ताजा अपडेट

कालीगण्डकी नदीमा पौडी खेल्दा बागलुङका दुई बालक बेपत्ता

बागलुङ १४ साउन । पौडी खेल्ने क्रममा कालीगण्डकी नदीमा डुबेर बागलुङका दुई बालक बेपत्ता भएका छन् । अन्य दुई बालक भने बचेका छन् । बागलुङ नगरपालिका १ निरयघाटमा कालीगण्डकी नदी किनारमा पौडी खेल्न गएका बागलुङ नगरपालिका–४ उपल्लाचौर बस्ने १३ वर्षीय अभिषेक बिक र १३ वर्षीय यमबहादुर पुन बेपत्ता भएका हुन्... पुरा पढ्नुहोस

पर्यटन विकासको सम्भावनायुक्त नारच्याङ (फोटो कथा)

म्याग्दी १४ साउन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ । विश्वको दशाँै र नेपालको नवौँ (८०९१ मिटर) अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविर रहेको नारच्याङ पर्यटन विकासको हिसाबले सम्भावनायुक्त छ । यहाँ रहेका ताल तलैया, झरना र हिमाल पर्यटन विकासका सम्भाबनाका आधार हुन् । संसारमा सबै भन्दा पहिले मानव पाइला परेको... पुरा पढ्नुहोस

सांसद पदमा पुनर्बहालीको माग गर्दै चार पूर्वमाओवादी नेताद्वारा सर्वोच्चमा रिट दायर

१३ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चार नेताले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले आफूहरुलाई सांसद पदमा पुनर्बहाली गर्न माग गर्दै बुधबार सर्वोच्चमा रिट दर्ता गरेका हुन् । फागुन २३... पुरा पढ्नुहोस

कालीगण्डकीको अवैध दोहन : ठेक्का नै नलगाएको खोलामा दिनहुँ एक्साभेटर

म्याग्दी १३ साउन ।बेनी नगरपालिकाले असार १ गतेदेखि नगरक्षेत्रमा रहेका म्याग्दी नदी र कालीगण्डकी नदीका बगरहरुबाट ढुंगा, गिटी, बालुवा उत्खनन तथा संकलन बन्द गराएको छ । अर्को व्यवस्था नगरेसम्मका लागि भनेर नदिजन्य पदार्थको उत्खनन र संकलनलाई रोक लगाईएको भएपनि नगरपालिकाको वडा नम्बर १ मा पर्ने कालीगण्डकी नदी किनारमा भने अवैध... पुरा पढ्नुहोस

भुरुङतातोपानी बजार (फोटो कथा)

म्याग्दी १३ साउन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– २ मा अवस्थित भुरुङ तातोपानी बजार । कालिगण्डकी नदी किनारमा अवस्थित यो बजार नदी कटानको जोखिममा परेको छ । यहाँ पर्यटकीय सम्भावनायुक्त प्राकृतिक तातोपानी कुण्ड समेत रहेको छ । ड्रोन फोटो : कृष्णराज पौडेल पुरा पढ्नुहोस

पहुँचमार्ग पहिराेले बगाएपछि माेटरेबल पुल प्रयोगविहीन

म्याग्दी १२ साउन । जिल्लाको अन्नपूर्ण गाउँपालिका–५ शिखस्थित स्वाँतखोलामा निर्माण भएको मोटरेबल पुलको पहुँचमार्ग पहिराेले बगाएको छ । करिब डेढ सय मिटर सडक पहिरोले बगाएपछि रु दुई करोडभन्दा बढी खर्चेर दुई वर्षअघि निर्माण भएको मोटरेबल पुल प्रयोगविहीन बनेको छ । शिखदेखि स्वाँत, किन्दु जोड्ने सडक अवरुद्ध भएको स्थानीयवासी लोकबहादुर पुर्जाले... पुरा पढ्नुहोस

मुस्ताङको लोघेकर गाउँपालिका कोरोना बिरुद्ध पूर्ण खोप घोषणा

सुन्दरकुमार थकाली जोमसोम १२ साउन । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकालाई कोरोना बिरुद्ध पूर्ण खोप घोषणा गरिएको छ । योसंगै देशका ७ सय ५३ वटै स्थानीय तह मध्ये लोघेकर दामोदरकुण्ड गापा कोरोना बिरुद्ध पूर्ण खोप घोषणा गर्ने पहिलो बनेको छ । मुस्ताङमा कोरोना बिरुद्ध ५५ वर्षदेखि माथि उमेरका नागरिकले कोभिसिल र... पुरा पढ्नुहोस

दिवंगत आफन्तको सम्झनामा बेनी अस्पताललाई रु ३ लाख ७१ हजार बराबरको सहयोग (भिडियो सहित)

https://www.youtube.com/watch?v=s9SL8yaOlVw   बेनी, १२ साउन । म्याग्दीको बेनी नगरपालिका–६ अर्थुङ्गेका यामबहादुर केसी र हरिकला केसीको परिवारले बेनी अस्पताललाई रु ३ लाख ७१ हजार मुल्य बराबरको सहयोग गर्नुभएको छ । दिवंगत छोरा डा. मंगल केसीको १२ औँ स्मृतिमा घरपरिवारले बेनी अस्पताललाई ६ थान सेमिफोल्डिङ्ग बेड सेट, ६ थान फुट स्टेप, ६... पुरा पढ्नुहोस

तपाईको मास्क खोई ?

म्याग्दी ११ साउन । म्याग्दी सदरमुकाम बेनीमा कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि प्रहरीले ‘तपाईको मास्क खोई ? ’ अभियान सञ्चालन गरेको छ । लकडाउन लुजडाउनमा रुपान्तरण भएपनि कोरोनाको जोखिम बढीरहेकाले जिल्ला प्रहरी कार्यालय र सामुदायिक प्रहरी सेवा केन्द्र म्याग्दीको संयुक्त पहलमा उक्त अभियान सञ्चालन गरिएको हो । सोमबार... पुरा पढ्नुहोस

जसपा आधिकारिकता विवाद : उपेन्द्रलाई वैधानिकता

  काठमाण्डौ ११ साउन । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) आधिकारिकता सम्बन्धी विवाद टुंग्याएको छ । आयोगले उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिदै महन्थ ठाकुरलाई नयाँ नामको अर्को पार्टी गठन गर्न आउन भनेको छ । आयोगको सोमबार बसेको इजलासले जसपाका ५१ सदस्यीय कार्यकारिणी सदस्यहरुको ‘हेड काउन्ट’ गर्दा बहुमत पुगेको भन्दै... पुरा पढ्नुहोस