सर्बसम्मत नभएका पदमा कांग्रेसको मतदानबाट टुंगाउने

  • २ मंसिर २०७८, बिहीबार
  • 862 पटक पढिएको

म्याग्दी, २ मंसिर। नेपाली कांग्रेस म्याग्दीको सातौ जिल्ला अधिबेशन अन्तरगत सर्वसम्मत नभएका पदमा बिहिबार मतदान हुने भएको छ ।

जिल्ला सभापतिमा खमबहादुर गर्बुजा (खम्बिर) सर्वसम्मत भएपनि उपसभापति र सचिव र जिल्ला सदस्य र महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत नभएपछि मतदानबाट टुंगो लगाउने मतदान अधिकृतले जानकारी दिएका छन् ।

सहमतिका लागि बिहिबार बिहान ८ बजे सम्मको समय दिइएको निर्बाचन अधिकृत निरञ्जनलाल राजभण्डारीले बताए । सर्वसम्मत सहमति नभएका पदमा विहिबार ११ बजेदेखि जिसस सभाहलमा मतदान हुने जानकारी दिए ।

दुई जना उपसभापतिमा डमबहादुर पुन, हरिकुमार श्रेष्ठ, माधबप्रसाद रेग्मी, मिनबहादुर कार्की, कणर्बहादुर भण्डारी केबी र कमल छन्त्याल विच प्रतिस्पर्धा हुने छ ।

दुई जना सचिब पदमा भरत रकाल, अजयमिलन श्रेष्ठ, दुर्गाराम सुबेदी र हिराबहादुर पुन विचमा प्रतिस्पर्धा हुने छ । त्यस्तै दुई जना सहसचिबमा श्रीराम पौडेल, ध्रुबराज कार्की र कोमलप्रसाद उपाध्यायको उमेद्वारी परेको छ ।

१० जना खुल्ला महाधिबेशन प्रतिनिधीमा १९ जनाको मनोनयन दर्ता भएको छ। खसआर्य, आदिबासी जनजाती, दलित महिला लगायत पदमा मतदानबाट महाधिवेशन प्रतिनिधि छनोट हुने निर्वाचन समितिले जानकारी दिएको छ।