सतिस भण्डारीको नेतृत्वमा राखु समाज अष्ट्रेलिया गठन

  • १५ कार्तिक २०७७, शनिबार
  • 2350 पटक पढिएको

म्याग्दी, १५ कात्तिक । पढाई र रोजगारीको सिलसिलामा अष्टे«लिया रहेका म्याग्दीको रघुगंगा गाउँपालिका– २ र ३ वडाका युवाहरुले राखु समाज अष्ट्रेलिया गठन गरेका छन् । गत हप्ताको शनिबार राखुबासी युवाहरुको भेलाले सतिस भण्डारीको अध्यक्षतामा नयाँ समिति गठन गरेका हुन् ।


समाजको उपाध्यक्षमा शिव रकाल, महासचिवमा पवन कटुवाल, सचिवमा गोकुल भण्डारी, कोषाध्यक्षमा पूजा खत्री, सह– कोषाध्यक्षमा बिजन मल्ल रहेका समितिको सदस्यहरुमा सुजन पौडेल, सुमित्रा भण्डारी, सञ्जय मल्ल, रञ्जित साही, बिसन भण्डारी, ईश्वर खत्री, कृष्ण भण्डारी, आनन्द रिजाल रहेका छन् । त्यस्तै समितिले सांस्कृतिक संयोजकमा संगितामा खत्री तथा खेलुकद संयोजकमा रोशन विश्वकर्मा रहेका छन् ।


नवगठित कार्यसमितिले समाजको सल्लाकारमा धिरज मल्ल, मीन भण्डारी र खिम भण्डारी रहेका छन् । रोजगार र पढाईको शिलशिलामा आउने राखुबासीको समस्यामा सहयोग गर्ने, राखुमा हुने विकासका गतिविधिसंगै शिक्षा, स्वास्थ्य र विपन्न परिवारको उपचारमा सहयोग गर्ने योजनासहित राखु समाज गठन गरेको सदस्य ईश्वर खत्रीले जानकारी दिए ।