कांग्रेस म्याग्दीमा सर्वसम्मत नभएका पदमा मतदान सुरु (फोटोफिचर )

  • २ मंसिर २०७८, बिहीबार
  • 779 पटक पढिएको

म्याग्दी, २ मंसिर । नेपाली कांग्रेस म्याग्दीको सातौ जिल्ला अधिबेशन अन्तरगत सर्वसम्मत नभएका पदमा मतदान सुरु भएको छ । अधिवेशनमा समापतिमा खमबहादुर गर्वुजा सर्वसम्मत भएपनि उपसभापति, सचिव, सह-सचिव र महाधिवेशन प्रतिनिधि लगायतका पदमा मतदान मार्फत टुंगो लगाउन लागिएको हो ।

बर्तमान सभापति गर्वुजा र निर्वतमान सभापति रेशम बानियाँ पुर्व सह-सभापति नेत्रबहादुर महतले एकै साथ मतदान गरेपछि अहिल्य मतदान प्रक्रिया जिसस सभाहलमा चलिरहेको छ।


निर्बाचन अधिकृत निरञ्जनलाल राजभण्डारीका अनुसार दुई जना निर्वाचित हुने उपसभापति पदमा कणर्बहादुर भण्डारी केबी, डमबहादुर पुन, हरिकुमार श्रेष्ठ, माधबप्रसाद रेग्मी, मिनबहादुर कार्की, र कमल छन्त्याल प्रतिस्पर्धामा रहनुभएको छ।

त्यसैगरी दुई जना निर्वाचित हुने सचिब पदमा भरत रकाल, अजयमिलन श्रेष्ठ, दुर्गाराम सुबेदी र हिराबहादुर पुन प्रतिस्पर्धामा हुनुहुन्छ । त्यस्तै दुई निर्वाचित हुने सह-सचिब पदमा श्रीराम पौडेल, ध्रुबराज कार्की र कोमलप्रसाद उपाध्याय प्रतिस्पर्धामा हुनुहुन्छ । १० जना खुल्ला महाधिबेशन प्रतिनिधीमा १८ जना उम्मेद्वार प्रस्तिपर्धामा छन् । एक नगरपालिका र पाचँ गाउँपालिकाबाट सहभागि ७३५ जना क्षेत्रीय प्रतिनिधिले मतदान गर्ने छन्।