा रहेको कुमारी बहुउदेश्यीय सहकारी संस्थाबाट पीडित भएकाहरुको विवरण संकलन गर्न थालिएको छ । सहकारीका पूर्व सञ्चालक र व्यवस्थापकहरुले शेयर सदस्य तथा बचतकर्ताको शेयर, बचत तथा संस्थाका कोषहरु हिनामिना गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेर अनुसंधान अघि बढाएसंगै प्रहरीले पीडितहरुको विवरण... पुरा पढ्नुहोस

म्याग्दीमा चार हजार ७ सय बढी किशोरीलाई एचपिभी खोप लगाउन सुरु

म्याग्दीमा चारहजार ७ सय ६१ जना छात्रा तथा किशोरीलाई एचपीभी खोप खोप लगाउन सुरु गरिएको छ । पाठेघरको मुखमा हुने क्यान्सरबाट जोगाउनका लागी माघ २२ देखि २९ गतेसम्म जिल्लाका ६ वटै स्थानीय तहहरुमा खोप अभियान सञ्चालन गरेर एचपिभी खोप लगाउन सुरु गरिएको हो ।   जिल्लामा खोप लगाउनका लागि १०४... पुरा पढ्नुहोस