स्थानीबासीको सक्रियतामा सडक मर्मत तथा सरसफाई
- १६ कार्तिक २०७७, आईतवार
- 1760 पटक पढिएको
म्याग्दी, १६ कात्तिक । स्थानीयबासीको सक्रियतामा म्याग्दीको रघुगंगा गाउँपालिका–२ राखु भगवती स्थित सिरसिरे डाडाँदेखि पखटोल हुदै खहरेखोलासम्म सडक मर्मत तथा सरसफाई गरिएको छ । चाडपर्वकाे अवसरमा गाउँमा सहज बनाउन वडाम्वर २ को वडा कार्यालय सिरसिरे डाँडादेखि खहरखोलासम्म करिव १ किलोमिटर सडक मर्मत तथा सरसफाई गरेका हुन् ।
मर्मतको अभावमा खाल्डाखुल्डी परेको ठाउँ र भत्किएर सागुरो ठाँउमा सवारीसाधन आवातजावातमा सहज गराउन बाटो मर्मत गरिएको युवराज थापाले बताए । चाडपर्वको अवसरमा गाउँ फर्किएका युवा हाल बेनी नगरपालिकाका कार्यरत अधिकृत थापा र साउथ एसियन च्याम्पियनसिप करातेमा स्वर्णपदक जितेका कराते खेलाडी निर्मल कटुवालको सक्रियता तथा ब्यक्तिगत खर्चमा ५ घण्टा स्काभेटर लगाएर गाउँसम्म पुग्ने बाटो मर्मत गरेका थिए । चाडपर्वमा पखटोलबासी मिलेर गाउँको विच खनिएको नयाँ सडकको सरसफाई तथा सडकलाई अप्ठेरो पारेको विद्युत पोललाई हटाएर नयाँ ठाउँमा विद्युत पोल राख्ने काम गरिएको स्थानीय युवा नविन कटुवालले बताए ।
कोरोना भाईरसको त्रासविच गत बैशाख र जेठमा उनीसंगै अन्य युवाहरु मिलेर जनश्रमदानबाट गाउँको विचमा सडक निर्माण गरेका थिए । घनाबस्ती रहेको पखटोलमा बसाइसराइ रोकथामका लागि सवारीसाधन आवातजावात र दैनिकी सुविधालाई घरसम्म पु¥याउन युवाहरुको मिलेर जनश्रमदान र वडा कार्यालयको सहयोगबाट सडक निर्माण भएको थियो ।