काँग्रेस म्याग्दीको ७ औँ जिल्ला अधिवेशन सुरु (तस्विरसहित )

  • १ मंसिर २०७८, बुधबार
  • 715 पटक पढिएको

म्याग्दी १ मंसिर । नेपाली काँग्रेसको १४ औँ राष्ट्रिय महाधिवेशन अन्तरगत म्याग्दीको ७ औँ जिल्ला अधिवेशन सुरु भएको छ। जिल्लाका नेता, कार्यकता र वडावडामा सहभागि भएका प्रतिनिधिहरुको उपस्थितमा जिल्ला समन्वय समितिको सभाहलमा हुने अधिवेशन पुर्व बाजागाजासहित बजार र्‍याली गरेका छन् । जिल्ला अधिवेशनले आगामी कार्यकालको लागि नेतृत्व चयन गर्ने छ भने राष्ट्रिय महाधिवेशनमा भाग लिने प्रतिनिधिहरु समेत चुन्ने छ । संगमचोक रहेको पाटी कार्यालयबाट निस्किएको र्‍याली बजार परिक्रमा गरेका थियो ।